Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
विचार
  • Home
  • विचार
  • डल्ले ‘डन’, सहकारीको पैसामा मन 
डल्ले ‘डन’, सहकारीको पैसामा मन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १, २०८१

हिजोसम्म डल्ले कालुले गाउँमा चिनिने काले आजकल डल्लेभन्दा सहकारी ‘डन’ भएर चिनिन थालेको रैछ । हरि काकाले मास्टरीको जागिर सकिएपछि आको उपदानलाई डल्ले कालुले चलाको सहकारीमा ड्याम्मै ब्याज आउने भनेर राख्या रैछन् । हरि काकाले ब्याज ड्याम्मै आउनेगरी राख्या उपदानको पैसा । अहिले डल्ले कालुका लागि अनुदानजस्तै भएछ । काकाले पोहोर दसैंमै टीका लगाउन आउनेहरुका लागि दक्षिणा भन्दै सहकारीमा गएर पैसा मागे पनि पाउन सकेनन् । डल्ले पहिले त सीधा सोझो मान्छे थियो । त्यही भएर धेरैले विश्वास गरेर उसले चलाको सहकारीमा धेरैले आफूले कमाएको, पेन्सन पाको, घरजग्गा बेचेको पैसा उही डल्लेकैमा राख्ने गर्दथे । 

तर, समयले डल्लेलाई ‘डन’ बनाइदियो । गाउँको त्यही सोझो डल्ले अहिले सहकारीको डन बनेको छ । सहकारी डन डल्ले गाउँमा मात्र होइन संसद्मासमेत चर्चा पाउन थालेपछि हरि काका अक्क न बक्क परेका छन् । ३० वर्ष घोक्रो सुक्नेगरी कराएर आको उपदान डल्लेले तीन महिनामै अनुदानजस्तै बनाइदिएपछि हरि काका प्रजातन्त्र ल्याउन २०४६ सालमा आन्दोलनमा उत्रिएजस्तै आफ्नै पैसा फिर्ता पाउँ भन्दै सडकमा आइपुगेका छन् ।

 
ऊ बेला काकाले प्रजातन्त्र आएपछि जनताको हक अधिकार सुनिश्चित हुन्छ भनेर कक्षाकोठामा पढाका । तर, आपैmंले पढाको विद्यार्थीले विचरा हरि काकाको चिल्ल न बिल्ल बनाइदिए छ । आफैंले पढाको विद्यार्थी डल्ले सोझै थियो । यसरी डन नै बन्ला भन्ने के थाहा र ! हरि काका आजकल चिया पसलमा विरह पोख्न थालेका छन् ।

थोपा–थोपा संकलन गरेर सहकारीमा राख्ने र त्यही सहकारीबाट पैसा निकालेर उत्पादन गरी भकारी बनाउने योजना बनाएका धेरै हरि काकाहरुको अहिले कन्तविजोग भएको छ । दुई–तीनवटा दसैं कटे । फेरि दसैं आउन लागिसक्यो तर डल्ले कालुको सहकारीका सदस्यहरुलाई भने दसैं हैन दशा नै पो सुरु भाको छ ।

Hardik health

‘लोभले लाभ, लाभले विलाप’ भन्थे, त्यस्तै बनाइदियो डल्लेले ! डल्ले त सहकारीको डन अरे । उसले सहकारीमा राखेको पैसा जति खाए पनि तिर्नु नपर्ने रे ! बरू हल्लाखल्ला गरेरै भए पनि पैसा पचाउने दाउमा बस्या छ भन्छन् डल्लेका प्रशंसक ।गाउँमा ढिडो खान पनि मुस्किल थियो डल्ले कालुलाई । सहकारीमा दाउ राखेपछि उनले त अहिले सरकारी मान्छेलाई भोज भतेर गराउँछन् रे ! ठीकै छ, भाग्यमा त्यस्तै ल्याए छ डल्लेले ! राम्रै भो । कति दुःख पाओस् । एउटा न एउटा बन्नैपर्‍यो । डल्ले कालु बन्यो, को भो र ? हरि काका हेरिरहन्छन् । 

हुन पनि डल्ले कालुले आफ्नै मास्टर हरि काकाजस्तालाई त मूर्ख बनाउन सक्यो भने अरूलाई किन नसकोस् ! विदेशका कुरा गर्ने चाहिनेभन्दा धेरै थुतुनो चलाउनेलाई समेत भ्याए छ । थुतुनो चलाको जस्तो सहकारीको दाममा अन्य काम चलाउन पनि त गाह्रो छ नि ! त्यत्तिकै कहाँ टिकिएला र ?सहकारीको दाममा मस्त गर्न पल्केको डल्ले डनका पनि डन रैछन् । चार जना जुट्ने कार्डपत्ति फिट्ने । जनताले जोगाइराख्ने डल्लेहरु त्यसलाई घुमाइघुमाइ आफ्नै बाउको अंश बाँड्याजस्तो स्वास्नी, छोराछोरी सालासाली सबैको नाममा यता नि लगाउने उता नि लगाउने । 

ऋण पनि आफैं लिने । सावाँ पनि त्यहीबाट तिर्ने क्या काइदाको सहकारी चलाको हो डल्ले कालुले । खोपडी लगाउन त निकै जान्या रै छ नि । हुँदाहुँदा त्यही सहकारीको पैसाले अरुलाई साहु बनाउन पनि भ्याउने डल्लेका दिमाग । कहाँको सहकारी कहाँको भकारी ! भकारी सम्झेर हरि काकाले डल्लेको सहकारीमा राख्या उपदान न यता न उता । ‘आकासको फल, आँखा तरी मर’ भनेजस्तै भो । त्यही भएर पो हरि काका जुत्तै नलगाइकन सडकमा ओर्लिएका रैछन् ।

ब्याज धेरै खाने लोभमा हरि काका आफू त डल्लेको चंगुलमा परे परे । आफन्त, इष्टमित्र सबलाई डल्ले कालुको चंगुलमा पारिदिए छन् । हजार हो र ! लाख पनि होइन, करोडौं नै पुगे छ नि । विचरा ! हरि काका आफू त फसेफसे अरुलाई सहयोग गर्दा उल्टै फसे ।हरि काका सहकारीका पीडित हुन् । तर, उनको घर घेर्न अरू पीडित पुगे छन् । उनैले भनेर डल्ले कालुको सहकारीमा पैसा राखेकाहरु अहिले डल्लेको सहकारीभन्दा पनि डल्लेको सहकारीमा पैसा राख्न भन्ने हरि काकालाई पो घेर्न पुगे छन् ।

ल काका, तिमीले नै भनेर हामीले डल्लेको सहकारीमा पैसा राख्या हो । डल्ले कहाँ भाग्यो भाग्यो, अब ब्याज भन्या यस्तै हो हाम्रो सावाँ जसरी पनि फिर्ता गरिदेऊ । विचरा काका ! कसरी फिर्ता गर्न सक्लान् र, आफ्नै पैसा त फिर्ता पाको छैन । तीन दसैं गइसकेको नयाँ नोट देख्न नपाएको अब कहाँबाट तिनका पैसा फिर्ता गर्नु ?डल्ले डन भइसक्यो । पहिले पो काकाका आफन्त इष्टमित्रसँग भाको पैसा देख्याथ्यो । र्‍याल काढेको थियो । पैसा सहकारीका नाममा राख्न लगाएर आफूअनुकूल प्रयोग गर्न पाएपछि डल्लेले न काका चिन्दछ । न त काकाका आफन्त नै ।

सहकारीको धनमा मन गाडिएपछि धनको पिरमले डल्लेलाई डन बनाइसक्यो । हरि काकालाई हरिकंगाल बनाइदिई सक्यो । प्रजातन्त्र पाउन ऊ बेला सडकाँ उत्रेका काका, अहिले आफ्नै उपदान खाइदियो भन्दै सहकारीको डन डल्लेलाई समाऊ–समाऊ भन्दै गुहार माग्न सडकमा आइसके । यो भन्दा बढी प्रगति गर्नुचाहिँ के छ र हो !

सरकार छ भने हरि काकाहरुलाई हरिकंगाल हुनबाट जोगाउन सक्नुपर्छ । डल्लेहरुलाई डल्ले डन हुनबाट बचाउनुपर्छ । डन त छँदै छन् सिंहदबारभित्र । उनैले डण्डी उचाल्छन् डनलाई पछार्छन् भन्ने कुरा त एकादेशको कथामात्र हो । अहिले त सिंहदरबार नै डनहरुले पछार्छन् । सहकारीको धनमाथि डनहरुको मन लागे पनि कन्तविजोग नै कन्तविजोग !
 


प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
संस्कृति र राजनीतिको अन्तरसम्बन्ध
संस्कृति र राजनीतिको अन्तरसम्बन्ध बिहीबार, माघ २२, २०८२
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन बुधबार, माघ २१, २०८२
नागरिकमुखी सार्वजनिक सेवा
नागरिकमुखी सार्वजनिक सेवा बुधबार, माघ २१, २०८२
म भोट दिन्न !
म भोट दिन्न ! मंगलबार, माघ २०, २०८२
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता मंगलबार, माघ २०, २०८२
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना सोमबार, माघ १९, २०८२
लोकतन्त्रको संस्थागत विकासमा सहिद र सम्मान 
लोकतन्त्रको संस्थागत विकासमा सहिद र सम्मान  आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP