Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #वरिष्ठ बलराम
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
  • #कार्तिक_नाच
Search Here
विचार
  • Home
  • विचार
  • ४० कटेसी रमाउँला... 
४० कटेसी रमाउँला... 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, भदौ २५, २०८१

आउ बसाैँ ठट्टै मारौं, नदी खोला किनारमा,
वारिपारि बीस मिटर थपी रमाउँ साँझैमा ।
न्यायाधीशको घर हेर ढल काँ लगि फालेको  
बागमतीमा ढल फाल्नेले, न्याय मारेको । 

अघिल्तिर ब्रम्हनालमा मृत शरीर छ, वरपर आफन्तजनहरु डाँको छाडेर रोइरहेका छन् । तर, ब्रम्हनालसँगै बागमती किनाराको पेटीमा ताली ठोक्दै गीत गाइरहेको देखिन्थ्यो ।आफ्नो मान्छे गुमाउनुपर्दाको पीडामा डाँको छाडेर रोइरहेका ती आत्माहरुप्रति समवेदना प्रकट हुनुपर्ने थियो तर हुन सकेन ।

गाउँघरमा कोही बितिहाले भने रमझम छाडेर शोक मनाउने गरिन्थ्यो । कुनै काज हुँदै छ भने पनि रोकिन्थ्यो । तर, त्यसदिन सँगै डाँको छाडेर रुँदै बसेका आफन्त थिए । ताली बजाएर बागमती किनारामा गाउँदै र नाच्दै गरेकाहरुले पनि कुनै भाव नै प्रकट गरेनन् । गरुन् पनि किन ! हरितालिका तीज भन्दै तीजमा विरहको भाका गाइरहेका थिए । वर्षभरिका पीडालाई चेलीले विरह पोख्ने समय थियो । 

न्याय नपाए गोर्खा जानु भन्थे, न्याय पाउनका लागि न्यायालय धाउने पनि थिए । तर, अहिले त न्याय मरिसक्यो । नोटका बिटामा बिकिसक्यो । इँटाको चाङजस्तै सेटिङका चाङमा लीप्त भइसक्यो । त्यसैले त न्याय आजकल सत्यमा भन्दा भीडको संख्या गनेर निसाफ हुन्छ । त्यही भयो भन्दै घरखेतको सुरक्षा होस् भन्दै तीजको भाका हालेको रे !

Hardik health

जनताले जनप्रतिनिधि छाने । जनप्रतिनिधिले सरकार छान्यो । त्यही सरकारले ऐन कानुन बनायो । अनि त्यही ऐन कानुन पालना गराउन न्यायको मूर्ति भन्दै न्यायाधीश छाने । छान्न त न्यायमूर्ति छाने तर कोही कुनै काठको छाने । कुनै रापको छाने ।

जनता बबुरोलाई न काठको मूर्तिले न्याय दियो । न त रापको मूर्तिले दियो । बलेको काठको रापले दायाँ पनि हान्यो बायाँ पनि हान्यो । यताबाट पनि हान्यो उताबाट पनि हान्यो । कहिले १० मिटरले हान्यो कहिले २० मिटरले हान्यो । हान्दाहान्दै ठट्टैठट्टामा खोलाको किनारामा नै हान्यो ।

न्यायको मूर्ति पनि कस्ता भए भने, सिंहदरबार उभिएका पृथ्वीनारायणको सालिकजस्ता । श्रीपेच फालिदिए पनि सहेकै छ । लगाइदिए पनि सहेकै छ । लिपे पनि ठीक, पोते पनि ठीक । त्यस्तै छ न्यायालय ।

सेतोलाई सेतो नै प्रमाणित हुन्थे ऊ बेलाका न्यायमूर्ति । तर, अहिले बेला फेरिएको छ । सत्ता फेरिएको छ । मन फेरिएको छ । चाटुकारहरु फेरिएका छन् । घर, गाडी, घोडा सबै फेर्नुपर्ने पनि छ । त्यसैले चेलीहरुले बागमतीको किनारामा विरहको भाका गाका ।

न्यायाधीशको घर हेर ढल काँ लगि फालेको  
बागमतीमा ढल फाल्नेले, न्याय मारेको । 

आफ्नो घरको ढल बागमतीमा लगेर फाल्ने न्यायाधीशले नदी खोलामा ढल नमिसाउन आदेश दिए । त्यही नदी, खोला बेच्नेलाई माफी र सफाइ पनि दिए । तर, त्यही नदीको पानीले सिञ्चित गरेर बाउबाजेको खेत जोत्नेहरुलाई २० मिटर होइन अझै २० मिटर पर बस भन्दै मुटु नै फुट्ने गरी बोली पट्काइदिए ।

काठको मुंग्राले ढ्याक ऽ ढ्याक पार्दै न्यायमूर्तिले के बुझे र निष्कर्ष गरे कुन्नी काठमाडौंको नदी किनारामा धानखेती नै गर्ने सोच बनाएका छन् । त्यही भएर होला नदी खोला किनाराको २० मिटरको मापदण्डमा थप २० मिटर थपेर ४० मिटर बनाइदिएका छन् । 

धन्य न्यायमूर्ति छन् र त बागमती किनारामा सुकुम्वासीहरुले बास पाएका छन् । अब त्यही सुकुम्वासीहरुको संख्या कम भएको ठानेर अहिले नदी र खोला किनाराबाट २० होइन अर्को २० मिटर पनि नबस बरु सुकुम्वासी बन भनेजस्तै गरिदिएका छन् । 

जे होस्, न्यायमूर्तिहरुले धेरै कुरा बुझेका छन् । काठमाडौं भूकम्पको जोखिम क्षेत्र भएको भएर काठमाडौंलाई अलि खुला क्षेत्र बनाउन खोज्या अरे ! कम्तीमा खोला किनारबाट ४०  मिटरसम्म घर बनाउन नदिएपछि जग्गा त खाली हुन्छ ।

खोला किनाराका सार्वजनिक जग्गा अतिक्रमण हुँदा खोला किनारामा नै हजारौं सुकुम्वासी हुँदा आँखा चिम्म गरेर बसेका न्यायमूर्तिले हजारौं हैन लाखौंलाई सुकुम्वासी बनाइदिने आदेश गरिदिए । त्यसै पशुपतिनाथको शरणमा पुगेर चेलीहरुले विरहको गीत गाका त हैनन् त !

विदेश गाका युवाहरु रगत पसिना उतै सिध्याएर उमेर ‘४० कटेसी रमाउँला’ भन्दै गीत हिट भाको थियो । त्यही सम्झेर हो कि न्यायमूर्ति पनि सुपरहिट हुने आजकलको भाषामा ‘भाइरल’ बनिने । चर्चामा पुगिने कति २० मिटरको कुरा गर्नु ४० मिटर नै ठोकिदिएपछि त चर्चा नभएर सुख ? त्यसका बाउबाजेको जग्गामा घर बनाएर भाडा खान पल्केकालाई सुकुम्वासी बनाइदिएपछि टन्ठ साफ !

न्याय होस् त अहिलेको चालिसे निर्णय गर्ने जस्ताको होस् । गरिबी हटाउनेभन्दा पनि गरिब नै हटाइदिएपछि खेल खतम भएन ? धन्न, काठ र रापले बनाएका न्यायमूर्तिले त्यही काठ रापलाई धज्जी उडाइदिए । यत्तिको न्याय गर्नसके किन न्याय खोज्न गोर्खा जानु ? बागमतीलाई ढलमती बनाएर शुद्ध गरेजस्तै भएन र ?

न्यायमूर्तिको ठाउँमा अन्यायमूर्ति आएपछि, कानुन बनाउने बेला नून खाएपछि, तेस्रो अंगलाई तृतीया लागेपछि अनि चौथो अंग चुत्थो अंग भएपछि यहाँ भन्दा के होस् ! त अब जे हुन्छ ४० मै हुन्छ । ‘यो नेपाल हो, यहाँ सीधासाधाले बस्नै पाउँदैन ।’

खोला होस् कि नाला ४० मिटर जाला
घर जाओस् बारी त्यसकै मन पो खाला 
आउ बसांै ठट्टै मारौं, नदी खोला किनारमा,
वारिपारि २० मिटर थपी रमाउँ साँझैमा ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत्
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत् आइतबार, कात्तिक ९, २०८२
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन सोमबार, कात्तिक ३, २०८२
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार 
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार  सोमबार, कात्तिक ३, २०८२
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता आइतबार, कात्तिक २, २०८२
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ? शनिबार, कात्तिक १, २०८२
लोकप्रिय
  • Week
  • Month
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP