
काठमाडौं – कोरोना भाइरसको महामारीले सुनको मूल्यमा उच्च वृद्धि ल्याएको छ । आज शुक्रबार सुन प्रतितोला १८ सयले वृद्धि भई ८२ हजार ५ सय पुगेको छ । छापावाल सुन बिहीबार तोलाको ८० हजार ७ सय, बुधबार ८० हजार ५ सय र मंगलबार ७८ हजार ३ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ तोलाको ८२ हजार २ सय रुपैयाँ पुगेको छ । त्यसैगरि चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले वृद्धि भई ८ सय ९० पुगेको छ । यो साता सुनचाँदीको भाउ दिनहुँ वृद्धि भइरहेको छ ।