Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • दक्षिण एसियाको वायु प्रदूषणमा कमी
दक्षिण एसियाको वायु प्रदूषणमा कमी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १२, २०८१

एजेन्सी -  सन् २०२२ मा दक्षिण एसियाको वायुको गुणस्तरमा देखिएको आश्चर्यजनक सुधारले विश्वव्यापी प्रदूषणमा पनि सुधार आएको वायुको गुणस्तर र जीवन सुचकांक (एक्यूएलआई)को बुधबार सार्वजनिक नयाँ प्रतिवेदनमा जनाएको छ ।

 यद्यपि, तत्कालिन समयको अनुकुल मौसमले सुधारका लागि सम्भावित भूमिका खेलेको हुनसक्ने बताइएको छ । तत्कालिन समयमा भएको नियमित बर्षा र कोभिडका कारण विश्वव्यापीरूपमा भएको लकडाउनका कारण प्रदुषणमा भूमिका खेल्न जिम्मेवार सवारी साधनको कम प्रयोग हुनु, कलकारखानामा गतिविधि रोकिनु र वातावरण सुधारका लागि गरिएका पहलहरूले काम गर्नुलगायतले वायुको गुणस्तर सुधारमा भूमिका खेलेको हुनसक्ने अध्ययनले देखाएको छ । 

यस क्षेत्रमा खतरनाक वायु प्रदुषणका कारण यहाँका बासिन्दाको औसत आयु ३.५ वर्षभन्दा बढीले घट्ने एक्यूएलआईले चेतावनी दिएको छ । सन् २०२२ को भू–उपग्रहको तथ्यांकले वायुप्रदुषणमा आश्चर्यजनक रूपमा १८ प्रतिशतले गिरावट देखाएकोबाहेक दुई दशकदेखि दक्षिण एसियामा वायु प्रदूषण वार्षिक रूपमा बढिरहेको छ ।युनिभर्सिटी अफ सिकागोको एनर्जी पोलिसी इन्स्टिच्युट(इपीआईसी) ले तयार पारेको प्रतिवेदनअनुसार श्रीलंकाबाहेक यस क्षेत्रका हरेक देशमा वायु प्रदूषण घटेको छ । 

Hardik health

“दक्षिण एसियामा वायुको गुणस्तर मापन गर्ने ‘पार्टिकुलेट म्याटर (पीएम २.५) को स्तर कुन कारणले घट्यो भन्ने निर्णायक रूपमा निर्धारण गर्न गाह्रो भएपनि अनुकूल मौसमी अवस्थालाई यसको श्रेय दिन सकिन्छ,” प्रतिवेदनमा भनिएको छ। सन् २०२२ मा यस क्षेत्रमा औसतभन्दा बढी वर्षा र अनुकुल मौसमी अवस्थाले प्रतिवेदनको सिद्धान्तलाई समर्थन गर्दछ । 

दक्षिण एसियाका मानिसहरूले अझै पनि विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित ठानेको भन्दा आठ गुणा बढी प्रदूषित हावामा श्वास लिइरहेका छन् । “नीति परिवर्तनले प्रभाव पारेको छ कि छैन भनेर समयले मात्र बताउनेछ,” प्रतिवेदनमा जनाइएको छ ।“निरन्तर अवलोकन, नीति कार्यान्वयनका लागि प्रयास र नीतिगत हस्तक्षेपका प्रभावहरूको अनुगमन प्रदुषण गिरावटको कारक बुझ्न र कायम राख्न महत्वपूर्ण हुनेछ,” प्रतिवेदनमा भनिएको छ ।

दक्षिण एसियामा मापन भएको गिरावटसँगै वायु प्रदूषणमा नौ प्रतिशत विश्वव्यापी गिरावट मापन भएको छ । खराब वायु गुणस्तरका कारण मध्यपूर्व र उत्तरी अफ्रिकासहित अन्य ठाउँमा एक वर्ष अघिको तुलनामा वायु प्रदूषण १३ प्रतिशतले बढेको छ। प्रतिवेदनले वायुको गुणस्तरको नियमित तथ्यांकको अभावले नीति निर्माण र कार्यान्वयनमा बाधा पु¥याइरहेको बताएको छ । 

यस वर्षको सुरुमा, ‘इपीआईसी’ को स्वच्छ हावा कार्यक्रमले विश्वव्यापी वायु प्रदुषणबारे खुला तथ्यांक प्रदान गर्ने वायुको गुणस्तर अनुगमन केन्द्रहरूको स्थापनाको लागि १.५ मिलियन डलर रकमको कोष सुरु गरेको हो । वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने गम्भीर प्रभावको तुलनामा यो अपेक्षाकृत थोरै रकम हो । उदाहरणका लागि, अफ्रिकाका केही सबैभन्दा प्रदूषित देशहरूमा “एचआईभी÷एड्स, , मलेरियाजस्ता घातक रोगभन्दा वायु प्रदुषणले मानिसको आयुमा बढी गम्भीर खतरा निम्त्याउने प्रतिवेदनमा जनाइएको छ ।  

तथापि, प्रदुषित हावासँग लड्नका लागि चीनले उल्लेखनीय प्रयासहरू जारी राखेको छ ।  यसले ठूला सहरमा सवारीसाधनको सङ्ख्या सीमित गर्ने,  उद्योगको क्षमता घटाउने र केही क्षेत्रबाट नयाँ कोइलाखानी प्रतिबन्धित गर्नेजस्ता उपायहरू अवलम्बन गरेको छ । सन् २०१३ देखि चीनको वायु प्रदूषण ४१ प्रतिशतले घटेको र यहाँका नागरिकहरूको औसत आयु दुई वर्षले बढेको एक्युएलआईले बताएको छ । तथापि, अझै पनि चीनमा प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको दिशानिर्देशभन्दा पाँच गुणा बढी छ । 


प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP