मोरङ- मिक्लाजुङ गाउँपालिका-१ सुके-जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भएको दुर्घटनामा ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ हंशबारी का २६ वर्षीय शुक्र दमाईँको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सहचालक पाँचथरको मिक्लाजुङ-७ एकरातेका २१ वर्षीय किरण राईलाई विराटनगर पुर्याइएको छ ।