Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • चिया नीति संशोधन हुन्छ : मन्त्री अधिकारी
चिया नीति संशोधन हुन्छ : मन्त्री अधिकारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ११, २०८१

काठमाडौं  -  कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले राष्ट्रिय चिया नीति, २०५७ मा आवश्यक संशोधन गर्ने प्रतिबद्धता जनाएका छन्  । 
 
नेपाली अर्थोेडक्स चिया प्रदर्शनीको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले २५ वर्षअघि बनाइएको चिया नीतिलाई समय सापेक्ष संशोधन गरी नेपालमा उत्पादन हुने चियाको प्रवद्र्धन गरिने बताए । विदेश निर्यात हुने चियाको उचित मूल्य दिलाउन पनि आफूले प्रयत्न गर्ने उनको भनाइ थियो । नेपालमा उत्पादन हुने चियालाई आन्तरिक र बाह्य बजारमा प्रवद्र्धन गर्न मन्त्रालयले काम गरिरहेको मन्त्री अधिकारीले बताए  ।
  
नेपाली चियाको मूख्य निर्यात बजार भारत भएको तर भारत आफै चियाको ठूलो उत्पादक रहेकाले नेपाली चियाले उचित मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया बिक्री गर्न चिया उद्योगी बाध्य हुने गरेकाले यो समस्या समाधानका लागि पहल गर्ने मन्त्री अधिकारीले बताए  । 

“कार्यक्रमले हाम्रो ध्यान उत्पादनको गुणस्तर सुधारमा केन्द्रित गराउन, जैविक र दिगो खेती प्रणालीलाई कायम गरी निरन्तरता दिन प्रोत्साहन गर्नेछ, नेपाली अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियाको बीचमा उभिन सक्ने सम्भावना छ”, उनले भने ।
 
नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि चियाको अक्सन विकल्प हुनसक्ने बताए । नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्ने उनले प्रतिबद्धता जनाए  । प्रदर्शनीले नागरिकलाई नेपाली चियाको गुणस्तरको बारेमा जागरूकता पैदा गर्ने विश्वास गरिएको छ ।

स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्नेछ, जसले बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्ने विश्वास गरेको मन्त्री अधिकारीले बताए । निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी तथा प्रोत्साहन गर्न सरकार सदैव तयार रहने उनले बताए ।  

Hardik health

“नेपालको ओर्थोडक्स चिया केवल उत्पादन मात्र होइन, यो हाम्रो सम्पदा हो जसलाई हामीले माया र प्रवद्र्धन गर्नुपर्छ । नेपालको अर्थोडक्स चियालाई हाम्रो देश र विश्वभरि एक परिचित नाम बनाउन सबै मिलेर काम गरौँ”, मन्त्री अधिकारीले भने । चियाको ब्राण्डिङ अनि प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता सो अवसरमा उनले व्यक्त गरे । सामूहिक प्रयासले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा नेपाल चिनाउने प्रतिनिधिको रुपमा स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने आशा गरिएको मन्त्री अधिकारीको भनाइ थियो । 

चिया प्रदर्शनी आयोजक समितिका सोनाम पाल्जोर लामाले नेपाली चियाको आन्तरिक र बाह्य बजार प्रवद्र्धन गराउने उद्देश्यले नै चिया प्रदर्शनी गरिएको जानकारी दिए । चियाको प्रवद्र्धनमा २५ वर्ष अघि बनेको चिया नीति बाधक भएकाले त्यसलाई समय सापेक्ष संशोधन गरिनुपर्ने उनको माग थियो । 

 चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले प्रदर्शनी  आयोजना गरिएको हो । ठमेलस्थित छायाँ सेन्टरमा आयोजना गरिएको प्रदर्शनीमा ५८ कम्पनीका एक सय ४० प्रकारका चिया राखिएको व्यवसायी पेम्बा ह्योल्मोले जानकारी दिए ।  पूर्वी नेपालमा उत्पादित उच्च गुणस्तरको चिया विदेश निर्यात हुने गरेको छ । नेपालमा उत्पादित सबै चिया विदेश निर्यात हुँदैन । उच्च गुणस्तरको चिया नेपालको ठमेल र पोखराजस्ता पर्यटकको बढी चहलपहल हुने ठाउँमा पनि खपत हुने गरेको छ । इलामको सूर्योदय नगरपालिकाका युवाले उक्त कार्यक्रम आयोजना गरेका  हुन् ।
  
नेपालका विभिन्न जिल्लामा उत्पादित उच्च गुणस्तरको चिया ठमेल र पोखरा जस्ता पर्यटकको बढी चहलपहल हुने ठाउँमा प्रतिकिलो रु तीन हजारदेखि रु २० हजारसम्ममा बिक्री हुने गरेको छ । चिया एवं कफी क्षेत्रका प्रवद्र्धनमा स्थानीय, प्रदेश र केन्द्र गरी तीनै तहका सरकारको सहयोग आवश्यक पर्नेमा व्यवसायीले जोड दिएका छन् । 
 


प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP