Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • एसईई तथा कक्षा १२ को नतिजा खस्किनुको कारण के ?
एसईई तथा कक्षा १२ को नतिजा खस्किनुको कारण के ?
सत्य राम कासिछ्वा
सत्य राम कासिछ्वा शुक्रबार, साउन ३२, २०८१

अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको छ शिक्षाक्षेत्र । स्थानीय, प्रदेश तथा संघीय गरी तीन तहको सरकारले शिक्षाक्षेत्रलाई प्राथमिकता दिइए तापनि एसईई तथा कक्षा १२ को नतिजाको कारण  शिक्षाको स्तर खस्केको देखाउँछ । एकातिर उत्तीर्ण भएका विद्यार्थीहरू समाज अनुकूल व्यवहार प्रदर्शन गर्न सकिरहेको छैन भने अर्कोतिर शैक्षिक बेरोजगार उत्पादनले विदेश पलायन हुँदा युवा विहिन देश बन्ने खतरा छ ।

संविधानको अधिकार सुनिश्चित गराउनु, राज्य शक्ति र स्रोतको उपयोग गरी संविधानले दिएको हकको प्रत्याभूति गराउने जस्ता कर्तव्यबाट सरकार टाढिँदैछ । नेपालको संविधानले शिक्षाको हकलाई माैलिक हकको रूपमा प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था गरिएको छ । तर त्यसलाई षड्यन्त्रपूर्वक उक्त अधिकारबाट वञ्चित गर्ने गरिरहेको छ ।

सरकारी विद्यालय रहेकै स्थानमा झिलिमिली सहित आकर्षक महंगो व्यवस्थापनमा निजी विद्यालय सञ्चालनको स्वीकृतिले सरकारी विद्यालयमा विद्यार्थी न्यून गराउने प्रवृत्ति, सरकारी सेवासुविधा लिने सबै तहका कर्मचारीले निजी विद्यालयमा शेयर होल्डर भइ पढाउने होडबाजी, सरकारी शिक्षक नियुक्तिमा शिक्षाशास्त्रको उत्पादनलाई प्राथमिकता नराख्ने, कतिपय शिक्षकले बढुवाको लागि विद्यार्थीको सिकाई स्तर कमजोर भए तापनि बढी अंक वा ग्रेड दिने संस्कारको सरकारी स्तरबाट अनुगमन र निरीक्षण नहुँदा सरकारी विद्यालयको स्तर दिनानुदिन खस्किरहेको छ ।

नियुक्ति भएको शिक्षकले विद्यार्थीहरूको सिकाइ प्रभावकारी बनाउनु भन्दा पनि ट्युसन तथा अन्य विद्यालयमा थप आम्दानीको लागि कक्षा लिने प्रवृत्ति रहेको छ । यसले विद्यार्थीमा सिकाइ कमजोर भएको भनी शिक्षक पन्छिने अवस्था छ। नियमित कक्षा शिक्षणमा प्रभावकारी शिक्षण नगरी सरकारी विद्यालयसमेत निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने नाउँमा थप कक्षा सञ्चालन गरेर  शुल्क लिई आम्दानी गरिरहेको छ । जुन संविधान विपरीत भएपनि सरकारी संयन्त्रको नियमित अनुगमन र निरीक्षणको कमीले शिक्षाको नाउँमा व्यापार गर्ने माफिया र मतियारहरु नीतिगत भ्रष्टाचार गरी कर तिर्न नपर्ने आम्दानी गरेर पुँजी संकलन गरिरहेको छ ।

Hardik health

सरकारी विद्यालयमा शिक्षा नियमावली अनुसार शिक्षक विद्यार्थीको अनुपात नमिल्दा समेत कतिपय सरकारी विद्यालयमा विद्यार्थी भन्दा शिक्षकको संख्या बढी छ । यस्तो अवस्थामा सरकारले विभिन्न शीर्षकमा विनियोजन गरेको बजेट अपुग छ भनेर शिक्षक महासंघ लगायत अन्य विभिन्न नामधारी शिक्षक संघ संगठन आन्दोलनको भरमा सेवासुविधा लिन तल्लिन देखिएका छन्, जुन एक प्रकारको शैक्षिक भ्रष्टाचार पनि हो । 

सेवा निवृत्त भई सरकारी पेन्सन पाइरहेका कर्मचारीले निजी विद्यालयको सल्लाहकार तथा व्यवस्थापन समितिमा बसेर काम गर्नु, सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा रहेका वडाध्यक्ष लगायत जनप्रतिनिधिले निजी विद्यालयको संचालक सदस्य बन्नु पनि एक प्रकारले शिक्षाक्षेत्रमा भएको नीतिगत भ्रष्टाचार नै हो । यसबाट पनि सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उठ्न नसकेको हो ।

आमाबाबुले छोराछोरीको उज्ज्वल भविष्य चाहेकै हुन्छ, छोराछोरीले राम्रो शिक्षा पाउन भनेर अभिभावक जस्तोसुकै दुःखकष्ट सहेर झिलीमिली, आकर्षक व्यवस्थापनमा जतिसुकै महंगो भएपनि शिक्षाक्षेत्रमा लगानी गरिरहेको हुन्छ । तर निजी विद्यालय संचालकले अभिभावकलाई धनको कुबेरको नाम दिई कर तिर्न नपर्ने आम्दानी सहित पुँजी संकलन गरिरहेको छ । 

एकातिर अव्यवहारिक शिक्षाले विद्यार्थीहरू समाजमा घुलमिल हुन नसक्दा विदेश पलायनको बाटो रोज्न विवश छ । अर्कोतिर अव्यवहारिक शिक्षा नीति र पाठ्यक्रमका कारण लाखौं विद्यार्थीको उर्वर समय विदेशी भूमिमा पसिना तथा रगत बगाउन बाध्य भएका छन् । यसो हुनुको मुख्य कारण शैक्षिक माफिया र मतियारहरुको चरम शैक्षिक भ्रष्टाचार नै हो ।

यसर्थ शैक्षिक भ्रष्टाचारलाई न्यूनीकरण गर्न शिक्षकको कार्यविधि र पाठ्यक्रम कार्यान्वयनको  समयसमयमा सरकारी संयन्त्रबाट नियमित अनुगमन तथा निरीक्षण हुनु जरुरी छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP