Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भैरहवा र पोखरा विमानस्थलबाटै श्रमसम्बन्धी सेवा
भैरहवा र पोखरा विमानस्थलबाटै श्रमसम्बन्धी सेवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३१, २०८१

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले श्रमसम्बन्धी सबै सेवा भैरहवा र पोखराबाट पनि पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानका लागि चाहिने सबै संयन्त्र भैरहवा र पोखराको विमानस्थलको पायक पर्ने स्थानबाट सञ्चालन हुने जनाएको छ । 

श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा सरोकारवाला संघसंस्था र कार्यालयहरूका प्रतिनिधिसहित मंगलबार बसेको बैठकले गरेको निर्णयअनुसार मन्त्रालयले वैदेशिक रोजगारीमा जान चाहिने सबै संयन्त्रलाई भैरहवा र पोखरामा स्थापना गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई आवश्यक पर्ने सबै सेवासुविधा दिनेगरी सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाटै उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको उल्लेख गरेको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बिमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं आउनुपर्ने अवस्था अन्त्य गर्न हाल प्रदान गरिरहेको सेवा र सम्पादन गरिरहेका काम भैरहवा र पोखराबाट गर्नेगरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित संघसंस्थालाई निर्देशन दिएको छ । यस्तै सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाको सम्बन्धमा पनि सम्बन्धित कार्यालयलाई व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ । 

Hardik health

यसैगरी श्रम स्वीकृतिलगायतका सेवालाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउने बताइएको छ । सर्वपक्षीय बैठकबाट गन्तव्य मुलुकका ‘भिसा सेन्टर’ स्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णयसमेत भएको मन्त्रालयले उल्लेख गरेको छ । साथै वैदेशिक रोजगारसम्बन्धी संयन्त्रहरू प्रदेशमा लैजान ऐन, नियम, कार्यविधिमा बाधा अड्चन देखिए र त्यसलाई केही संशोधन वा निर्णय गर्नुपर्ने भए अध्ययन गरी तत्काल निर्णय गर्ने उल्लेख गरिएको । यसको कार्यान्वयनका लागि श्रम मन्त्रालयअन्तर्गत वैदेशिक रोजगारसम्बन्धी सेवाहरुलाई क्रमशः प्रदेशस्तरमा लैजान आवश्यक तयारी गर्ने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।

सर्वपक्षीय सरोकारवालासमेतको उपस्थितिमा बसेको बैठकले गरेको यस्तो निर्णयबाट सेवाग्राहीलाई वैदेशिक रोजगारसम्बन्धी सेवा लिन काठमाडौं नै धाउनुपर्ने बाध्यता हट्ने मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । उनका अनुसार वैदेशिक रोजगारीका लागि चाहिने सबै संयन्त्र स्थापना गरी सेवा प्रवाह गर्न सरोकारवालाहरु सहमत भएका छन् । श्रम मन्त्रालयले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले वैदेशिक रोजगारका सबै सेवाहरु सोही ठाउँबाट सञ्चालन गर्ने निर्णय गरेको उप्रेतीले जानकारी दिए । ‘यति भएपछि सेवाग्राहीलाई काठमाडौं नै धाउनुपर्ने अवस्था हुँदैन,’ उनले भने । 

यसअघिदेखि नै भैरहवा र पोखरामा प्रादेशिक श्रम कार्यालयमार्फत श्रम स्वीकृतिको कार्य गर्दै आए पनि वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने संयन्त्रहरु अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, बिमा, भिसालगायतको सेवा लिन काठमाडौं नै आउनुपर्ने अवस्था विद्यमान छ । सरकारको पछिल्लो निर्णयले वैदेशिक रोजगारीमा जाने युवाहरु लाभान्वित हुने बताइएको छ । सरकारले अघिल्लो वर्षदेखि वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंबाहेक प्रादेशिकरुपमा विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा रहेका श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आइरहेको छ ।

 


प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP