काठमाडौं - छापावाल सुनचाँदीको मूल्य तीन सयले घटेकाे छ । 
आज शुक्रबार तीन सयले घटेर एक लाख ४४ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यस्तै, हिजाे तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँ कायम रहेकाेमा एक लाख ४४ हजार रुपैयाँमा काराेबार भइरहेकाे  छ । 
आज चाँदीको मूल्य प्रतितोला १७ सय ३० रूपैयाँमा काराेबार  भइरहेकाे छ  ।