Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कान्तिलोकपथ
  • #सशस्त्र प्रहरी बल
  • #अतिरिक्त महानिरीक्षक
  • #एआईजी
  • #गणेश ठाडा मगर
  • #मिस विभा-मिस ग्राण्ड नेपाल २०२५
  • #आइसिसी क्रिकेट विश्वकप लिग–२
  • #आइसिसी विश्वकप लिग-२
  • #खानेपानी
Search Here
समाचार
  • Home
  • समाचार
  • विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १०, २०८१

गोरखा-  गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ ।  चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

“स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित तथा विपन्न घरपरिवारमा सहज स्वास्थ्य उपचार सेवा पुर्‍याउन पालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने कार्यक्रम अगाडि बढाएको हो”, उनले भने, “यसबाट पालिकाभित्रका करिब ६ सय दलित तथा विपन्न घरपरिवार लाभान्वित हुनेछन् ।”

स्वास्थ्य बीमा गराउन सबै वडामा एक–एकजना बीमा दर्ता सहयोग परिचालन गरिएको छ । गाउँपालिका–१ र २ मा निःशुल्क स्वास्थ्य बीमा गराउने कार्यक्रम सुरु भइसकेको र अन्य वडामा केही दिनभित्रै कार्यक्रम सुरु हुने उनको भनाइ छ । गाउँपालिकाले दलित घरपरिवारमध्ये रोजगारीमा रहेका वा सार्वजनिक पद धारण गरेका व्यक्तिका परिवारले भने आफैँले बीमाबापतको रकम बुझाएर अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका एवं सामान्यदेखि जटिल स्वास्थ्य समस्यामा परेका समुदायका नागरिकहरुमा सहज स्वास्थ्य सुविधाको पहुँच विस्तार गर्न पालिकाले निःशुल्क बीमा कार्यक्रम ल्याएको हो । गाउँपालिकाले संविधानमा उल्लेख गरिएको नागरिकको स्वास्थ्य उपचारको मौलिक हक कार्यान्वयन गर्न निःशुल्क बीमा कार्यक्रमको थालनी गरेको अध्यक्ष देवकोटाले बताए ।

“आफैँले बीमा गर्न नसक्ने अवस्थामा रहेका सबै विपन्न तथा दलित घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिनेछ”, उनले भने, “यो कार्यक्रम पूर्णरुपमा कार्यान्वयन भएपछि आर्थिक अवस्था कमजोर भएका अजिरकोट गाउँपालिकाभित्रका कोही पनि दलित तथा विपन्न समुदायका नागरिकहरु अब स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनुपर्ने छैन ।”

गाउँपालिकाले निःशुल्क बीमा गरिदिन सुरु गरेपछि लक्षित समुदायका घरपरिवार पनि खुसी भएका छन् । विपन्न एवं दलित घरपरिवारलाई स्वास्थ्य निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गराउन गाउँपालिकाले मुटु फाउन्डेसनसँग पनि सहकार्य गरेको छ ।


प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
काठमाडौँमा पानीका लागि ट्यांकरको भरपर्नु पर्ने अवस्थाको अन्त्य हुन्छ : मन्त्री यादव
काठमाडौँमा पानीका लागि ट्यांकरको भरपर्नु पर्ने अवस्थाको अन्त्य हुन्छ : मन्त्री यादव आइतबार, जेठ २५, २०८२
चेपाङ समुदायबाट प्रधानमन्त्रीलाई चिउरी उपहार
चेपाङ समुदायबाट प्रधानमन्त्रीलाई चिउरी उपहार आइतबार, जेठ २५, २०८२
राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट
राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभामा थन्किएका महत्वपूर्ण विधेयकको प्रतीक्षामा राष्ट्रियसभा
प्रतिनिधिसभामा थन्किएका महत्वपूर्ण विधेयकको प्रतीक्षामा राष्ट्रियसभा आइतबार, जेठ २५, २०८२
अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक आइतबार, जेठ २५, २०८२
‘प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ’
‘प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ’ आइतबार, जेठ २५, २०८२
नेपालमै पहिलोपटक लिंग परिवर्तनको सफल शल्यक्रिया
नेपालमै पहिलोपटक लिंग परिवर्तनको सफल शल्यक्रिया आइतबार, जेठ २५, २०८२
लोकप्रिय
  • Week
  • Month
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
लिङ्देन अनुपस्थित बैठक भाँडियो, थापा नबोली हिँडे
लिङ्देन अनुपस्थित बैठक भाँडियो, थापा नबोली हिँडे
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तेक्वान्दो खेलाडी राईलाई सम्मान
तेक्वान्दो खेलाडी राईलाई सम्मान
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP