Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • पाँच वर्षपछि खुल्दै मुगु-चिनको  जोड्ने नाक्चेलाग्ना नाका
पाँच वर्षपछि खुल्दै मुगु-चिनको  जोड्ने नाक्चेलाग्ना नाका
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १०, २०८१

मुगु -  कोरोना समय देखि बन्द भएको मुगु-चिन हाटबजार मेला लाग्ने नाका काेराेनाले बन्द भएको नाक्चेलाग्ना नाका ५  बर्ष पछि खाेल्ने भएको छ । मुगु जिल्ला स्थित नेपाल चिन सिमाना नाग्चेलाग्ना देखि नजिकै रहेको चिनको ह्यजिमार क्षेत्रमा ५ वर्षपछी नेपाल-चिन  हाट बजार लाग्ने भएको हो ।

परापुर्वकाल देखि यो क्षेत्रमा अस्थायी रुपमा नेपाल र चिनका जनतालाइ आवश्यक पर्ने वस्तु तथा पशुचौपाया हाटबजार लगायर किनबेच गर्दै आएको भएपनी कोरोनाको समय यता हाटबजार लाग्न बन्द भएको थियो । अस्थायी नाका खोल्न र हाटबजार नियमित गर्न चिनिया दुतावास र नेपालको परराष्ट मन्त्रालयमा गाउँपालिका र मुगुबाट निर्वाचित जनप्रतिनिधी,राजनैतिक दलका अगुवाहरुले पहल गरेपनी नाका खोलिएको थिएन ।

नाका पर्ने मुगम कार्मारोङ्ग गाउँपालिकाले ह्याजिमार क्षेत्र रहेको चिनको स्थानिय प्रमुखहरुसङ्ग बारम्बार सम्पर्क र पहलपछि यो वर्षको अगस्ट १ देखि १५ तारिखसम्म (साउन १७ गते देखि ३१ गतेसम्म) नाका खोल्न लागेको र विगत झै चिनको ह्यजिमारमा १५ दिनसम्म हाटबजार लाग्ने मुगम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याफ्ने लामाले बताए । हाटबजारमा मुगालिहरु काठका लट्ठि,चुलिका सिम्रा,यार्सागुम्बा,नेपाली जुत्ता,जडिबुटी बिक्री गर्दछन भने चाइनिजहरु  सिमेण्ट,जस्तापाता,घ्यु,भेडा,चामल,छुर्पी,चिया,लत्ता कपडा विक्री गर्ने गर्दछन् ।

चिन तर्फ सिमासम्मै सडक पुगेकाले ट्रकमा विक्री गर्ने सामानहरु चिनियाँ व्यापारिहरु ल्याउछन्। ह्याजिमारमा  चिनले ठूलो गोदाम घर बनाएको छ चिनियाँ व्यापारी,स्थानियहरु आफुले विक्री गर्न ल्याएका सामान र नेपालिबाट किनेका सामान त्यही गोदाममा राख्ने गर्दछन तर नेपाल तिर सडक र यातायातका साधन नहुदा स्थानिय र व्यापारीहरु घोडा,खच्चर ,चौरीलाइ व्यापार गर्ने सामान बोकाएर लैजान्छन् । किनेका सामानहरु पनि  तिनै घोडा,खच्चर, चौरी र आफैले बोकेर घरसम्म ल्याउने गरेका छन मुगुम कार्मारोङ्ग गाउपालिका वडा न १ का वडा अध्यक्ष च्यावा लामा बताए।

Hardik health

सस्तो र नजिकै दैनिक उपभोग्य लगायत घरायसी सामानहरु किनि रहेका मुगुबासी ५ वर्षसम्म नाका नखोल्दा भारत तथा नेपालका विभिन्न शहरहरुबाट महँगो र टाढाबाट आवश्यक सामान किन्न बाध्य थिए । यो नाका साउनको तेर्सो साताबाट १५ देखि २५ दिनसम्म खुल्दै आएकोछ अब बर्सेनि नाका खुल्ला राख्न नेपाल सरकारले कुटनैतिक पहल गर्नुपर्ने र नाका सम्मै सडक पुर्याउनु तथा भन्सार पुर्वाधार बनाउन स्थानियहरु माग गर्दछन् ।

मुगु जिल्ला सदरमुकाम गमगढीबाट नाग्चेलाग्ना नाकासम्म ८७ किमि सडक दुरि रहेपनि अहिलेसम्म नेपाल सरकारले १७ किमि सडक मात्र ट्याक खोलेको छ ।पहिला सजिलै चिनको ह्यजिमारसम्म हाटबजार लाग्दा मुगालहरु जान पाउने भएपनी अहिले चिन प्रवेश गर्ने नागरिकलाइ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको प्रवेश पास  अनिवार्य चाहिने भएको छ ।

गाउपालिकाले जिल्ला प्रशासन कार्यालयसङ्ग समन्वय गरेर  स्थानियहरुलाइ कसरी  सहज रुपमा चिन प्रवेश पास दिन सकिन्छ भनेर छलफल गरिरहेको, सम्भवत आजै (वुधबार) प्रवेश पास वितरणको लागि सुचना जारी गर्ने र  शुक्रबारबाट जिल्ला प्रशासन कार्यालयले पास वितरण शुरु गर्ने जानकारी दिएको मुगम कार्मारोङ्ग गाउपालिकाका सुचना तथा प्रविधी अधिकृत सोवेन्द्र बहादुर मल्लले जानकारी गराए ।

गाउपालिकाको जानकारी अनुसार मुगुको नाक्चेलाग्ना र डोल्पाको मायुम्ला नाका अगष्ट १ बाट १५ दिनका लागि खोल्ने,प्रवेश पास र सुरक्षाको व्यवस्थाको लागि अनुरोध भै आएकोले चिनको हाटबजारमा जाने नेपालीहरुका लागि प्रवेश पास तयार गरि सकेको र हाटबजार अबधिभर नेपाल तर्फ नेपालीलाई सुरक्षाको प्रत्याभुती दिलाउन सुरक्षा व्यवस्था कडाइ पारिने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिले बताए ।

उनले भने चिन प्रवेशका लागि डिजिटल प्रवेश पास उपलब्ध गराउनु पर्ने भएपनी अध्यागमनको टोलि डिभाइस लिएर मुगु आउन सम्भव नभएपछी जिल्ला प्रशासनले जारी गरेको कागजी प्रवेश पास भए पनि चिन प्रवेश गर्न दिने चिनियाँ पक्षको वचन पछि  नेपालीलाई कागजी पास जारी गरिएको छ । 

चिन प्रवेशका लागि जारी गरिएको प्रवेश पास मुगुका स्थानिय मुगालहरुले आफ्नो मुगु जिल्ला स्थायी ठेगाना भएको नागरिकता देखाए पछि प्राप्त गर्न सक्नेछन । नाग्चे लाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टी स्थित नाइजु जोड्ने नाका हो  । मुगु सहित चिनसङ्ग जोडिएका नेपालका १४ नाकाहरुलाइ नेपाल र चिनले परम्परागत नाका भन्ने गर्दछन् । 

५ वर्षदेखी बन्द भएका यी नाका खोल्न गत वर्ष असोजमा चिन भ्रमणमा जादा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र लगर्तै चिन  पुगेका परराष्ट्रमन्त्री नारायण काजी  श्रेष्ठले परम्परागत नाका खोल्न गरेको आग्रह पछि चिनले गरेको प्रतिवद्धता अनुसार यो बेला परम्परागत नाकाहरु क्रमश खोली रहेका छन् ।नेपाल-चिन सिमा स्तम्भ मध्य १३ न पिल्लर मुगु जिल्लाको नाग्चेलाग्ना नाकामा  पर्दछ ।


प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ११:०१
#नाक्चेलाग्ना_नाका
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP