Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • धेरै कामदार पठाउने शीर्ष २० म्यानपावर 
धेरै कामदार पठाउने शीर्ष २० म्यानपावर 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ४, २०८१

काठमाडौं– गत आर्थिक वर्ष २०८०/८१ मा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर सात लाख ४१ हजार २७९ जना वैदेशिक रोजगारीका लागि विदेसिएका छन् । यो वैदेशिक रोजगार विभागको सार्वजनिक गरेको पछिल्लो तथ्यांक हो ।

यसरी विदेसिएकामध्ये म्यानपावर कम्पनीमार्फत विदेसिनेको संख्या ५३ हजार १६३ जना रहेको छ । उनीहरु ९२७ वटा म्यानपावरको माध्यमबाट श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ । 

सरकारबाट वैदेशिक रोजगारसम्बन्धी व्यवसाय सञ्चालन गर्न अनुमति लिएका म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीका लागि बर्सेनि लाखौंको संख्यामा नेपाली युवा विदेसिने गरेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जाने प्रावधान भए पनि संस्थागतरुपमा जाने कामदारको हिस्सा ठूलो रहेको विभागको तथ्यांकले देखाएको छ । व्यक्तिगत तथा संस्थागत गरी १४९ देशमा श्रम स्वीकृति लिएर नेपालीहरु रोजगारीका लागि विदेसिएको विभागले जनाएको छ । 

कोभिड–१९ को महामारीले थला पारेको नेपालको वैदेशिक रोजगार क्षेत्र आर्थिक वर्ष २०७८/७९ पछि पुरानै लयमा फर्किएको थियो । उक्त आवमा छ लाख ३० हजार ९० नेपाली रोजगारीका लागि विदेश पुगे । त्यस्तै अघिल्लो आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ नेपाली श्रम स्वीकृति लिएर विदेश गए । यसरी तीन आर्थिक वर्षमा २१ लाख ४२ हजार ६९६ जना युवा विदेसिएका छन् । अघिल्लो आवमा भन्दा गत आवमा विदेश जाने नेपालीको संख्या ३० हजारले घटेको छ ।

Hardik health

नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी)मा वैदेशिक रोजगारीबाट २५ प्रतिशतभन्दा बढी योगदान भइरहेको म्यानपावर व्यवसायीहरुले बताउँदै आएका छन् । वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र चलिरहेको भन्दै यसको आधारशीला नै म्यानपावरहरु भएको उनीहरुको भनाइ छ । तसर्थ वैदेशिक रोजगार सिर्जनाको माध्यम बनिरहेका म्यानपावर कम्पनीहरुले वर्षभरिमा एक सयदेखि सात हजारभन्दा बढी नेपाली कामदारलाई विदेश पठाएका छन् । गत आर्थिक वर्षमा सबैभन्दा धेरै नेपाली कामदार पठाउने ‘शीर्ष २०’ म्यानपावर कम्पनीको विवरण यहाँ उल्लेख गरिएको छ । 

शीर्षस्थानमा निल कमल ह्युमन रिसोर्स 
आव २०८०/८१ मा सबैभन्दा धेरै संख्यामा नेपाली कामदार विदेश पठाउँदै निल कमल ह्युमन रिसोर्स प्रालिले पहिलो स्थान ओगटेको छ । यस कम्पनीमार्फत एकै आर्थिक वर्षम विभिन्न श्रम गन्तव्य मुलुकमा सात हजार २०८ जना रोजगारीका लागि गएका हुन् । दोस्रो स्थानमा एसओएस म्यानपावर सर्भिस प्रालि रहेको छ । यस कम्पनीले पाँच हजार ७४६ जनालाई वैदेशिक रोजगारीमा पठाएको तथ्यांक छ । तेस्रो स्थानमा रहेको एयर किंगस् प्लेसमेन्ट प्रालिले चार हजार १४ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको देखिन्छ । 


त्यस्तै प्याराडाइज इन्टरनेसनल प्रालि तीन हजार ९८५ श्रमिक पठाउँदै चौथो स्थानमा रहेको छ । साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालिले पाँचौं स्थान ओगटेको छ । उक्त कम्पनीले तीन हजार ८३२ जना नेपाली कामदारलाई विदेश पठाएको छ । द रिभर ओभरसिज प्रालि तीन हजार ७३४ जना पठाउँदै छैटौं स्थानमा रहँदा इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालि तीन हजार ५७९ जना पठाउँदै सातौं, सपोर्ट ह्युमन रिसोर्स प्रालि तीन हजार ५०९ जना पठाएर आठौं, एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्टस प्रालि दुई हजार ९८६ जनासहित नवौं र इम्पावर ह्युमन रिसोर्सेज म्यानेजमेन्ट प्रालि दुई हजार ७६९ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएर धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीमा १०औं स्थानमा परेको छ ।

विभागले तयार पारेको अभिलेखअनुसार ११औं स्थानमा रहेको लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालिले एक वर्षमा दुई हजार ७०६ जना नेपालीलाई रोजगारीका लागि विदेश पठाएको छ । १२औं स्थानमा रहेको आकर्षण इन्टरनेसनल प्रालिले दुई हजार ७०६ जना, १३औं स्थानको सान नेपाल प्रालिले दुई हजार ५६६ जना, १४औं स्थानमा रहेको मास ह्युमन सिसोर्स प्रालिले दुई हजार ५१७ जना र १५औं स्थानमा परेको एमपिएस ओभरसिज प्रालिले दुई हजार ४७३ जनालाई वैदेशिक रोजगारीमा पठाएको तथ्यांक छ । 

यसैगरी १६औं स्थानमा रहेको अक्सफोर्ड इन्टरनेसनल प्रालिले दुई हजार ४०८, १७औं स्थानको अञ्जली ओभसिज सर्भिस प्रालिले दुई हजार २६५, १८औं स्थानमा रहेको अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स प्रालिले दुई हजार १७६ जना नेपालीलाई रोजगारीका लागि विदेश पठाएका छन् । त्यसैगरी १९औं र २०औं स्थानमा क्रमशः जब सिकर म्यानपावर र वेस्ट रिक्रुटमेन्ट सर्भिस प्रालि रहेका छन् । जब सिकर दुई हजार १६५ जना र वेस्ट रिक्रुटमेन्टले दुई हजार १६४ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । 

माथि उल्लेख गरिएका आठ वटा म्यानपावर कम्पनीहरु अघिल्लो आर्थिक वर्षमा पनि ‘शीर्ष २०’ भित्र परेका थिए । तर, यस वर्ष १२ वटा कम्पनीले दुई हजारभन्दा माथि कामदार पठाएर पहिले शीर्ष २० मा परेकाहरुलाई उछिनेका छन् । वैदेशिक रोजगारीमा कसले कति कामदार पठाउन सक्छ भन्नेमा म्यानपावरबीचमै प्रतिस्पर्धा हुने गरेको छ । जसका कारण वर्षैपिच्छे परिणाम फरक आउने गरेको छ । 


सबैभन्दा बढी कामदार पठाउने म्यानपावर 

निल कमल ह्युमन रिसोर्स   ७२०८
एसओएस म्यानपावर सर्भिस      ५७४६
एयर किंग्स प्लेसमेन्ट       ४०१४
प्याराडाइज इन्टरनेसनल    ३९८५
साउण्डलाइन्स रिक्रुटमेन्ट     ३८३२
द रिभर ओभरसिज      ३७३४
 
इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट      ३५७९
सपोर्ट ह्युमन रिसोर्स
   ३५०९
एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्टस     २९८६
इम्पावर ह्युमन रिसोर्सेज म्यानेजमेन्ट  २७६९
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस                         २७०६
आकर्षण इन्टरनेसनल                  २७०६
सान नेपाल          २५६६
मास ह्युमन सिसोर्स                                      २५१७
एमपिएस ओभरसिज           २४७३
अक्सफोर्ड इन्टरनेसनल      २४०८
अञ्जली ओभसिज सर्भिस                                           २२६५
अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स         २१७६
जब सिकर म्यानपावर         २१६५    
वेस्ट रिक्रुटमेन्ट सर्भिस                              २१६४

          

 



  


   


प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना मंगलबार, साउन २६, २०८३
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै सोमबार, साउन २५, २०८३
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने आइतबार, साउन २४, २०८३
पूर्व प्रस्थान अभिमुखीकरण पाठ्यक्रम डिजिटलाइज्डमा ढिलाई
पूर्व प्रस्थान अभिमुखीकरण पाठ्यक्रम डिजिटलाइज्डमा ढिलाई शुक्रबार, साउन २२, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP