Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • असारमा रोजगारीका लागि ५८ हजारभन्दा बढी विदेसिए 
असारमा रोजगारीका लागि ५८ हजारभन्दा बढी विदेसिए 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३, २०८१

काठमाडौं– गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिना अर्थात् असारमा वैदेशिक रोजगारीका लागि ५८ हजारभन्दा बढी नेपाली युवा विदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असार महिनामा ५८ हजार ७३६ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेसिएका हुन् । 

विभागको तथ्यांकअनुसार नेपाली युवा १०२ वटा मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् । असारमा विदेसिने नेपालीको संख्या गत जेठ महिनाको भन्दा १४ हजार १२५ जनाले कम रहेको छ  । जेठमा ७२ हजार ८६१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । यसरी जाने श्रमिकको संख्या अघिल्लो वैशाख महिनामा ७० हजार ६३७ थियो । 

गत आवको सुरुआती महिनादेखि (वैशाखबाहेक) संयुक्त अरब इमिरेट्स (युएई) नेपालीहरुको पहिलो गन्तव्य बन्न सफल भएको । असार महिनामा युएई जान १८ हजार २०० जनाले श्रम स्वीकृति लिएका छन् । गत जेठमा युएई जान २० हजार ४२४ जनाले श्रम स्वीकृति लिएकोमा असारमा यो संख्या घटेको छ । त्यस्तै साउदी अरब दोस्रो स्थानमा परेको छ । असारमा साउदी जान १२ हजार २७२ जनाले श्रम स्वीकृति लिएका छन् । यसैगरी असारमा कतार जान १० हजार ३० जनाले श्रम स्वीकृति लिएका छन् । तेस्रो स्थानमा परेको कतार जाने नेपालीको संख्या प्रत्येक महिना हाराहारी नै रहे पनि अघिल्ला महिनाहरुभन्दा यसपटक घटेको विभागको तथ्यांकले देखाएको छ ।

यसैगरी पाँचाै स्थानमा रहँदै आएको कुवेत चौथो स्थानमा उक्लिएको छ । कुवेतमा तीन हजार २५३ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । प्रत्येक महिना कुवेत जाने श्रमिकहरुको संख्यामा त्यस्तो धेरै उतारचढाव देखिएको छैन । त्यस्तै नेपालीहरुको पाँचौं गन्तव्य युरोपेली मुलुक क्रोएसिया भएको छ । यहाँ जान असारमा दुई हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । 

Hardik health

गत आव सुरु भएयता कतार र साउदी जाने नेपालीको संख्या हराहारीजस्तो देखिए पनि युएई जाने संख्यामा भने उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै अघिल्लो आवमा नेपालीहरुको पहिलो गन्तव्य रहेको मलेसियामा गत आवको अन्तिम महिना असारमा जम्मा एक हजार ४६४ जनामात्र गएको विभागको तथ्यांकले देखाएको छ । 

यसैगरी रोमानिया दुई हजार १४८, जापान एक हजार १०२, बहराइन ९२८,  मोरिसस ८७८, साइप्रस ७४२, माल्दिभ्स ६०७, ओमानका लागि ४०५ र कंगो जान ४०३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै असार महिनामा इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या एक हजार १३७ रहेको छ । 

यसैगरी विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १९ हजार ९८९ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३८ हजार ७४७ जना रहेका छन् । गत आवको अन्तिम महिनामा श्रम स्वीकृति लिनेमध्ये छ हजार ६११ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्यरुपमा बढ्दै गएकोसमेत विभागको तथ्यांकले देखाएको छ । 


धेरै श्रमिक गएका मुलुक
युएई– १८,२००
साउदी– १२,२७२
कतार– १०,०३०  
कुवेत– ३,२५३ 
क्रोएसिया– २,२६६
रोमानिया– २,१४८
मलेसिया– १,४६४
कोरिया– १,१३७
जापान– १,१०२
बहराइन– ९२८    

 


प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP