Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • असारमा रोजगारीका लागि ५८ हजारभन्दा बढी विदेसिए 
असारमा रोजगारीका लागि ५८ हजारभन्दा बढी विदेसिए 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३, २०८१

काठमाडौं– गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिना अर्थात् असारमा वैदेशिक रोजगारीका लागि ५८ हजारभन्दा बढी नेपाली युवा विदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असार महिनामा ५८ हजार ७३६ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेसिएका हुन् । 

विभागको तथ्यांकअनुसार नेपाली युवा १०२ वटा मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् । असारमा विदेसिने नेपालीको संख्या गत जेठ महिनाको भन्दा १४ हजार १२५ जनाले कम रहेको छ  । जेठमा ७२ हजार ८६१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । यसरी जाने श्रमिकको संख्या अघिल्लो वैशाख महिनामा ७० हजार ६३७ थियो । 

गत आवको सुरुआती महिनादेखि (वैशाखबाहेक) संयुक्त अरब इमिरेट्स (युएई) नेपालीहरुको पहिलो गन्तव्य बन्न सफल भएको । असार महिनामा युएई जान १८ हजार २०० जनाले श्रम स्वीकृति लिएका छन् । गत जेठमा युएई जान २० हजार ४२४ जनाले श्रम स्वीकृति लिएकोमा असारमा यो संख्या घटेको छ । त्यस्तै साउदी अरब दोस्रो स्थानमा परेको छ । असारमा साउदी जान १२ हजार २७२ जनाले श्रम स्वीकृति लिएका छन् । यसैगरी असारमा कतार जान १० हजार ३० जनाले श्रम स्वीकृति लिएका छन् । तेस्रो स्थानमा परेको कतार जाने नेपालीको संख्या प्रत्येक महिना हाराहारी नै रहे पनि अघिल्ला महिनाहरुभन्दा यसपटक घटेको विभागको तथ्यांकले देखाएको छ ।

यसैगरी पाँचाै स्थानमा रहँदै आएको कुवेत चौथो स्थानमा उक्लिएको छ । कुवेतमा तीन हजार २५३ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । प्रत्येक महिना कुवेत जाने श्रमिकहरुको संख्यामा त्यस्तो धेरै उतारचढाव देखिएको छैन । त्यस्तै नेपालीहरुको पाँचौं गन्तव्य युरोपेली मुलुक क्रोएसिया भएको छ । यहाँ जान असारमा दुई हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । 

Hardik health

गत आव सुरु भएयता कतार र साउदी जाने नेपालीको संख्या हराहारीजस्तो देखिए पनि युएई जाने संख्यामा भने उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै अघिल्लो आवमा नेपालीहरुको पहिलो गन्तव्य रहेको मलेसियामा गत आवको अन्तिम महिना असारमा जम्मा एक हजार ४६४ जनामात्र गएको विभागको तथ्यांकले देखाएको छ । 

यसैगरी रोमानिया दुई हजार १४८, जापान एक हजार १०२, बहराइन ९२८,  मोरिसस ८७८, साइप्रस ७४२, माल्दिभ्स ६०७, ओमानका लागि ४०५ र कंगो जान ४०३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै असार महिनामा इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या एक हजार १३७ रहेको छ । 

यसैगरी विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १९ हजार ९८९ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३८ हजार ७४७ जना रहेका छन् । गत आवको अन्तिम महिनामा श्रम स्वीकृति लिनेमध्ये छ हजार ६११ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्यरुपमा बढ्दै गएकोसमेत विभागको तथ्यांकले देखाएको छ । 


धेरै श्रमिक गएका मुलुक
युएई– १८,२००
साउदी– १२,२७२
कतार– १०,०३०  
कुवेत– ३,२५३ 
क्रोएसिया– २,२६६
रोमानिया– २,१४८
मलेसिया– १,४६४
कोरिया– १,१३७
जापान– १,१०२
बहराइन– ९२८    

 


प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो शुक्रबार, माघ ९, २०८२
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, माघ ९, २०८२
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी शुक्रबार, माघ ९, २०८२
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP