Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • फिल्म ‘बुलाकी’ साउन ३२ गतेबाट प्रदर्शनीको तयारीमा
फिल्म ‘बुलाकी’ साउन ३२ गतेबाट प्रदर्शनीको तयारीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १८, २०८१

काठमाडौं-  देश तथा विदेशमा सम्पन्न विभिन्न फिल्म महोत्सव तथा अवार्ड कार्यक्रममा उत्कृष्ट कहलिएको फिल्म ‘बुलाकी’को नयाँ प्रदर्सन मिति तय भएको छ । निर्माण टिमले यो फिल्मलाई आगामी साउन ३२ गतेबाट दर्शकमाझ ल्याउने निर्णय गरेको हो ।

गतबर्षको वैशाख १ गते प्रदर्शनमा आउँदा परिस्थिबस् भन्दै निर्माण टिमले दुई दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो । तर विभिन्न महोत्सवमा फिल्मले पाएको उत्साहप्रद प्रतिक्रिया, दर्शक तथा शुभचिन्तकहरूको माग र चाहना अनुसार फिल्मलाई पुनः प्रदर्शनमा ल्याउने निर्णयमा पुगेको प्रमुख कलाकारसमेत रहेका प्रस्तुतकर्ता विराज विष्टले बताए ।

स्व. मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा बनेको 'बुलाकी'लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । यो फिल्ममा शिव ढकालको छायांकन र अर्जुन जिसीसँगै निर्देशन सुनारको सम्पादन छ । फिल्मको कथा तथा पटकथा राजबहादुर सानेको हो ।

Hardik health

यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत अभिनयमा छन् । अभिनेत्री पन्तले सामाजिक सञ्जालमा पोष्ट लेख्दै नहेर्नु भएका र यसअघि हेर्न छुटाउनु भएकाहरुले नजिकको फिल्म हलमा गएर फिल्म हेर्न सक्ने उल्लेख गरेकी छिन् । यो फिल्मलाई उपत्यकामा रीच इन्टरमेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।

प्रस्तुतकर्ता विराज विष्टले फिल्मको प्रदर्शन तय भएको उल्लेख गर्दै सार्वजनिक गरेको स्टेटमेन्टमा लेखेका छन्, 'देश विदेशका विभिन्न चलचित्र महोत्सव, अवार्ड कार्यक्रममा हाम्रो चलचित्रले कथा, पटकथा, निर्देशन, छायांकन, अभिनय लगायतका विभिन्न विधामा अब्बल उपस्थिति जनाउँदै फिल्म सर्वोत्कृष्ट चुनिन सफल रह्यो, देश विदेशमा रहेका नेपाली फिल्मका शुभचिन्तकहरूले दिएको प्रेम र स्नेहलाई ग्रहण गर्दै यो बीचमा फिल्मप्रति दर्शकले देखाएको चासोलाई मध्यनजर गरेर चलचित्र 'बुलाकी'लाई पुन: प्रदर्शनमा ल्याउने निर्णयमा पुगेका छौं ।'

फिल्मलाई पुनः सम्पादनसहित यो बीचमा देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको समेत विष्टले उल्लेख गरेका छन् । 'कसैको पनि एकल प्रयासले कुनै पनि योजना र यात्रा गन्तव्यमा पुग्न सक्दैन । नेपाली रजतपटमा बामे सर्दै गरेको हाम्रो टिम यो बीचका केहि निराशा र आवेगलाई उत्साहमा रुपान्तरण गर्दै पुन: एकपटक यहाँहरू सबैसँग हातेमालो गर्न आएका छौं । नेपाली समाजको दूरदराजको यथार्थतालाई पर्दामा ल्याउँदा यहाँ सबैको साथ सहयोग, सद्भाव र हौसलाको प्रतीक्षा संधै रहनेछ ।' फिल्म र फिल्म सम्बद्ध संघ संस्थाहरूबाट सहयोगको अपेक्षासहित विष्टले बताए  ।


प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै आइतबार, चैत १५, २०८२
हामी तीन भाइ प्रदर्शनमा
हामी तीन भाइ प्रदर्शनमा शुक्रबार, चैत १३, २०८२
कलाकार संघको अध्यक्षमा उत्तम केसीको घोषणा
कलाकार संघको अध्यक्षमा उत्तम केसीको घोषणा बुधबार, चैत ११, २०८२
चलचित्र पत्रकारिता विस्तारित हुँदै
चलचित्र पत्रकारिता विस्तारित हुँदै मंगलबार, चैत १०, २०८२
‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने' सार्वजनिक
‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने' सार्वजनिक मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP