Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
विचार
  • Home
  • विचार
  •  शैलजा दिदीको सम्झनामा
 शैलजा दिदीको सम्झनामा
डा शोभाकर पराजुली
डा शोभाकर पराजुली सोमबार, जेठ २८, २०८१

‘जुन जाति तानाशाहका विरुद्ध लडेर आफ्नो मौलिक अधिकार लिन सक्दैन, ऊ कहिल्यै स्वतन्त्र रहन सक्दैन’ क्रान्तिको यो सन्देशात्मक आह्वान शैलजा आचार्यको थियो । झन्डै ६५ वर्षअघि यो समाजमा एक महिलाको चित्र कस्तो थियो होला ? त्यो पनि आफूलाई ‘सर्वशक्तिमान’ ठानेका राजा महेन्द्रलाई ‘कालो’ झन्डा देखाउने महिला । 

आजको पुस्तालाई त्यो बिम्ब मात्रै एउटा आदिम ‘स्केच’ लाग्नसक्छ । तर त्यो समाजमा शैलजा जस्ता धेरै क्रान्तिकारी महिला पनि थिए, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि आफूलाई जीवनभरि समर्पण गरे । नेपालको प्रजातान्त्रिक आन्दोलन अनि राजनीतिको यो पातालबाट शैजला ‘दिदी’ बिदा भएको पनि लगभग १४ वर्ष भइसकेको छ । उहाँ आफूले बाँचेको सबै जीवन भने यही पुस्ताको प्रजातान्त्रिक अधिकारको लडाइँमा बिताउनुभयो । 

नेपालमा परिवर्तनका लागि भएका हरेक लडाइँमा धेरै त्यस्ता योद्धाहरूको जन्म भयो, जसको समर्पण अनि त्याग र बलिदानको परिणाम हामी आजको जीवन बाँचिरहेका छौँ । ती धरोहरमध्येमा पनि शैलजा अझ अग्लो र नेपाली राजनीतिको एउटा सग्लो सजीव चित्र हुनुहुन्छ । उहाँले आफ्नो जिन्दगीभन्दा धेरै प्रजातन्त्रका लागि सङ्घर्षमा आफूलाई समाहित गर्नुभयो ।

स्व बिपी र गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालाले दुईवटा विवाह गर्नुभएको थियो । २००७ सालको क्रान्तिपछि प्रजातान्त्रिक सरकारका पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोइराला कृष्णप्रसादका दुईमध्ये जेठी पत्नी मोहनकुमारीको कोखमा जन्मिनुभएको थियो । २००१ वैशाख १६ गते मोहनकुमारीकै यही कोखमा जन्मिएकी इन्दिराकी छोरी हुन्ुहुन्छ शैलजा आचार्य । बिपी, तारिणी, केशव अनि गिरिजाप्रसाद कोइरालाहरू भने कृष्णप्रसादकी दोस्री श्रीमती दिब्या कोइरालाको कोखमा जन्मिनुभएको थियो । 

Hardik health

पूर्वी नेपालको यो परिवारकी एक हिस्सा भएका कारण शैलजाको कलिला उमेर राजनीतिको त्यही बगैँचामा हुर्कियो । बिपीसँग पारिवारिक साइनो (मामा–भाञ्जी) ले शैलजाको राजनीतिक जीवन अझ फक्रियो । र त जीवनभरि उहाँले बिपीको साथ छोडनु भएन । शिक्षादीक्षासँगै आएका राजनीतिक आरोह–अवरोहका कारण शैलजाको जीवन वैवाहिक मोडतिर गएन । बरु सधँै नेपालमा प्रजातन्त्र स्थापनार्थ उहाँले आफूलाई दौडाइरहनुभयो एउटा अथक योद्धा बनेर । 

विसं २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्र खोसे । राणासँग जनताले गरेर फर्काएको प्रजातन्त्रलाई उहाँले १० वर्ष पनि राम्रोसँग बाँच्न दिएनन् । राणासँग लडेकाहरू फेरि राजाविरुद्ध लड्नुपर्ने अवस्था आयो । दिन महिनाहरू बित्दै थिए । तत्कालीन क्रान्तिका अगुवा बिपी कोइरालाहरूले राजाको त्यो कदमविरुद्ध कसरी लड्ने भनेर लडाईंका कुनै रुपरेखाहरू कोरिसक्नु भएको थिएन । तर भित्रभित्रै राजाविरुद्ध जनमत भयङ्कर भइसकेको थियो । त्यही वर्षको फागुन ७ गते राजा महेन्द्र टुँडिखेलमा आउने कार्यक्रम थियो । राजा हेर्न धेरै मान्छे जम्मा भइसकेका थिए । सैनिक हेलिकोप्टरले फूलको वर्षा गरिरहेको थियो । 

एउटा कुनामा कालो सल ओढेका युवतीहरूको एउटा हूल थियो । सबैले उनीहरूलाई ‘कन्या स्कूलका केटीहरू’ भन्ने ठानेका थिए । तर जब राजा देखिए त्यो ‘कन्या समूह’ले आफ्नो रुप देखाइहाल्यो । ‘बिपीलाई जेलमुक्त गर’ भन्दै राजालाई ती काला सलहरू देखाएर नारा लगाउनेहरूको सबैभन्दा अघि हुनुहुन्थ्यो, शैलजा आचार्य । त्यसमा अरू पनि नेताहरू मिसिएर ‘प्रजातन्त्र र बिपी जिन्दावाद’ भन्दै नारा लगाए । केहीबेरमै प्रहरीले उहाँलाई भ्यानमा कोच्यो । १६ वर्षकी शैलजा त्यसपछि तीन वर्ष जेलमै बस्नुप¥यो । पुस १ गते प्रजातन्त्र खोसेर महेन्द्रले बिपीहरूलाई पनि जेल हालेका थिए । 

त्यसपछि लामो समयसम्म उनी बिपीहरूसँगै भारतमा निर्वासित जीवन बिताउनुप¥यो । पढाइलेखाइ त छँदैथियो । त्यसका अलावा उहाँले बिपीको सानिध्यमै रहेर नेपालमा चलिरहेको पञ्चायतविरुद्धको आन्दोलनमा पनि जोडिइरनुभयो । पञ्चायतसँग लड्न नेपाली कांग्रेसले थालेको सशस्त्र क्रान्तिका लागि उहाँले भारतमै बसेर हातहतियारको जोहो पनि गर्नुभयो । त्यो बेला शैलजा नेपाली कांग्रेसको युथ लिगको अध्यक्ष पनि भइसक्नुभएको थियो । युवाहरूलाई सङ्गठित गरेर क्रान्तिमा होमिनका लागि २०२४ सालमा नेपाली कांग्रेसले बनाएको युथ लिगको उहाँ संस्थापक हुनुहुन्छ । जसले पञ्चायत विरोधी आन्दोलनलाई अझ उचाइमा पु¥याएको थियो । 

 बिपी मात्रै नभएर सिङ्गो कोइराला पनि परिवार शैलजाको राजनीतिक विश्वविद्यालय नै थियो । आफूलाई नृत्यङ्गना बनाउने सपना देख्नुभएकी शैलजा एक योद्धा बनेर आफूलाई खारिरहनुभएको थियो । यो एउटा त्यस्तो विश्वविद्यालय बन्यो, जहाँ शैलजाहरूले आफ्ना निजी सपना र जिन्दगीका लक्ष्यहरूलाई मात्रै प्रजातन्त्रको लडाइँमा केन्द्रित गरे र जीवनभरि आफ्नो निजी जिन्दगी बाँच्नै सकेनन् । जति बाँचे ती सब समय देशको प्रजातन्त्र अनि जनताको समृद्धिका लागि सुम्पिदिए । 

विसं २०३३ मा ‘मेलमिलाप’को नीति लिएर भारतबाट फर्किने बेला बिपीसँग शैलजा पनि साथै हुनुहुन्थ्यो । नेपाल आउनासाथ उहाँहरू फेरि गिरफ्तारीमा पर्नुभयो । पञ्चायतको त्यो अन्तिम दशकसम्म आइपुग्दा प्रजातन्त्रको लडाइँमा बिपी र शैलजाहरू मात्रै थिइनन्, बरु उनीहरूजस्ता धेरै योद्धाहरू जन्मिसकेका थिए । २०४६ सालको अन्तिम क्रान्ति त्यसकै परिणाम थियो । जहाँबाट नेपालमा फेरि प्रजातन्त्र उदायो । 

प्रजातन्त्रको त्यो दियोलाई त्यसपछिको कलुषित राजनीतिले भने चाँडै नै धिपधिपे बनाइदियो । प्रजातन्त्र बलियो हुन त्यसमा नागरिकको सन्तुष्टिको भाव पनि मिसिएको हुनुपर्छ । सत्तामा पुगेकाहरूले आफूलाई ‘शासक’ मात्रै ठान्ने हो भने प्रजातन्त्रको त्यो दियो त्यत्तिकै निभ्न थाल्छ । त्यसका प्रकाशहरू राजनीतिको त्यही अँध्यारो विलीन हुन्छ । 

विसं २०४८ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । त्यो मन्त्रिपरिषद्मा शैलजा कृषिमन्त्री हुनुभएको थियो । कृषिप्रधान देश भनिए पनि नेपाली किसानले खेतबारी जोत्ने र उब्जनीका लागि जहिल्यै सङ्घर्ष गर्नुप¥यो । त्यो बेला पनि किसानका खेतबारीमा मल पु¥याउन उत्तिकै सकस थियो अहिले पनि त्यस्तै छ ।  

उहाँ चाहनुहुन्थ्यो किसानले समयमै मल बीउ पाउन् । साउन लागिसक्दासम्म पनि रोपाइँ गर्ने किसानको खेतमा मल पुगेको थिएन । भनौँ न नेपालमै मल थिएन । सरकारका गोदाम रित्ता थिए तर मल ल्याउने संयन्त्र सुस्त थियो । शैलजा चाँडै मल भित्रियोस् भन्ने चाहनुहुन्थ्यो । तर सिंहदरबारमा बेरिएको कर्मचारीतन्त्रको जालोमा उहाँ यसरी बेरिनुभयो कि मल ल्याउने संयन्त्रसँग पुग्दा झन् अर्को भयङ्कर जालो देख्नुभयो । त्यो भनेको कमिसनको जालो थियो । कर्मचारीदेखि व्यापारीसम्ममै फैलिएको त्यही कमिसनको जालो थियो, जसले किसानका खेतबारीमा समयमै मल पु¥याउन रोकिरहेको थियो । नेपालमा रासायनिक मल अहिले पनि तेस्रो मुलुकबाट आउँछ । 

विसं २०४९ साउन ६ गते बसेको प्रतिनिधिसभाको बैठकमा कृषिमन्त्री शैलजाले भन्नुभएको थियो, “कृषि मन्त्रालयमा कमिसनखोरहरूको जालो छ ।” उहाँ चाहनुहुन्थ्यो कि यो विषयमा संसद्ले सरकारलाई आदेश गरोस् अनि मन्त्रालयमा किसानको हकअधिकार रोकिराखेको त्यो जालो तोड्न छानबिन होस् । कतिपय सत्यले आफैँलाई पोल्दारैछन्, शैलजाले त्यही भोग्नुभयो । छानिबिन हुनु त परैको कुरा उल्टो उहाँकै आलोचना हुन थाल्यो । गिरिजाप्रसाद कोइराला आफैँ प्रधानमन्त्री हुनुहुन्थ्यो र पार्टी सभापति पनि । तर पार्टीभित्र र बाहिर अनि सरकारमै समेत शैलजाको खुब आलोचना भयो । प्रतिपक्षले संसद्मा एउटा अर्को मसला पायो । 

खासमा भ्रष्टाचार रोक्नका लागि उहाँले त्यसो भन्नुभएको थियो । अझ अर्को हृदयदेखि नै शैलजा  चाहनुहन्थ्यो कि कोइरालाको विरासतले नेतृत्व गरेको सरकारमाथि भ्रष्टाचारको दाग नलागोस् । एउटा अग्लो, सग्लो अनि सङ्लो राजनीतिको इतिहास बनाएको पार्टीमाथि उहाँले त्यस्तो धब्बा कदापि लाग्न दिनुभएन । तर आफ्नैहरूको ब्यूहमा शैलजा पर्नुभयो । तथापि, उहाँले त्यो अभिव्यक्ति फिर्ता लिनुभएन । ‘भ्रष्टाचारी’हरूसँग झुक्नुभएन । बरु उहाँले मन्त्री पदबाटै राजीनामा दिनुभयो । आफैँले सम्हालेको मन्त्रालयमा फैलिएको भ्रष्टाचारको जालो हटाउन खोज्दा एउटा इमान्दार मन्त्रीले राजीनामा दिनुप¥यो । नेपालको इतिहासमा यस्ता विरलै घटना छन् । 

राजनीतिक जीवनको यो घटनाबाट अलकति विक्षिप्त भएकी शैलजालाई २०५५ सालमा फेरि अर्को मौका जु¥यो । यसपालि उहाँ जलस्रोतमन्त्री मात्रै होइन, सरकारको ‘उपप्रधानमन्त्री’ पनि बन्नुभयो । नेपालको राजनीतिक इतिहासमा एउटी महिला उपप्रधानमन्त्री बनेको यो पहिलो थियो । यो एउटा त्यस्तो समय थियो जतिबेला नेपालका आम महिलाहरूमा राजनीतिक चेतनाको कमी थियो ।

अझ विश्वका कतिपय त्यस्ता देशहरू थिए, जहाँ महिलालाई मतदातको अधिकार नै थिएन । अहिले पनि त्यस्ता देशहरू थुप्रै छन्, जहाँ भर्खरमात्रै महिलाको मताधिकार अर्थात् राजनीतिक अधिकारको बारेमा बहसहरू हुन थालेका छन् र महिला जाग्न थालेका छन् । यो कार्यकालमा नेपालको जलस्रोतको उपयोग र प्रयोगका बारेमा थुप्रै नयाँ प्रयास थालिए । धेरै जलविद्युत् आयोजनाको सुरुआत शैलजाकै मन्त्रीत्वकालमा भएको थियो ।  

शैलजा  दिदीले बाँचेको त्यो समय प्रजातन्त्र अनि निरङ्कुशतन्त्रबीचको लडाइँमा गुज्रिएको समय थियो । खोसिएको अधिकारका लागि जनतालाई जगाउने अनि अधिकारका लागि लड्ने समय थियो । साँच्चिकै भन्नुपर्दा प्रजातन्त्रको लडाइँ चर्किएको त्यो युग शैलजा जस्ता क्रान्तिकारी योद्धाहरूले बाँचेको युग थियो । जति बाँच्नुभयो शैलजा दिदी देश र प्रजातन्त्रका लागि खातिर बाँच्नुभयो, आफ्नो निजी जीवन छोडेर बाँच्नुभयो । आम नागरिकको समृद्धिको सपना साँचेर बस्नुभयो, आफ्ना सपनाहरू भुलेर बाँच्नुभयो ।  

आफ्नैबाट चिथोरिएकी अनि निचोरिनुभएकी शैलजाले राजनीतिक यात्रामा त्यस्ता धेरै मोडमा आफूलाई धेरै सम्हालेर हिँड्नुभएको थियो । जीवनको उत्तराद्र्धमा राजनीतिबाट अलि टाढा हुनुभयो उहाँ । तथापि उहाँको राजनीतिक योगदानलाई नेपाली राजनीति कहिल्यै भुल्न सक्दैन । भुल्न पनि मिल्दैन । अन्तिम अवस्थामा रोगव्याधिसँग पनि लडिरहेकी शैलजा दिदीको २०६६ जेठ २९ गते निधन भयो । शैलजा दिदीको त्यो अग्लो राजनीतिक कदलाई हामीले कहिल्यै होचिन नदिऔँ । हार्दिक श्रद्धासुमन ।

(लेखक राजनीतिक विश्लेषक हुन्)

-रासस


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुनावमा सहभागी हुन आतुर छन् मतदाता
चुनावमा सहभागी हुन आतुर छन् मतदाता आइतबार, फागुन १७, २०८२
नेपाली राजनीति र महिला सहभागिताको सवाल
नेपाली राजनीति र महिला सहभागिताको सवाल शुक्रबार, फागुन १५, २०८२
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी बिहीबार, फागुन १४, २०८२
एक फिरन्तेको जीवनकथा
एक फिरन्तेको जीवनकथा बुधबार, फागुन १३, २०८२
नेपालका सडक मृत्युको पासो कि विकासको आधार ?
नेपालका सडक मृत्युको पासो कि विकासको आधार ? बुधबार, फागुन १३, २०८२
मतदाता शिक्षालाई प्रभावकारी बनाउने उपाय
मतदाता शिक्षालाई प्रभावकारी बनाउने उपाय मंगलबार, फागुन १२, २०८२
रुखाँ बाँधेर बनाउनुपर्छ बाटो !
रुखाँ बाँधेर बनाउनुपर्छ बाटो ! मंगलबार, फागुन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP