Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘श्रमाधान कल सेन्टर’मा गुनासो बढ्दो 
‘श्रमाधान कल सेन्टर’मा गुनासो बढ्दो 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २३, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘श्रमाधान कल सेन्टर’मा गुनासो राख्ने सेवाग्राहीको संख्या बढ्न थालेको छ । श्रम मन्त्रालयले गत वैशाख १६ गते श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि जारी गर्दै कार्यान्वयनमा ल्याएपछि गुनासो तथा उजुरी दिने सेवाग्राहीको संख्या बढ्न थालेको हो ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकको गुनासो सुन्न यसअघि श्रम मन्त्रालयमा नै कल सेन्टर सञ्चालनमा रहे पनि त्यसको प्रभावकारिता नभएको भन्दै श्रममन्त्री डोलप्रसाद अर्यालले कार्यविधि जारी गरेर श्रमाधान कल सेन्टर सञ्चालनमा ल्याएका थिए । हाल वैदेशिक रोजगार बोर्डमार्फत कल सेन्टर सञ्चालन हुने गरेको छ । बोर्डमा कल सेन्टर राखिएसँगै स्वदेश तथा विदेशबाट गुनासो तथा उजुरी दिने र श्रमसम्बन्धी जिज्ञासा राख्ने नेपालीको संख्या ह्वात्तै बढेको बताइएको छ ।

विगतमा दैनिकजसो ७०÷८० जनाको मात्रै गुनासो तथा उजुरी आउने गरेकामा अहिले सरदर ३०० भन्दा बढी आउने गरेको श्रमाधान कल सेन्टरकी सुपरभाइजर सरिना महर्जनले बताइन् । ‘पछिल्लो रेकर्डअनुसार ३०० भन्दा बढी नै गुनासो तथा उजुरी आउने गरेका छन्,’ उनले भनिन्, ‘अहिले सेवाग्राहीको चापले गर्दा कल सेन्टरको व्यस्तता बढेको छ ।’ सेवाग्राहीका गुनासा तथा समस्याहरू जतिसक्दो चाँडो सम्बोधन गर्नेगरी काम भइरहेको उनले जानकारी दिइन् ।

Hardik health

श्रमाधान कल सेन्टरमा सेवाग्राहीको चाप बढ्दै गएपछि स्रोत साधन र जनशक्तिसमेत अभाव देखिएको छ । अहिले १० जना कर्मचारी र चारवटा कम्प्युटरको भरमा काम गर्नुपर्दा सेवाग्राहीको गुनासो तथा उजुरी व्यवस्थापनमा कठिनाइ भइरहेको बोर्डले जनाएको छ । दैनिकरुपमा सेवाग्राहीको चाप बढ्न थालेपछि एउटा कोठाबाट सञ्चालन हुँदै आएको कल सेन्टरलाई दुई वटा कोठामा विस्तार गर्न लागिएको बोर्डले जनाएको छ । साथै, बोर्डले नै दुई जना कर्मचारी थपेर सेवा दिन थालेको बोर्डका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताए ।

उनका अनुसार २४सै घण्टा सञ्चालनमा रहने कल सेन्टरमा स्वदेश तथा विदेशबाट जतिबेला पनि गुनासो राख्न र उजुरी दिन सक्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि दैनिक तीन सिफ्टमा तीन–तीन जनाको दरले कर्मचारी व्यवस्थापन गरिएको प्रवक्ता ढकालले बताए । ‘यसरी कल सेन्टरमा गुनासो राखेपछि तत्काल सुनुवाइ हुन्छ भन्ने सन्देश गएको छ,’ उनले भने, ‘रेकर्ड हेर्दा स्वदेशभन्दा पनि विदेश जान चाहने र गएका नेपालीहरुले नै आफ्ना गुनासो राख्ने गरेका छन्, त्यसमा पनि सबैभन्दा बढी ठगीका घटनासँग सम्बन्धित छन् ।’

सेवाग्राहीले कल सेन्टरमा भौतिकरुपमा मात्र नभई सबै प्रकारका विद्युतीय माध्यम प्रयोग गरेर प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आफ्ना समस्या, गुनासो, जिज्ञासा, सुझाव एवं उजुरी दिनसक्ने व्यवस्था गरिएको छ । त्यस्तै सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सएप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्सलगायतबाट पनि गुनासो दर्ता गराउन सकिने बोर्डले जनाएको छ ।  

 


प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध शुक्रबार, मंसिर २६, २०८२
१३ वर्षमा वैदेशिक रोजगारीमा पुगे ७६ लाख युवा 
१३ वर्षमा वैदेशिक रोजगारीमा पुगे ७६ लाख युवा  शुक्रबार, मंसिर २६, २०८२
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने बिहीबार, मंसिर २५, २०८२
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ बुधबार, मंसिर २४, २०८२
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP