Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • मेनोपजकाे बारेमा जान्ने कि ?
मेनोपजकाे बारेमा जान्ने कि ?
दिपा सुनुवार
दिपा सुनुवार सोमबार, जेठ २१, २०८१
PhotobyPKS

काठमाडाैं- एक नारी हुनुको पहिचान उनी रजस्वला अर्थात महिनावारी हुनु हो । हाे यही महिनावारीका कारण नै सारा सृष्टि हुने गर्दछ । समाजमा एक नारीको अस्तित्व महिनावारी सुरुभएपछि मात्र हुने बुझिएकाे पाइन्छ तर जसरी नारी महिनावारीकाे सुरुवात हुँदा पीडा कष्ट हुने गर्दछ त्यस्तै गरी महिनावारी सुक्ने - अपरजोनिवृत्ती(Menopause) अवस्थामा पनि धेरै कुराले फरक पारेकाे पाइन्छ ।  नैराश्य, रातमा पसिना आउने, निद्रा नलाग्ने र राम्रो संग सोच्न नसक्ने लगायत लक्षणहरु देखा पर्ने अनुभवीहरुले बताएका छन् । 

हाम्राे समाजमा महिनावारीकाे विषयवस्तुको उठान हुँदा समाजमा धेरै कुराको सामना गर्नुपर्ने परिस्थिति त देखेका नै छाैँ ।अब  अपरजोनिवृत्ती(Menopause)काे कुरालाई हाम्राे समाजले कसरी हेरिन्छ भन्ने कुराहरु देख्न र  सुन्न बाँकी नै छ ।  अपरजोनिवृत्ती सुरु भएपछि परिवारका सदस्यले कसरी बुझ्छन् भन्ने कुरामा पनिध्यान दिनुपर्ने देखिएकाे छ । किनभने त्यही समयमा श्रीमानले नबुझिदिँदा कति परिवारकाे घर उजाडिएकाे छ भने कति  परिवारमा घटना भएकाे पाइएकाे छ ।

यस्ता विषयवस्तुलाई  लिएर छलफल गर्न, अपरजोनिवृत्ती (Menopause)का बारेमा जनचेतना बढाउने उद्देश्यले अष्ट्रेलियाली दुतावासले  काठमाडाैँमा  साेमबार मेनोपज टु मेनोपिक सार्वजनिक सेमिनार सम्पन्न गरेकाे छ । उक्त सेमिनारमा प्रख्यात गायिका, समाजसेवी तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा र प्रख्यात अष्ट्रेलियाली पर्वतारोही एली पेप्पर,अष्ट्रेलिया अवार्डस् एल्मुनाई सदस्य तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा नीति अर्याल खनाल र हिमालयन डायलगस्का सभापति डा सुनुर बर्माले पनि छलफलमा भाग लिए ।

aani-1717482153.jpg
गायिका, समाजसेवी तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा

भिक्षुणी आनी छोइङ डोल्माले  पनि आफू यही अपरजोनिवृत्तीकाे अवस्थामा रहेकाेले धेरै कुराहरु मनमा खेलेकाे र दैनिक कामहरुमा  पनि असर गरेको बताइन् । उनले याे अवस्थामा अरुको बारेमा भन्दा आफ्नाे बारेमा  साेच्नु पर्ने बताइन्  ।

Hardik health
Australian-ambassador-1717482151.jpg
अष्ट्रेलियाली राजदुत फेलीसिटी भोल्क

अष्ट्रेलियाली राजदुत फेलीसिटी भोल्कले उक्त सेमिनारले रजोनिवृत्ती, रजोनिवृत्तीको समय, महिला स्वास्थ्य र कार्यस्थलमा व्यापक र व्यक्तिगत स्वास्थ्य सेवा र सहयोग लगायत विषयहरुमा ध्यानाकर्षण गराउने आशा  व्यक्त गरिन् ।उनले भनिन् , “नेपालमा पनि अष्ट्रेलियामा जस्तै आधा जनसंख्याले रजोनिवृत्तिका लक्षणहरु अनुभव गर्ने भए तापनि यस विषयमा एकदम कम सार्वजनिक छलफल हुने गर्दछ । रजोनिवृत्ति एक प्राकृतिक प्रकृया हो तर यसका बारेमा एकदम कम बैज्ञानिक अनुसन्धान भएका छन् र यसका लागि सिमीत चिकित्सकिय सेवा र सूचनाहरु उपलब्ध छन् । यो विषयका बारेमा नकारात्मक सामाजिक सोच रहेकाले रजोनिवृत्तिको अवस्थामा पुगेका महिलाहरुको व्यक्तिगत र व्यवसायिक जीवनमा पनि असर गरेको पाईन्छ ।”

pepper-1717482153.jpg
पर्वतारोही एली पेप्पर

प्रख्यात पर्वतारोही एली पेप्परले आठहजार मीटर भन्दा माथिका हिमालहरु चढ्ने र यसो गरेर रजोनिवृत्तिको अनुभव गरिरहेका महिलाहरुको हौसला बढाउने योजना रहेको बताइन् । उनले आफूले रजोनिवृत्तिमा भोगेको अनुभव यसरी सुनाइन्  “जब मैले जटिल र अस्थिर बनाउने खालका रजोनिवृत्तिका लक्षणहरु भोगें त्यतिखेर उचित चिकित्सकिय सल्लाह पाउन सकिन ।  रजोनिवृत्तिका बारेमा जानकारी भएका चिकित्सक भेट्न मलाई महिनौं लाग्यो र मेरो ठिक उपचार भए पश्चात मेरो जीवन नै फिर्ता पाएको अनुभव भयो । रजोनिवृत्तिको अवस्थामा पुगेका महिलाको बारेमा नकारात्मक समाजिक सोच रहेको पाईन्छ । रजोनिवृत्तिका बारेमा र यसले महिलाहरुको समग्र जीवनमा पार्ने असरका बारेमा हाम्रो समाजमा अझ व्यापक छलफल गर्नुपर्छ ।”

छलफलका संचालक डा नीति अर्याल खनालले भनिन् “महिलाहरुमा जुन समयमा रजोनिवृत्तिका लक्षणहरुको सुरुवात हुन्छ त्यही समय उनीहरु आफ्नो व्यवसायिक जीवनको उत्कर्षमा पुग्ने अवस्थामा हुन्छन् । प्राय महिलाहरु चुपचाप रजोनिवृत्तिको अवस्थामा पुग्छन् । हाल बढी भन्दा बढी महिलाहरु श्रमशक्तिका रुपमा कार्यस्थलहरुमा आईरहेका छन् । यो अवस्थामा रोजगारदाता सार्वजनिक, निजी, औपचारीक र अनौपचारीक क्षेत्र सबैले महिलाहरुलाई रजोनिवृत्तिको चरणमा प्रवेश गर्न सहयोगी भूमिका खेल्नु पर्दछ । यसो गरेमा उनीहरुलाई ब्यवसायिक र व्यक्तिगत सफलता र नेतृत्वका पदहरुमा पुग्न सहज हुने गर्दछ ।” उनले  हिलामैत्री कार्यस्थलको संस्कृतिको विकास गर्नु पर्नेमा जाेड दिइन् ।  नीतिहरुमा सुधार, हाम्रो सोच, मनोवृत्ती, व्यवहार र कार्यस्थल संस्कृतिमा सुधार ल्याएमा रजोनिवृत्तिका समस्या समाधान हुने उनले बताइन् । 

 

sumoor-1717482152.jpg
अन्तर्राष्ट्रिय स्वास्थ्य संचार विज्ञ डा सुनुर बर्मा

केटाहरु र पुरुषहरुलाई आफ्नै यौन स्वास्थ्यका बारेमा शिक्षित बनाएमा महिलाहरुको स्वास्थ्यको सबै अवस्थाहरुमा थप मद्दत पुग्ने अन्तर्राष्ट्रिय स्वास्थ्य संचार विज्ञ डा सुनुर बर्माले बताए । उनले भने “आफुलाई सबै थाहा छ भन्ने सोच भएका मानिसहरुलाई सिकाउन खोज्नुले खासै सफलता ल्याएको पाईदैन । महिला स्वास्थ्यका बारेमा लैंगिक नभई सामाजिक आकस्मिकताका रुपमा केटाहरु तथा पुरुषहरुसँग सहकार्य गर्नै पर्ने अवस्था रहेको छ । सम्पन्नता खोज्ने सबै समाजले महिला स्वास्थ्यमा लगानी गर्नु आर्थिक आवश्यकता हो । ”

अष्ट्रेलियाली राजदुत फेलीसिटी भोल्कले अष्ट्रेलियाली अनुसन्धानलाई उध्रित गर्दै भनिन् कि कार्यस्थलमा रजोनिवृत्ति चरणका महिलाहरुली सहयोग गर्ने कुरा मानव अधिकारको मात्र नभई आर्थिक आवश्यकता पनि रहेको बताइन् । उनले भनिन् , “आर्थिक विश्लेषणहरुका अनुसार अष्ट्रेलियाका श्रमशक्तिका रुपमा रहेका महिलाहरु मध्य यदि रजोनिवृत्तिका लक्षणका कारण दश प्रतिशत महिलाले मात्र निवृत्त हुने निर्णय लिएमा अष्ट्रेलियाको अर्थतन्त्रमा कमाईका कमी र निवृत्तीभरणका रुपमा दिनुपर्ने रकमका रुपमा सत्र अर्व अष्ट्रेलियाली डलरको लागत पर्ने देखिएको छ ।” नेपालका सरकारी र निजी कार्यस्थलहरुमा महिलाहरुलाई रजोनिवृत्तिका चरणमा आफ्नो जीवनकालमा उत्पादनमुलक तरिकाले योगदान गरिरहन मद्दत पुग्ने कुरो बताइन् । 

menopsue-e-1717482154.jpg
यसर्थ अपरजोनिवृत्तीका विषय आज सबैको चासोको विषय बनिनुपर्ने देखिन्छ । महिनावारीको कुरा  हुन्छ भने त्यहाँ अवश्य पनि अपरजोनिवृत्तीकाे पनि कुरा हुनुपर्ने देखिएकाे छ ।यस विषयमा महिनावारीकाे बारेमा जसरी अभियान चलेकाे  छ त्यसैगरी अपरजोनिवृत्तीको बारेमा पनि अभियान चलाउनुपर्ने माग सहभगीहरुले सुझाएका छन‍‍् ।  नेपालमा रहेकाे अष्ट्रेलियाली राजदुतवासले गरेको उक्त कार्यक्रमले धेरैकाे मनमा अपरजोनिवृत्तीको बारेमा प्रश्न उठाएकाे छ । के अब नेपाल सरकारले पनि यस विषयमा चासो राख्ला र ? 

Photoby:PradeepKumarShrestha


प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित शुक्रबार, माघ २, २०८२
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP