Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता गठबन्धन छाड्ने तयारीमा एकीकृत समाजवादी 
सत्ता गठबन्धन छाड्ने तयारीमा एकीकृत समाजवादी 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, जेठ १८, २०८१

नेपालजी पहिलाबाटै कहिले यता र उता जोडिने जस्तो देखिए पनि अहिलेको समीकरणभन्दा बाहिर उहाँ जानु हुन्न ।
पुष्पकमल दाहाल
प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बन्न छटपटीमा रहेका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सत्ता गठबन्धनबाट बाहिरिने अवस्थामा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनाउन तयार नभएपछि चिढिएका नेपाल कांग्रेससहितको विपक्षी दलहरूले बनाउने भनिएको वैकल्पिक गठबन्धनमा जाने भएका छन् । दलका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री दाहाल सत्तामोहमा मात्रै फसेको र ओली भने महाषड्यन्त्रकारी नेता भएको भन्दै गठबन्धनमा रहिरहन नसक्ने स्पष्ट पारे । 

उनका अनुसार मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत दिएर नेकपा एस कांग्रेससहितको विपक्षी दलहरूको कित्तामा पुग्नेछ । चौधरीले प्रधानमन्त्री दाहाल र ओलीको आलोचना गर्दै प्रभावसँग भने, ‘सत्ता स्वार्थका लागि प्रचण्डले जे गर्दा पनि हुने, ओलीले जालझेल र षड्यन्त्र रचेर हामीलाई जहिल्यै भित्तामै पु¥याउँदा हुने अनि हामीले पनि जता सहज हुन्छ त्यतै सहकार्य गर्दा नहुने हुन्छ र ?’

मधेसमा जसपालाई कांग्रेस, नेकपा एस र लोसपाले साथ दिएको अवस्थामा सरकार टिक्नेछ । किनभने यी दलहरूको सांसद संख्या आवश्यक बहुमतका लागि पर्याप्त छ । बुधबारमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासँगै, नेकपा एसका अध्यक्ष नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरू सम्मिलित बैठक बस्यो । त्यही बैठकले मधेसमा यादवको दल जसपाको सरकारलाई टिकाउने सहमति गरेको थियो । त्यसका लागि मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिन सत्तापक्षीय दल नेकपा एसका अध्यक्ष नेपालसँगै अन्य विपक्षी दलका नेताहरू तयार भए ।  

Hardik health

सत्ता स्वार्थका लागि पुष्पकमलले जे गर्दा पनि हुने, ओलीले जालझेल र षड्यन्त्र रचेर हामीलाई जहिल्यै भित्तामै पुर्‍याउँदा हुने अनि हामीले पनि जता सहज हुन्छ त्यतै सहकार्य गर्दा नहुने हुन्छ र ?
मेटमणि चौधरी
प्रमुख सचेतक, नेकपा एकीकृत समाजवादी

‘राजनीतिक संस्कार र इमानदारिताको कसीमा ओली र प्रचण्डभन्दा धेरैगुणा देउवाजीसहितका नेताहरू सही छन्’, प्रमुख सचेतक चौधरीले भने, ‘हामी अहिलेसम्म प्रचण्ड जता गए, त्यतात्यतै गएर साथ दिएका होइनौँ र ? यति अस्थिर नेतालाई किन जहिल्यैै बोक्ने ?’सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीलाई एमालेको असहयोग छ । हालसम्म सोडारीको सरकारमा एमालेले मन्त्री पठाएकै छैन । यसले गर्दा पनि माधव नेपाल ओलीसँग रुष्ट छन् । अर्कातिर, वर्तमान गठबन्धनबाट एक वर्ष भए पनि प्रधानमन्त्री हुने चाहना नेता नेपालको हो । तर, ओली र दाहालले चाहेका छैनन् ।

यसपछि प्रधानमन्त्रीको अफर गरिसकेको कांग्रेस पार्टीको कित्तामा उभिने पक्षमा नेकपा एस देखिएको हो । त्यसो भएको अवस्थामा वर्तमान सत्ता गठबन्धन दलहरू मिलेर बनेको बागमती सरकार संकटमा पर्ने देखिएको छ । लुम्बिनी सरकारलाई धक्का लाग्न सक्ने ठानिएको छ । सुदूरपश्चिममा पनि नेकपा एस कांग्रेससहितको दलसँग सहकार्य गरेर सरकार गठन गर्न सक्ने अवस्थामा छ । यसरी प्रदेश सरकारहरूमा पनि माधव नेपालको नेकपा एस केन्द्रीय गठबन्धनबाट अलग भए असर पर्ने स्पष्ट छ । 

२१ फागुनमा एमालेसहितको गठबन्धन बन्दै गर्दा कांग्रेसले भत्काउने प्रयास गरेको थियो । वैकल्पिक सत्ता गठबन्धन निर्माण गरेर अघि बढ्न भरमग्दुर कदम चालेको थियो । तर, उपेन्द्र नेतृत्वको जसपा विभाजनपछि वैकल्पिक गठबन्धन बनाउने देउवा, नेपाल र यादवको सपनामा तुषारापात भयो । यद्यपि, बुधबार भएको बूढानीलकण्ठको जमघटले फेरि वैकल्पिक गठबन्धन बनाउने कार्यले गति लिने ठानिएको छ । 

प्रधानमन्त्री दाहालले भने नेता नेपाल सत्ता गठबन्धनबाट नबाहिरिने ठोकुवा गरेका छन् । बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘नेपालजी पहिलाबाटै कहिले यता र उता जोडिने जस्तो देखिए पनि अहिलेको समीकरणभन्दा बाहिर उहाँ जानु हुन्न ।’दाहालले नेपाल प्रमुख प्रतिपक्षी दल कांग्रेससहितको बैठकमा सहभागी हुनुलाई आफूले असहज रूपले नलिएको बताए । ‘माधवजी प्रमुख प्रतिपक्षी दल कांग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यति असहज ठानेको छैन’, उनले भने, ‘मेरो बिहान मात्रै कुरा हुँदा माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुँदैन भन्ने कुरा क्लियर गर्नुभएको छ ।’

उनले मधेसमा केन्द्रीय सत्ता गठबन्धनअनुसारकै सरकार बन्ने दाबीसमेत गरेका छन् । सोहीअनुसार बिहीबार एमाले, माओवादी र जनमत पार्टीबीच मधेसमा सरकार गठन गर्ने समझदारी भएको छ । जुन समझदारीको आधारमा नेकपा एस र लोसपाले पनि सहयोग गर्ने अपेक्षा यी तीन दलको छ । मधेस संसदमा यी तीन दलको सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने अवस्था भने छैन । यसले गर्दा माधव नेपाल कांग्रेससहितको विपक्षी दलतिर ढल्किँदा प्रधानमन्त्री दाहालसँगै ओलीलाई झस्को परेको छ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने सुदूरपश्चिममा त्यहाँका मुख्यमन्त्री सोडारीलाई समर्थन गर्न र अहिलेको गठबन्धनबाट प्रधानमन्त्री बन्ने निश्चित गराउन नेपालले दबाब दिएको अर्थमा बुझेकी छिन् । 

‘माधव कमरेडको सत्तामोह भनिसाध्ये छैन । उहाँ जे पनि गर्नुहुन्छ । नेकपा हुँदा उहाँले जेजे गर्नुभयो, छर्लङ्गै छ’, उनले भनिन्, ‘सायद अहिले उहाँ प्रधानमन्त्री हुने र सुदूरपश्चिममा आफ्नो दलका मुख्यमन्त्री सोडारीलाई साथ दिइयोस् भनेर एमालेमाथि दबाब बढाउँदै हुनुहुन्छ ।’संघीय सरकारमा मागेजति मन्त्री नपाएको झोंक माधव नेपाललाई छ । राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमध्ये दुवै पद नपाएकोमा पनि नेपाल असन्तुष्ट छन् । जसले गर्दा उनी कांग्रेससहितको गठबन्धनमा गएर प्रधानमन्त्री हुने लिप्त चाहनासहित अघि बढेको देखिएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP