Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चलचित्र पत्रकारहरु पुरस्कृत
चलचित्र पत्रकारहरु पुरस्कृत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ८, २०८१

काठमाडाैं -  चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सोमबार राजधानीमा सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकारिता दिवसको अबसर पारेर चलचित्र पत्रकार संघले उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठको प्रमुख आतिथ्यामा चलचित्र पत्रकार संघले विविध कार्यक्रम आयोजना गर्दै चलचित्र पत्रकारिता दिवस तथा संघको २५ औं वार्षिक उत्सब (रजत वर्ष) मनाएको छ । चलचित्र पत्रकार संघ नेपाल ७ जेठ २०५६ मा स्थापना भएको हो । संघले यो वर्ष रजत महोत्सब मनाईरहेको छ । यही अवसरमा सोमबार उपप्रधानमन्त्री महासेठले चलचित्र पत्रकारहरुलाई संघका तर्फबाट सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

समारोहमा यो वर्षको चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट नेपाल समाचारपत्र दैनिक तथा कामना मासिकका पत्रकार विदूर गिरीलाई सम्मानित गरिएको छ । उनलाई ५५ हजार ५५५ रुपैयाँसहित सो सम्मान प्रदान गरिएको हो । 

यस्तै चलचित्र पत्रकारिमा डेढ दशक भन्दा लामो योगदान दिएका दुई जना चलचित्र सो समारोहमा यो वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । जनही ५१ हजार रुपैयाँ सहित न्युज २४ टिभीका चलचित्र पत्रकार सुरज खड्का र स्वतन्त्र चलचित्र पत्रकार अशेषअधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएका हुन् ।

Hardik health

यसैगरी यसपटक राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट दुई पत्रकार सम्मानित भएका छन् । कलाकर्मी डटकमका पत्रकार कृष्ण भट्टराई र न्युज २४ टिभीका चलचित्र पत्रकार राज श्रेष्ठलाई समारोहमा यो सम्मानबाट सम्मानित गरिएको हो ।

दाङमा रहेर सक्रिय रुपमा चलचित्र पत्रकारिता गर्दै आएका शिब पुन यसपटक यो वर्षको राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । उपप्रधानमन्त्री महासेठले उनलाई पुरस्कारबापत २५ हजार रुपैयाँ र पुरस्कारपत्र सो समारोहमा प्रदान गरे ।

यसैगरी सोही समारोहमा २५ हजार रुयैयाँ राशी सहित यो वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार मदन रिजाललाई प्रदान गरियो । उनी एम एन्ड एम अनलाईनमा कार्यरत छन् ।

७ जेठमा स्थापना भएको चलचित्र पत्रकार संघले यो दिनलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ । संघको स्थापना भएको २५ औं वार्षिक उत्सबको अबसर पारेर सोमबार समारोहमा केही कला पत्रकारलाई रजतवर्ष सम्मान पनि गरियो । समारोहमा पत्रकारहरु सिधाखबरका सम्पादक तथा मकवानपुरका चलचित्र पत्रकार मणिराज गौतम, ब्युटी न्युज नेपालकी चलचित्र पत्रकार जयन सुब्बा मनन्धर, नारी टिभीका रञ्जन खनाल, नेपाल लाईभका डिबी खड्का सहित रँग पत्रकार शिल्पा अधिकारी, रविन्द्र खड्का, अमृत पुडासैनी र दीपक बिष्ट रजत बर्षको अबसरमा सम्मानित भए ।


चलचित्र पत्रकार संघको यो उत्सवलाई सहयोग गरेको भन्दै समारोहमा विभिन्न चलचित्र निर्माण कम्पनी तथा सहयोगीहरुलाई कदरपत्रबाट सम्मानित गरिएको थियो । कार्यक्रमलाई सम्मान गर्दै उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रुघुबीर महाशेठले सत्य हरिश्चन्द्रबाट नेपाली चलचित्रको शुभारम्भ दार्जिलिङबाट भएको बताए । आफुले बाल्यकालमा जानकी मन्दिरको प्राँगनमा श्यामश्वेत रँगको पहिलो नेपाली चलचित्र आमा हेरेको स्मरण गर्दै नेपाली चलचित्र अहिले निकै सम्पन्न भईसकेको जिकिर गरे । उनले चलचित्र पत्रकारहरुलाई शुभकामना दिँदै सिनेकर्मीलाई सहयोग गर्नेछु भने ।

चलचित्र उधोगको बिस्तार र प्रवर्धनमा चलचित्र पत्रकाहरुको पनि त्यत्तिकै ठुलो योगदान रहेको सो समारोहमा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले बताए । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलले आफु पनि बिगतमा चलचित्र पत्रकार भएको स्मरण गराउँदै चलचित्र पत्रकार संघबाट मानार्थ सदस्य दिएकोमा खुसी व्यक्त गरे । चलचित्र कल्याणकारी कोषमा १ करोड रुपैयाँ सहयोग गर्न उनले उपप्रधान मन्त्री महासेठसँग सोही कार्यक्रममा ध्यानाकर्ष पत्र बुझाएर अपिल गरे ।

समारोहमा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले अग्रज चलचित्र पत्रकारहरुको योगदानले संघले आज रजत वर्ष उत्सब मनाउन सफल भएको बताए । चलचित्र पत्रकारहरुको हक हितमा आउँदा दिनमा अझ धेरै काम गर्ने प्रतिबद्धता उनले सो क्रममा जनाए । चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रियले चलचित्र पत्रकार संघको औचित्याबारे कार्यक्रममा प्रकाश पारे । उनले चलचित्र पत्रकारहरुलाई धैर्यताका साथ अघि बढ्न सुझाब दिए ।

चलचित्र पत्रकार संघका महासचिब रघुनाथ सापकोटाले सहजीकरण गरेको सो रजतवर्ष वार्षिक उत्सब समारोह तथा २३ औं चलचित्र पत्रकारिता दिवस नृत्य तथा गायन प्रस्तुतिका कारण हर्षोल्लास बनेको थियो । चलचित्र पत्रकार संघ कास्कीका सचिब सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठले युगल स्वरमा दर्शन सलाम गीत प्रस्तुत गर्दा समारोहमा चलचित्र पत्रकारहरु हर्षित हुँदो छमछमी नाचेका थिए ।

समारोहका विशेष अतिथिहरुमा नेपाली चलचित्रकी प्रथम अभिनेत्रीद्धय भुवन चन्द, बसुन्धरा भुसाल, नेपाल चलचित्र संघका बरिष्ट उपाध्यक्ष गोपालकाजी कायस्थ, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, फोनिजका अध्यक्ष गजुरधन राई,चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, चलचित्र तथा पत्रकारिता क्षेत्रका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सिनेकर्मीहरु थिए ।

 


प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक आइतबार, साउन २४, २०८३
फिल्म ‘लज्जावती’ को दोस्रो गीत सार्वजनिक
फिल्म ‘लज्जावती’ को दोस्रो गीत सार्वजनिक बिहीबार, साउन २१, २०८३
तीज फेस्टिबल एवं तीज म्युजिक अवार्डको आवेदन खुला
तीज फेस्टिबल एवं तीज म्युजिक अवार्डको आवेदन खुला बुधबार, साउन २०, २०८३
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने सोमबार, साउन १८, २०८३
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP