Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • ‘मिलिनियम ट्रेक’लाई नियाल्दा
‘मिलिनियम ट्रेक’लाई नियाल्दा
सागर श्रेष्ठ
सागर श्रेष्ठ शुक्रबार, जेठ ४, २०८१

पदयात्राका क्रममा लाहुरबाट फर्किएर डाँडामा जीवन बिताइरहेका बूढापाकाहरू र रोजगारीको खोजीमा युवाहरू सहर र विदेश पुग्दा रित्तिएका गाउँ बस्तीका कथा पनि सुन्न पाइन्छ । ‘पानी र जवानी पहाडमा टिक्दैन’ भनेझैँ पहाडमा युवाहरूको संख्या घट्दो देखिन्छ । यद्यपि देशमै केही गर्छु भनी वैदेशिक रोजगारबाट फर्केका युवाहरू कतैकतै भेटिन्छन् पनि । यो पदमार्ग नेपालको ग्रामीण समाजको सभ्यताको चिनारी बुझ्नका लागि र प्राकृतिक एवं सांस्कृतिक सुन्दरतामा रमाउनका लागि उपयुक्त गन्तव्य हो भन्न सकिन्छ ।

पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरूको कथा चिनाउने माध्यम बनेको ‘मिलिनियम ट्रेक’ अर्थात् सहस्राब्दी पदयात्रा अहिले धेरैको रोजाइमा पर्न थालेको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो पदयात्रामा गुरुङ र मगरको संस्कृतिसँगै विभिन्न विभिन्न इतिहास, परम्परा, गाउँले जीवनशैलीका साथै भूगोल जान्ने अवसर पनि हो ।

पदयात्राका क्रममा लाहुरबाट फर्किएर डाँडामा जीवन बिताइरहेका बूढापाकाहरू र रोजगारीको खोजीमा युवाहरू सहर र विदेश पुग्दा रित्तिएका गाउँ बस्तीका कथा पनि सुन्न पाइन्छ । ‘पानी र जवानी पहाडमा टिक्दैन’ भनेझैँ पहाडमा युवाहरूको संख्या घट्दो देखिन्छ । यद्यपि देशमै केही गर्छु भनी वैदेशिक रोजगारबाट फर्केका युवाहरू कतैकतै भेटिन्छन् पनि । यो पदमार्ग नेपालको ग्रामीण समाजको सभ्यताको चिनारी बुझ्नका लागि र प्राकृतिक एवं सांस्कृतिक सुन्दरतामा रमाउनका लागि उपयुक्त गन्तव्य हो भन्न सकिन्छ ।

देशभित्र र विदेशमा यस पदमार्ग गुरुङ तथा मगर संस्कृति बुझ्नका साथै मध्यनेपालका पहाडको प्राकृतिक सुन्दरतामा रमाउनका लागि उपयुक्त विकल्पका रुपमा प्रचारप्रचार पनि भइरहेको छ । यस पदमार्गमा यात्राका क्रममा काञ्जिरोवा, धौलागिरि, अन्नपूर्ण, मनास्लु र गणेश हिमशिखरलगायत विभिन्न पर्वतहरूको अवलोकन गर्न सकिन्छ । करिब ४०० मिटरदेखि एक हजार ८०० मिटरसम्मको उचाइमा पर्ने यो पदमार्ग अत्यन्तै सुमधुर पदमार्गमा पर्दछ । हिन्दू, बौद्ध र बोन धर्मको अभ्यास र प्रचलनलाई नजिकसँग बुझ्ने मौकासमेत यस यात्राका क्रममा गर्न पाइन्छ ।

Hardik health

पदमार्गको अधिकांश हिस्सा विकट स्थानबाट गुज्रिए पनि कहीँकतै मोटर गुड्ने बाटो पनि भेटिने हुनाले आकस्मिक परिस्थितिका लागि पनि गाडीको सहजै व्यवस्थापन गर्न सकिन्छ । पदयात्रामा १० वर्षे जनयुद्धका क्रममा मुलुकले भोगेको घटनाक्रम पनि बुझ्न सकिन्छ । साथै, राजनीतिक विकासक्रमलाई बुझ्न पनि यो पदमार्ग गन्तव्य बन्न सक्छ । पाका पुरानाहरूबाट तत्कालीन समयमा भीडन्तका कथाहरू सुन्न पाइन्छ ।

त्यतिमात्रै होइन, स्याङ्जास्थित माझकोट मनकामनाबाट देखिने मनमोहक दृश्यले सबैको मन लोभ्याउँछ । संघीयतापछि तीनवटै तहका सरकारले गरेको विकासलाई नजिकबाट नियाल्न सकिन्छ । पूर्वाधार विकासमा भएको लगानीबाट बनेका मोटर गुड्ने बाटो, लिफ्टिङ प्रविधिमार्फत पानीको आपूर्ति र २४सै घण्टाको विद्युत् आपूर्तिका कारण गाउँमा पुगेको सुविधाले आएको परिवर्तनबारे जानकारी लिन पाइन्छ । पदमार्गमा झरना, खोला, गुफा, मन्दिर एवं विभिन्न भ्यु प्वाइन्टलगायतका आकर्षक पर्यटकीय गन्तव्यले थकाइ महसुस गर्न दिँदैनन् । मिलिनियम ट्रेककै नाममा नामाकरण गरिएको मिलिनियम गुफा, कैलाश गुफाजस्ता साना ठूला रमणीय गुफाहरू पदमार्गमै पर्छन् । बाइसे र चौबीसे राज्य हुँदाका दरबार र कोट तथा किल्लाका भग्नावशेष पनि पदमार्गमा अवलोकन गर्न पाइन्छ ।

नेपालको आधुनिक इतिहास खण्डमा नै बाइसे–चौबीसे राज्यकाबीच हुने निरन्तर युद्ध र आक्रमणका कारण यी क्षेत्रका डाँडामा धेरै दरबार तथा किल्ला बनाइएका थिए । आज ती दरबार, कोट र किल्ला सबै यस पदमार्गबीच ऐतिहासिक धरोहरको आकर्षणको भएर ठडिएको छ । यी ऐतिहासिक र पुरातात्विक महत्वका यी भग्नावशेषलाई स्थानीयवासीको जोडबलमा संरक्षण गरिँदै आएको छ ।

पदमार्गमा लोभ्याउने यस्तै ऐतिहासिक दरबार हो, भीरकोट दरबार । नेपालको आधुनिक इतिहासमै सफल कूटनीतिज्ञ मानिने ऋषिकेश शाहसँग जोडिएको यस भीरकोट दरबारको भग्नावशेषहरू आज पनि देख्न सकिन्छ । राज्यरजौटा उन्मूलन हुनुपूर्व राजकाज नै सम्हालेका हुनाले यस ठाउँका बासिन्दा विशेष आत्मीयता राख्छन् । माथिल्लो किल्लाबाट स्थानान्तरण गरी तल्लो फाँटमा लगेर शाहले नयाँ दरबार निर्माण गरेको भन्ने तथ्य स्थानीयहरूले भन्न छुटाउँदैनन् ।

हरिया पहाडको अत्यन्तै मनमोहक दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता नै हो । पदमार्गका कयौं ठाउँमा चट्टानैचट्टानले बनेका भीरहरू देख्दा जो कोहीको आङ जिरिङ हुन्छ । साहसिक पर्यटकका लागि गरिने प्याराग्लाइडिङ, क्यानोनिङ र रक क्लाइम्बिङ जस्ता गतिविधि पनि पदमात्रामा प्रशस्तै भेटिन्छन् । हाल व्यावसायिक रुपमा यस्ता गतिविधि नभए पनि साहसिक पर्यटन पारखीहरू भने ठाउँ–ठाउँमा रमाइरहेको देख्न सकिन्छ ।

रकोटको कोखे झरना र भीरकोटकै केगा देउरालीबाट हुने प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधिमा रम्न सकिने स्थानका रुपमा विकास हुँदै गइरहेको देखिन्छ । यस क्षेत्रमा चाँडै नै यसले व्यावसायिक रुप लिनसक्ने पनि देखिन्छ । पदमार्गमा साइकलिङ तथा मोटरबाइक एडभेञ्चरका लागिसमेत उपयोगी छ । केही वर्ष पहिले पनि यस पदमार्गमा साइक्लिङ प्रतियोगितासमेत गरिएको थियो । त्यसैले पनि नेपाल आउने विदेशी पर्यटकमाझ पदमार्गमा यात्रासँगै साहसिक गतिविधिमासमेत संलग्न गराउन सकिने यथेष्ट सम्भाव्यता छ ।

यो पदमार्ग चरा अवलोकनका लागि उच्च कोटीमा पर्दछ । त्यसो त सबैखाले पदमार्ग ‘बर्ड वाचिङ’का लागि अत्यन्तै उपयुक्त भए पनि तनहुँको रायपुरबाट सुरु हुने चरा अवलोकन क्षेत्र विशेष मानिन्छ । स्याङ्जाको भैँसैगौंडा र चन्द्रकोट पनि चरा अवलोकनका लागि उपयुक्त थलो मानिन्छ । एक हजार ४०० देखि एक हजार ८०० मिटरसम्मको उचाइमा रहेका टाकुरामासमेत चराचुरुंगीको चिरबिर, लोभलाग्दो रङ र आकार नजिकैबाट देख्दा जोकोही मन्त्रमुग्ध नै हुने गर्दछन् ।

पदमार्गको अर्को आकर्षण हो, होमस्टे ट्रेक । यस पदमार्गमा प्रायः गुरुङ र मगर समुदायको बसोबास रहेको छ । स्याङ्जा नेपालको ग्रामीण पर्यटन तथा होमस्टे सुरुआत गर्ने अग्रणी जिल्लामा परिचित छ । यही घरवास पर्यटन अर्थात् होमस्टे यस पदमार्गको सबैभन्दा महŒवपूर्ण पक्ष हो । विशुद्ध गुरुङ तथा मगर बासस्थानमा पाउने आतिथ्यताले पदयात्रालाई विशेष बनाउँछ । प्रायः विदेशी यही संस्कृति र जीवनशैलीमा रम्नकै लागि यस पदमार्गमा आउँछन् । स्थानीय अग्र्यानिक उत्पादनबाटै पर्यटकलाई खानपान गराइन्छ । स्वदेशी होस् या विदेशी यस प्रकारको स्वच्छ अन्न खान पाउँदा खुसी नै हुन्छन् । पदमार्गमा पर्ने चन्द्रकोट होमस्टे र साँधखोला होमस्टेमा देखाइने विभिन्न सांस्कृतिक नृत्यु र गीतले पदयात्राको थकान मेटाउँछ । सोराठी, घाँटु नाच, सालै जो, झ्याउरे, झोर्रा नाच, कौडा नृत्य तथा कृष्ण चरित्रजस्ता संस्कृतिलाई यो ‘मिलिनियम ट्रेक’मार्फत नजिकैबाट अवलोकन र अनुभव गर्न सकिन्छ ।

स्याङ्जाको कोल्माकोट र भैँसेगौंडा तथा सुन्तलाबारी–गहतेजस्ता स्थलमा मिलिनियम ट्रेक पदयात्रामार्फत आउने पर्यटकका साथै स्थानीयहरू पनि राम्रो उपस्थिति हुने गरेको पाइन्छ । यसको ज्वलन्त उदाहरण हो स्याङजाको कोल्माकोट । यहाँ व्यावसायिक रुपमा पर्यटकीय गतिविधि फस्टाउँदै गएकाले निजी तवरबाट आधुनिक तथा सुविधायुक्त लज तथा होटलमासमेत लगानी भएको छ । पदयात्रीलाई लक्षित गरी स्याङजाकै भैँसेगौंडामा सामुदायिक होमस्टे भवन बनाएर अत्याधुनिक लजसरह सुविधायुक्त बासको दिइरहेको पाइन्छ । पदमार्गको विभिन्न स्थलमा विकट गाउँदेखि आधुनिक सुविधायुक्त घरबासको व्यवस्था छ ।

नेपालभित्रको मध्यपहाडी पदयात्राका रुपमा विकसित यस ट्रेकले सामुदायिक स्तरमा सकारात्मक प्रभाव छाड्न सफल भएको छ । पदमार्गका विभिन्न गाउँहरू पर्दछन् । मिलिनियम ट्रेकसँग आबद्ध भएसँगै व्यापार र आयस्रोतको बाटो मात्र खुलेको छैन, यसले स्थानीयवासीमा सरसफाइमा ध्यान दिने, पाककला तथा शैलीमा रुपान्तरण गर्ने र विदेशी भाषासमेत सिक्ने मौका पाएका छन् । मिलिनियम ट्रेकसँग जोडिएसँगै पर्यटकीय पूर्वाधार विकासका निम्ति स्थानीय सरकार र प्रदेश सरकारकोसमेत नजरमा पर्ने भएको हुनाले जनस्तरमा यस पदमार्गको प्रभाव निकै सकारात्मक परेको देखिन्छ ।

यसैगरी पदमार्ग भएर गुज्रने विभिन्न छहरा तथा झरनामा क्यानोनिङ र विभिन्न भीर र पाखाहरूमा रक क्लाइमिङजस्ता साहसिक पर्यटन गतिविधिसमेत भइरहेको छ । प्याराग्लाइडिङ पनि यस ट्रेकमा पर्ने अर्को विशेषता हो । ढोरफिर्दी–माझकोट मनकामना ग्रामीण पर्यटन विकास समितिको सन् २००० मा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरिएपछि यस पदमार्गको नामाकरण ‘मिलिनियम ट्रेक’ गरिएको हो । यस पदमार्गले सन् २०२५ मा रजत जयन्ती मनाउन लागेको छ । सशस्त्र युद्धकालको बीचमा सुरुआत भएको यो पदमार्गको प्रबद्र्धनमा त्यसपछिका दिनमा केही कम भएकोसमेत पाइन्छ । यद्यपि निरन्तरको प्रयास र दृढतामा जुझ्ने समुदायहरूले आजको दिनसम्म यस पदमार्गलाई सफल पार्न लागिपरेका छन् ।

विदेशी पल्टनबाट अवकाश लिएर फर्केका लाहुरे बादेखि वैदेशिक रोजगारको अनुभव बटुलेर गाउँमा नै केही गर्छु भन्ने युवाका लागि मिलिनियम ट्रेक विदेशी मुद्रा कमाउने अवसर बनेको छ । कूल ७२ किलोमिटर लामो यस पदमार्गले दिने मनमोहक अनुभव जिन्दगीभर यादगार रहनेगरी छाप बसाउन सफल रहेको छ । पदमार्गले सरकारी र निजी दुवै स्तरबाट विश्वबजारमा सगरमाथा र अन्नपूर्ण पदमार्गको जस्तै बजारीकरणको अपेक्षा गरेको छ ।
(लेखक नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयमा कार्यरत छन्)

रासस


प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP