Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम कूटनीति बढाउनेदेखि ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’सम्म
नीति तथा कार्यक्रममा वैदेशिक रोजगार  श्रम कूटनीति बढाउनेदेखि ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’सम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २, २०८१

 वैदेशिक रोजगारसम्बद्ध कानुनलाई परिमार्जन गरिने 
 अभिमुखीकरण तालिमलाई निःशुल्क बनाउने घोषणा
 सीपविना वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गरिने
 ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन गरिने


काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्ने विषयलाई प्राथमिकता दिएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा श्रम कूटनीतिदेखि वैदेशिक रोजगारसम्बन्धी कानुन परिमार्जनलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

वैदेशिक रोजगारीको क्षेत्र पहिल्याउन श्रम कूटनीतिलाई थप सक्रिय बनाउँदै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । श्रम कूटनीतिकै माध्यमबाट विभिन्न मुलुकसँगको श्रम सम्झौताको पुनरावलोकन तथा थप गन्तव्य मुलुकसँग श्रम सम्झौता तथा समझदारी गरिने उल्लेख छ । 

यसैगरी वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन भइरहेको वैदेशिक रोजगारसम्बद्ध कानुनलाई परिमार्जन गरिने बताइएको छ । जसको माध्यमबाट वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र उपलब्धिमूलक बनाउन मर्यादित श्रम रणनीति लिइने उल्लेख छ । यसैगरी नीति तथा कार्यक्रममार्फत सरकारले श्रम गन्तव्यको स्थानान्तरण र वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमलाई क्रमशः निःशुल्क बनाउने घोषणा गरेको छ । साथै सीपविना वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने र उच्च दक्षता आवश्यक पर्ने तोकिएको वैदेशिक रोजगारीको क्षेत्रमा जाने श्रमिकका लागि प्रस्थानपूर्व फरक प्रकृतिको अभिमुखीकरण तालिम दिने व्यवस्था मिलाइने भएको छ ।

Hardik health

वैदेशिक रोजगारलाई स्थानीय तहका रोजगार केन्द्रमार्फत समन्वय र सहजीकरण गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत विप्रेषण स्वदेशमा ल्याउन प्रोत्साहित गर्ने नीति अघि सारिएको छ । वैदेशिक रोजगारबाट फर्केका नागरिकका सीप र व्यावसायिक दक्षताका आधारमा उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्न प्रदेश तथा स्थानीय तह एवं वैदेशिक रोजगार बोर्डसमेतको संलग्नतामा व्यवसाय सञ्चालन गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उद्यमशीलता विकास गरी स्थानीय तहमा लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र स्तरोन्नति गर्ने बताइएको छ । सरकारले नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्ष कम्तीमा एक हजार लघु, घरेलु तथा साना उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गराउने जनाएको छ ।

आन्तरिक रोजगारको क्षेत्रमा पनि सम्बोधन 
सरकारले नीति तथा कार्यक्रममार्फत आन्तरिक (स्वदेश) रोजगारीको क्षोत्रलाई पनि सम्बोधन गरेको छ । श्रमबजारमा उपलब्ध जनशक्तिलाई दक्ष र प्रतिस्पर्धी बनाउँदै बजारको मागअनुसार उत्पादनशील रोजगारी प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । रोजगार व्यवस्थापन र सीप विकासका लागि एकीकृत राष्ट्रिय रोजगार ढाँचा कार्यान्वयनमा ल्याउने र सञ्चालनमा रहेका व्यावसायिक तथा सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गरिने उल्लेख छ ।

रोजगार तथा स्वरोजगारसँग सम्बन्धित प्रधानमन्त्री युवा रोजगार कोष, सीप विकास तथा रोजगार प्रवद्र्धनलगायतका कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा जनाइएको छ । प्रदेशमा निजी क्षेत्रसमेतको सहकार्यमा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने बताइएको छ । साथै, बेरोजगारी र रोजगारीको अवसरको पूर्ण अभिलेखसहित रोजगारी खोज्ने र प्रदान गर्नेबीच सेतुको सम्बन्ध स्थापित गर्न राष्ट्रिय सीप विकास तथा रोजगार प्राधिकरणको संस्थागत व्यवस्था मिलाउने घोषणा गरिएको छ ।

यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गर्ने उल्लेख गरिएको छ । सरकारी तथा संगठित क्षेत्रमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीका एवं अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने सरकारको लक्ष्य रहेको छ । साथै हाल छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रूपमा व्यवस्थापन गर्ने नीति लिइएको छ । सरकारले श्रम निरीक्षणलाई प्रभावकारी बनाई सरकारी र निजी प्रतिष्ठानमा अनिवार्य श्रम अडिट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । 


 


प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०८:२०
#नीति तथा कार्यक्रम २०८१/८२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ बिहीबार, पुस १७, २०८२
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा बिहीबार, पुस १७, २०८२
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती बुधबार, पुस १६, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ मंगलबार, पुस १५, २०८२
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास मंगलबार, पुस १५, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस १४, २०८२
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP