Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नौ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स
नौ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ३१, २०८१

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा झण्डै ११ खर्ब रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले गत वर्ष साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त रकम मुलुकमा पठाएका हुन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने यस्तो वृद्धिदर २४.२ प्रतिशत थियो । यद्यपि, वृद्धिदर घटे पनि समग्र रकम बढेको छ ।

राष्ट्र बैंकका अनुसार चैत महिनामा मात्रै एक खर्ब २१ अर्ब ४० करोड विप्रेषण भित्रिएको छ । चालु आवमा मासिकरुपमा औसत एक खर्ब २० अर्ब १० करोड रुपैयाँको हाराहारीमा विप्रेषण भित्रिरहेको देखिएको छ । गत आवमा मासिक रुपमा औसत १०१ अर्ब विप्रेषण भित्रिएको थियो ।

Hardik health

चालु आर्थिक वर्षको यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार ३२२ जना रहेको तथ्यांकमा उल्लेख गरिएको छ । साथै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई लाख १२ हजार ७२१ जना रहेका छन् । अघिल्लोे वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख ८७ हजार ८३९ र दुई लाख १७ हजार ९५९ रहेको थियो । तथ्यांकअनुसार श्रम स्वीकृति लिने दुवैतर्फका संख्या घटेका छन् ।

समीक्षा अवधिमा अमेरिकी डलरमा हुने खुद ट्रान्सफर गत आवभन्दा १७.७ प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १३.९  प्रतिशतले बढेको थियो ।मुलुकको अर्थतन्त्रको करिब २५ प्रतिशत हिस्सा विप्रेषणले ओगटेको विभिन्न अध्ययनले देखाएको छ ।

विप्रेषणकै कारण विदेशी मुद्रा सञ्चितिसमेत बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । मुलुकमा रोजगारीको पर्याप्त अवसर नहुँदा दैनिक करिब दुई हजारको संख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा गइरहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यसरी विदेशिने श्रमिकहरुले पठाउने रेमिट्यान्सबाटै मुलुकको अर्थतन्त्र धानेको छ ।

पछिल्लो समय सरकारले जिटुजी सम्झौतामार्फत रोमानिया, जर्मनी र जापानमा कामदार पठाउने बाटो खुला गरे पनि अपेक्षित रुपमा नेपालीहरु जान नपाएका कारण रेमिट्यान्समा बढोत्तरी हुन नसकेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । यद्यपि मलेसिया तथा खाडी मुलुक गएका नेपाली श्रमिकले पठाएको रेमिट्यान्सबाटै विदेशी मुद्रा सञ्चिति बढेको उनीहरुको भनाइ छ ।
 
०००००
इजरायलमा केयर गिभर पठाउन खुला
काठमाडौं (प्रस)– सरकारले इजरायल र इरानबीच उत्पन्न भएको द्वन्द्व मत्थर भएसँगै इजरायलस्थित दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक कामदार पठाउन सुरु गरेको छ । वैदेशिक रोजगार विभागले पछिल्लो समय इजरायल जान नाम निस्केका कामदारहरुलाई मागबमोजिम करार सम्झौताका लागि आह्वान गर्ने र भिसा प्राप्त गरेकाहरुलाई उडानका लागि आवश्यक तयारी गर्नसमेत सूचना जारी गर्न थालेको छ ।
विभिन्न मितिमा करार सम्झौता गरी भिसा पाएकामध्ये झण्डै ६० जना आगामी जेठ दोस्रो साता इजरायल जाने तयारी अवस्थामा रहेको विभागले जनाएको छ । इरान र इजरायलबीचको सम्भावित द्वन्द्वका कारण सुरक्षा चुनौती थपिएकाले नेपालीलाई केही समय इजरायल जान रोक लगाइए पनि हाललाई खुला गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।
‘द्वन्द्वका कारण इजरायल रोजगारी प्रभावित हुन्छ कि भन्ने थियो,’ उनले भने, ‘सुरक्षा चुनौती नभएपछि दोस्रो चरणमा बाँकी रहेका ४२५ जनालाई लैजान इजरायलबाट माग भएपछि करार सम्झौता अघि बढाइएको हो ।’      
दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरको रुपमा काम गर्न जान छनोटमा परेर पनि एक वर्षसम्म जान नपाएका नेपालीसँग दुई वर्षपछि इजरायलले श्रम सम्झौता गर्न थालेको विभागले जनाएको छ । यसअघि जिटुजीमार्पmत केयर गिभरमा काम गर्न एक हजार १०० जनाभन्दा बढी नेपाली इजरायल पुगिसकेको विभागको तथ्यांक छ ।
 


प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा सोमबार, मंसिर २२, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी शुक्रबार, मंसिर १९, २०८२
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP