Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • लैंगिक र समावेशी बजेटको खोजी
लैंगिक र समावेशी बजेटको खोजी
अमृता अनमोल
अमृता अनमोल मंगलबार, वैशाख २५, २०८१

अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान २०७२ ले आगामी वर्षका लागि जेठ १५ भित्र सङ्घ, असार १ गतेभित्र प्रदेश र असार १० गतेभित्र स्थानीय तहको बजेट ल्याइसक्नुपर्ने मादण्ड तोकेको छ । त्यही मापदण्डअनुसार तीन तहकै सरकारले आउँदो आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट बनाउन योजना तर्जुमाको काम सुरु गरेका छन् । सरकारहरुले कस्ता नीति कार्यक्रम ल्याउँदैछन् ? तिनका आधारमा कस्तो बजेट बनाउँदैछन् ? परम्परागत छन् कि केही फरक ? लैंगिक उत्तरदायी र समावेशी छन् कि असमावेशी ? नागरिकको ढोका अगाडिको सरकार हो स्थानीय तह । जहाँ सर्वसाधारण नागरिक पनि सहजै पुग्न, आफ्ना समस्या र आवश्यकता राख्न सक्छन् ।

त्यसैले योजना तर्जुमामा बस्तीस्तरदेखि वडा हुँदै लक्षित समुदायसम्म कस्ता नीति र कार्यक्रम ल्याउने भन्ने छलफल गर्ने र सुझाव माग्ने कामको जिम्मा स्थानीय तहलाई दिएको छ । ढोका अगाडिका स्थानीय सरकारले कसलाई केन्द्रमा राखेर कस्तो बजेट ल्याउँदै छन् ? त्यसमा आम नागरिकले थप निगरानी गर्न जरुरी छ । पहुँचबाट टाढा रहेका नागरिकलाई विकासको मूल धारमा ल्याउन छुट्टै विकास चाहिन्छ । त्यसका लागि लैंगिक तथा समावेशी विकास बजेट बनाउनु पर्छ ।

पहुँच बिहिनलाई विकासको मूलधारमा ल्याउन भन्दै नेपालमा आर्थिक वर्ष २०६४/६५ देखि लैंगिक उत्तरदायी बजेट कार्यान्वयनमा आएको हो । त्यसबेलादेखि लक्षित वर्ग तोकेर कुल विकास बजेटको ३५ प्रतिशत बजेट छुट्याउन सुरु भयो । सङ्घ र स्थानीय तह दुवैको विकास बजेटमा १० प्रतिशत महिला, १० प्रतिशत बालबालिका र १५ प्रतिशत जनसङ्ख्याका आधारमा दलित, जनजाति, अल्पसङ्ख्यक, ज्येष्ठ नागरिकलगायतका क्षेत्रमा विनियोजन हुन्थ्यो । उक्त बजेटले लक्षित वर्गको प्रत्यक्ष फाइदा हुने योजना, उत्थान तथा सीप र क्षमता विकासका कार्यक्रम गरिन्थे ।

त्यसअनुसार काम नभए साबिक स्थानीय निकायको बजेट कटौती हुन्थ्यो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले लैंगिक उत्तरदायी बजेट हुनुपर्ने र बजेटमा लक्षित वर्गलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ । तर, उक्त बजेट कति हुनुपर्ने सीमा तोकेको छैन । सीमा हटाइएपछि स्थानीय तहमा लैंगिक र समावेशी बजेट काटिएको छ । सीमा नहुनु भनेको पाउँदै आएको बजेट काट्नु होइन । धेरै स्थानीय तहमा बजेट प्रमुख र उप्रमुख वा अध्यक्ष र उपाध्यक्ष लक्षित कार्यक्रम भनेर एकमुष्ठ राख्ने र बाँड्ने गरेका छन् । जनप्रतिनिधिको तजबीजमा बजेट बाड्दा महिला, बालबालिका, पछाडि परेका वर्ग समुदाय एवं सामाजिक समावेशीकरणका मुुद्दा ओझेलमा परेका छन् । समावेशी विकासका कतिपय चालु योजनासमेत रोकिएका छन् ।

Hardik health

यसले मानव विकासको सूचकाङ्कमा असर देखिएको छ । वर्गीय विभेद् हुनु, विकासमा सबैको समान पहँुच नहुनु, लैंगिक र समावेशी विकास नहुनु, बजेटमा लक्षित वर्ग छुट्ुनुले मानव विकास सूचकाङ्क अपेक्षाकृत रुपमा नसुध्रिएको हो । यसर्थ विकासबाट टाढा रहेका लैंगिक र सिमान्तकृत समुदायको हितका लागि लैंगिक उत्तरदायी र समावेशी बजेट बनाउन दबाब सिर्जना गरिनुपर्छ । लैंगिक उत्तरदायी बजेट बनाउँदा महिला र पुरुषका लागि अलग अलग बजेट नै चाहिन्छ भन्ने होइन । बजेटका सबै उपलब्धिमा महिला र पुरुषको सन्तुलित सहभागिता र लाभ खोज्ने प्रक्रिया हुनुपर्छ भनिएको हो । लैंगिक समानताका लागि बजेटको सुनिश्चित, बजेटका सबै प्रक्रियामा लैंगिक मूलप्रवाहीकरण र उपलब्धिको समतामूलक वितरण हो ।

लैंगिक विभेद्का कारण अवसरबाट बञ्चित एवं पछाडि पारिएको वर्गलाई समानुपातिक अवसर प्रदान गर्न र तिनीहरुको क्षमता विकास तथा सशक्तीकरणका लागि लैंगिकमैत्री एवं लैंगिक उत्तरदायी बजेट जरुरी छ । समाजमा रहेका गरीब, महिला, दलित एवं सुविधाविहीन जनजातिलाई केन्द्रविन्दु मानेर उक्त समाजका सम्पूर्ण वर्ग, लिङ्ग र जातजाति एकैथलोमा जम्मा भई आफू र आफ्नो समुदायको विकास गर्न सङ्गठित, समानुपातिक साथै सक्रिय रुपमा सहभागी हुने र उपलब्ध स्रोत, साधन, सेवा सुविधा र अवसरहरुको न्यायोचित ढङ्गले उपभोग गर्न पाउने अनुकूल वातावरण तयार गर्ने प्रणाली र प्रकृया सामाजिक समावेशीकरण हो ।

सामाजिक समावेशी बजेटका लागि पनि सबै समुदायलाई बजेट बाँड्नुपर्छ भन्ने छैन । तर, बजेटका सबै उपलब्धिमा आफ्नो क्षेत्रमा सबै समुदायको सहभागिता र लाभ हुनपर्छ । बजेटले महिलाभित्र पनि समावेशी र सिमान्तकृतभित्र पनि अल्पसङ्ख्यकलाई लाभ पु¥याउनुपर्छ । समुदायमा रहेको जातीय, वर्गीय, लैंगिक, भाषिक तथा क्षेत्रीय विभेद् अन्त्य गरी सामाजिक न्याय स्थापना गर्न, सामाजिक विखण्डन र द्धन्द सिर्जना हुनवाट समाजलाई जोगाउन एवं बञ्चितीमा परेकाहरुलाई मूलप्रवाहमा ल्याउन समावेशी बजेट जरुरी छ ।

यसले सामाजिक र आर्थिक विभेद्का कारण सिर्जित द्वन्द्वलाई कम गरी शान्तिपूर्ण विकासमा सघाँउछ । अहिले स्थानीय तहमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक भएर काम गर्ने उपप्रमुख वा उपाध्यक्षको जिम्मेबारी छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक भएर आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने, बजेट सीमाभित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा छलफल गरी अन्तिम प्रस्ताव कार्यपालिकामा पेस गर्नेसम्मको अधिकार स्थानीय तहका उपाध्यक्ष वा उपप्रमुखलाई दिएको छ ।

अहिले पाँच सय ३४ स्थानीय तहमा प्रमुख वा उपाध्यक्ष महिला छन् । नागरिकले उनीहरुसँग आफ्नी आमा, दिदीबहिनीलाई जस्तै सहज किसिमले आवश्यकता राख्छन् । बजेटमार्फत आफ्ना दैनिकी सहज बनाउन समस्या समाधान गर्न, न्याय, सुशासन, विकासमा पहुँचको अपेक्षा राख्छन् । यस्तो काममा धेरै महिला उपप्रमुख वा उपाध्यक्षले निर्धक्क काम गरेको भने पाइँदैन । उनीहरु प्रमुख वा अध्यक्षको छायाँमा छन् । कतिपयमा अध्यक्ष वा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत वा अन्य कार्यपालिका सदस्यले भूमिका सङ्कुचित बनाएको छ । कतिपयमा लैंगिकता र समावेशीताप्रतिको बुझाइ नै स्पष्ट छैन ।

यही कारण लैंगिक हिसाबले महिला भएपनि धेरै उपप्रमुख वा उपाध्यक्षले ऐनले दिएका जिम्मेवारी पूरा गर्न, सामाजिक विकास, लैंगिक समानता लगायतका मुद्धा आवश्यकता अनुसार उठाएका छैनन् । फलस्वरुप लैंगिकमैत्री र समावेशीको साटो टाठाबाठाले ल्याएका विकास र भौतिक पूर्वाधारका योजनालाई नै निरन्तरता दिएका छन् । स्थानीय तह गठनका बेला गाउँगाउँमा सिंहदरबार घरघरमा विकास भनियो । तर, गाउँकै सिंहदरबार अर्थात स्थानीय तहमा पनि धेरै महिला, बालबालिका, सिमान्तकृत र अल्पसङ्ख्यक समुदायका व्यक्ति बजेट माग्दै पुग्दैनन् ।

पुगेकाको कुरा सुन्ने फुर्सद पनि धेरै जनप्रतिनिधिलाई छैन । लैंगिकमैत्री, समावेशी बजेट र यसमार्फत गरिने सामाजिक विकास भौतिक विकास जस्तो तत्काल मापन गर्न सकिदैन । कामको तत्काल प्रभाव पनि देखिदैन । पहुँचवालाले जस्तो दबाब दिन सक्दैनन् । यसैले धेरैजसो जनप्रतिनिधिहरु लक्षित समुदायका लागि छुट्टिने लैंगिक र समावेशी बजेट भनेको खेर जाने बजेट भन्ने मानसिकता राख्छन् । जनप्रतिनिधिको ध्यान पहुँचवाला नागरिकमा छ । सडक, कुलो, पुल, भवन जस्ता भौतिक पूर्वाधार विकासमा छ । योजना निर्माण तथा छनोटमा पनि लैंगिक उत्तरदायी र समावेशी बजेट चाहिने लक्षित वर्गको सहभागिता कम हुन्छ । सहभागी हुनेले पनि तर्क राख्न सक्दैनन् । यही कारण पनि स्थानीय तहमा लैंगिक र सामाजिक समावेशीकरणको बजेट घटाएको छ । स्थानीय तहमा जिम्मेवार व्यक्ति, विषय विज्ञ र लैंगिक संवेदनशीलताको अभाव छ ।

यसले राम्रा कामको सुरुआत गरेका स्थानीय तहको नीति कार्यक्रम र बजेट पनि लैंगिक र समावेशी छैन । लैगिक र समावेशी शीर्षकमा छुट्टाएको बजेट समेत साझा पूर्वाधार विकासमा लगाएका छन् । स्थानीय तहका हरेक वडामा दुई जना महिला सदस्य छन् । त्यसमध्ये एक दलित महिला र एक अन्य हुन् । समावेशी विकासको सिद्धान्तबाट गएका तिनै महिला र सिमान्तकृत प्रतिनिधिले पनि लैंगिक र समावेशी बजेट बिर्सेका छन् । हरेक स्थानीय तहमा महिला तथा बालबालिका शाखा छन् । त्यसमा महिला तथा बालबालिका कार्यालयबाट समायोजन भएर गएका महिला कर्मचारी प्रमुख छन् ।

तर, उनीहरुको पहुँच नीति, बजेट, कार्यक्रम निर्माण र कार्यान्वयनमा छैन । सङ्घीयतामै लैंगिक र समावेशी बजेट घट्नु र मुद्दा ओझेलमा पर्नु लाजमर्दो कुरा हो । दिगो विकासको लक्ष्यमा पुग्न र मानव विकास सूचकाङ्क बढाउन लैंगिक तथा समावेशी विकास जरुरी छ । लक्षित वर्गले सहज रुपमा आफ्ना आवाज र गुनासो सुनाउन सक्ने स्थानीय तह नै हो । स्थानीय तहले उनीहरुको उत्थान र विकासका लागि लगानी घटाउने होइन बढाउनु पर्छ । यसर्थ, लैंगिकमैत्री नीति कार्यक्रम र बजेट निर्माणमा उपप्रमुख वा उपाध्यक्षलाई निर्धक्क काम गर्ने अवसर सिर्जना गरिदिनुपर्छ । राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र नागरिक अगुवाले काममा सघाउनुपर्छ । जनप्रतिनिधि राजनीतिक प्रतिनिधि पनि हुन् ।

संविधानको प्रस्तावनाले नै लैंगिकता र समावेशीतालाई समेटेको छ । यसर्थ, सरकारका नीति कार्यक्रम बनाउँदा होस् वा बजेट ल्याउदा लैंगिकता र समावेशीताप्रति राजनीतिक इच्छाशक्ति र राजनीतिक प्रतिबद्धता हुनुपर्छ । लैंगिक र समावशी बजेट नबनाउने स्थानीय तहलाई प्रदेश र सङ्घले दिने अनुदान घटाउनुपर्छ । प्रदेश र सङ्घले पनि बजेट लैंगिक र समावशी बनाउन चुक्नु हुँदैन ।

(लेखक पत्रकार हुन् )


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP