Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • स्थानीय पाठ्यक्रमको महत्व र लक्ष्य
स्थानीय पाठ्यक्रमको महत्व र लक्ष्य
डा दीपेन्द्र रोकाया
डा दीपेन्द्र रोकाया आइतबार, वैशाख २३, २०८१

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह छन् । उनीहरुले १०० पूर्णाङ्कको एउटा स्थानीय पाठ्यक्रम निर्माण गर्न पाउने संवैधानिक अधिकार पाएका छन् । कक्षा १ देखि ८ कक्षासम्मका लागि पढ्ने पाठ्यक्रम कसरी बनिरहेको छ ? वा के अभ्यास भइरहेको छ ? जान्न आवश्यक छ । 

स्थानीय पाठ्यक्रम आवश्यक छ ? केही समयअघि हुम्लाको सर्केगाड र चैतको पहिलो साता अदानचुली गाउँपालिकामा पुग्ने क्रममा स्थानीय पाठ्यक्रमविज्ञ, स्थानीय ािलिकाका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक र विशेष कक्षा शिक्षकशिक्षिकासँग अन्तरक्रिया गर्ने अवसर मिल्यो ।  अहिलेसम्म हामीले पढ्ने पुस्तक काठमाडौँमा काठमाडौँकै विज्ञद्वारा देखिएको प्राथमिकतामा लेखिएका र प्रकाशन भएका हुन्थे । तिनका बारेमा हामीले प्रश्न गर्ने ठाउँ थिएन । निर्धारित पाठ्यक्रम पढ्नु हाम्रो कर्तव्य थियो । शिक्षकहरुले पढाउनु पर्दथ्यो र पढाउनु हुन्थ्यो । हामीले पढिरहेका विषयवस्तु जस्तै परिवेश, प्रकृति, प्रविधि, चाडवाड, संस्कार, संस्कृति, व्यक्तित्व, उद्यम, उत्पादन आदि यहाँका पनि थिए तर यिनको बारेमा कहिल्यै चर्चा हुँदैनथ्यो । 

यसअघि आमाको काखमा बसेर सिलोक सुन्दै लिएको शिक्षाको गणना भएको थिएन । बुबा तथा दाजुहरुले हाट र भोट तथा खर्क जाँदाका अनुभव सुनाएका ज्ञानलाई पढाइसँग जोडिएकै थिएन । गाउँघरका सीप र संस्कारले प्रचार हुने मौकै पाएनन् । पाठ्यक्रम विकास केन्द्रमा न पहुँच थियो, न यहाँका सिद्धहस्त लेखक थिए । यसैले स्थानीय ज्ञान र सीपबारे प्रकाशनमा आएको थिएन । सङ्घीयताले त्यो अवसर दिएको छ । दिगो विकास लक्ष्यले पनि स्थानीयकरणमा जोड दिदै आएको छ । यसैले स्थानीय सरकार पाठ्यक्रम निर्माणमा लागिरहेको देखियो ।  

प्राथमिकता केमा दिने ? खास कुरो यसमा छ । जहाँ आफ्नो आवश्यकता महसुस गर्न सकिदैन, त्यहाँ प्राथमिकता निर्धारण गर्न सकिदैन । समाजमा आवश्यकताहरु अनगिन्ती हुन्छन् । आवश्यकताहरुलाई प्राथमिकीकरण गर्न सके मात्र सही समयमा सम्बोधन गर्न सकिन्छ। सम्बोधनको माने सम्पादन हो । अझ स्पष्ट रुपमा भन्नु पर्दा काम गर्न सकिने हुन्छ ।प्राकृतिक स्रोत र सम्पदा हुनुले यहाँ गाउँ बस्ती बसेको हो । यसैले तिनको बारेमा खोजीनीति हुनु पर्छ । यहाँ बस्ती हुनुले सामाजिक रहनसहन बनेका छन् । तिनको जानकारी दिनु पर्छ । समाजलाई धर्म, संस्कृति र चाडपर्वले एकतामा ल्याएको छ । त्यसको गहिरो प्रभाव सबैमा परेको हुन्छ । यसले नजिकको अनुभूति दिने गर्छ । बाँच्नका लागि पेशा व्यवसाय गर्नै प¥यो । विभिन्न प्रविधि अपनाउनै पर्छ । तिनको खोजी र लेखाजोखा हुनपर्छ । जसका आधारमा उत्पादन हुन्छ । उपभोग गर्ने पनि विभिन्न तौरतरिका छन् । विशेष पहिरन छन् । तिनको महत्व छ । त्यो पनि खोजीको विषय बनाउनु पर्छ ।

Hardik health

आफ्नो गाउँ बस्ती कस्तो ठाउँमा छ र सम्भावित विपतको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पनि सोच्न आवश्यक छ । एवं प्रकारले प्राकृतिक वनस्पति, जडीबुटी र जैविक विविधताको बारेमा जान्न आवश्यक छ । आफ्नो गाउँठाउँको बारेमा यस्ता कुरा जानकारी नभएको व्यक्तिले बाहिर कसरी समृद्ध परिचय दिन सक्छ र ? यसैले आवश्यकताको पहिचान गर्न र प्राथमिकता छनौट गर्न सक्नु पर्छ ।

पढाइ र परिक्षाको प्रभाव कस्तो हुन्छ ? पढे लेखेकालाई थाहा हुन्छ । दुबै पालिकामा भएको छलफलमा आफ्नो आवश्यकता, प्राथमिकता र आफ्नो पहिचानका बारेमा कुराकानी भयो ।  लफल र अवलोकनबाट के पाइयो भने सबै गाउँ–ठाउँले आफ्नो इतिहासको बोध गराउन चाहेको देखियो । वर्तमानको चाहना प्रस्ट्याउन खोजेको अनुभूति भयो । यसले भविश्यको आँकलन गर्न सहज हुन्छ । अहिले पाठ्यक्रमको विषयसूची खोजीरहेका छन्, भोलि त्यसको लेखन भएर पठनपाठन हुँदा स्थानीय गाउँठाउँ जिउँदो जाग्दो हुनेछ । यस पाठ्यक्रममा उत्तीर्ण भएका विद्यार्थीले दिने परिचय र भास्य पक्कै नयाँ हुनेवाला छ । अक्षरको ताकत कति हुन्छ ? अक्षरसँग खेल्नेहरुलाई थाहा हुन्छ । 

आफ्नो गाउँबस्तीलाई जिउँदोजाग्दो बनाउन हरेक जेष्ठ नागरिकलाई अनुभव बैँकको रुपमा लिएर उनको जीवनी र अनुभव लेख्ने अभियान चलाउन आवश्यक देखिन्छ । यिनै सामग्रीले स्तरीयताको आधारमा भोलि भौगोलिक रुपमा प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहुँच पाउन सक्छ । अहिले विश्व एक गाउँ बनेको बेला प्रभाव विस्तार गर्न सक्ने हो भने सबै ठाउँ केन्द्र बनाउन सम्भव छ । सर्की देउ र फुचा, रोडिकोट, गोठी हुँदै बगेर आउने खोला ठुलो भएकाले तर्न गाह्रो हुँदा गार भनिने कुरालाई जोडेर पहिले सर्कीगार भनिएको कुरा लेख्नेहरुकै कारण सर्केगाड लेख्ने गरिएको छ । सङ्घीयतापछि सर्केगाड गाउँपालिका नामाकरण गर्नुका साथै पालिका केन्द्र पनि यहीँ राखिएको छ । यो पालिका जिल्लाकै केन्द्र भागमा पर्दछ ।

कैलाश पर्वतमालाको दक्षिणी भाग सर्केगाडको सल्लीसल्लासम्म फैलिएको छ । कर्नाली नदी पनि यहीँसम्म दक्षिण पूर्व भएर बग्दछ । सल्लीसल्लाको माथि जैर गाउँले कैलाशको जरोको रुपमा परिचय दिन खोजेको छ । मेथाले तीर्थस्थलको रुप खोजी रहेछ । दशरा मेलाले रामायणकालीन इतिहास खोज भनीरहेको छ । तुम्चको देवलले मल्ल राजाहरुको कला संस्कृतिको डोब देखाइरहेको छ । रिपले लाखापानी, मालिका तीर्थ र तामा तथा क्वार्जको खानी देखाइरहेको छ । उनापानीले तातोपानी खोला, गुसाल्या बस्ती र सात सर्की उत्पन्न भएको कथा सुनाइरहेको छ । रिप र उनापानीले भूस्वको रमाइलोपन बयान गरिरहेका छन् ।

सायाँले कर्नाली थुनेको ठेली, नाइती सल्ली तथा प्रशासकीय केन्द्र हुनुको जानकारी दिइरहेको छ । गोठीले तल्छरी, पोख्री पाटन तथा शिक्षाको जग हालेको इतिहास खोज्न लगाइरहेको छ । बराइले यहाँको उत्पादनले पाएको महत्व, नाप्ल्या थाप्ल्या र देवाकाँधको महत्व दर्शाइरहेको छ । रोडिकोटले रोजेर बसेको कोट, शेराको जिउलो र भीमसेनले हाम फालेको फटकाल्ना चिनाइरहेको छ । सायाँ, गोठी, रोडिकोट र छ्यागीका ठकुरी बस्तीले गौरा पर्वको जानकारी दिइरहेका छन् । रादेउले महादेउ, रादेउ, झादेउ, झ्यारानी झ्या गवाला र हिल्साको इतिहास सुनाइरहेको छ । दुधेदह, भीउदूलो, छिन्ट्या ढुङ्गो, न्यारी चौर, हलाजु–डब्टीको हल गोरुको कथा भनिरहेको छ । भोराबाडा उत्तनुको नालीबेली सुनाइरहेको छ । बाइथला, दानीखोला र फुचिलो धनको कथा फुचाले सुनाइरहेको छ । थपाल्या ब्यासी समुदायले नयाँ वर्षको रुपमा मान्ने गरेको भूवो, नयाँ वार्षिक कार्यक्रम सार्वजनिक गर्ने दिनको रुपमा रहेको हरेलो र साउनपुनी पर्वको जानकारी दिइरहेको छ । 

तीनखुट्टे ओदान जस्तै चुलीलाई ओदानचुली भन्ने गरिन्थ्यो । लेख्नेहरुले अदानचुली लेखेका कारण सङ्घीयतापछि अदानचुली गाउँपालिका नामाकरण भएको छ । यहाँ छ वटा वडा रहेका छन् । कल्ख्याले कपिलदेव ऋषिले तपस्या गरेको धनगुफा, भाँड कुक्का र मुन्ट्याचौरको महिमा सुनाएको छ । श्रीनगरले यहाँको पोखरी बगेर गल्वा भएपनि राई ढुङ्गो हुनुले प्रशासकीय केन्द्र भएको र केही पुरातात्विक सामग्री पाइने जानकारी दिएको छ ।

रोकायाबाडाले अधिकांश सङ्घ–संस्थाको केन्द्र र काल्या देउको प्रभाव सुनाएको छ । लौठीले जोतिषी कार्य, विगोठीको हिल्सा र महादेवले तातो तेल पिएको कथा सुनाइरहेको छ । बारीगाउँले प्राकृतिक सम्पदाको रुपमा रहेको जल, जमीन, जङ्गल र जडीबुटीको स्रोत, यस क्षेत्रका धामीहरुले छापविदो लिने कालिका थान, नौमुली झरनाको व्यवहार, खौला लेकमा कङ्कसुर दानवको क्षतविक्षत् शरिरको जानकारी दिइरहेको छ । पाल्सले जहाँबाट आएपनि पालिन बस्ने ठाउँको परिचय, मुन्या लेकको कहानी, कहीँ नभएको होचो वनस्पति बाउवीर्या रुख र चोख्या पर्वको महिमा सुनाइरहेको छ । 

यस्तै विभिन्न पैकेलाहरुको कथा सुन्न बाँकी छ । सर्केगाडमा देवपुरी हुम्ला र अदानचुलीमा गल्बा दरा लेख्नपर्ने देखियो । खोजबिन गर्ने हो भने नलेखिएका इतिहास पाइने देखियो । के यस बारेमा लेख्न र अनुसन्धान गर्न तयार हुनुहुन्छ ? ‘कपी एण्ड पेस्ट’ गरेर लेख्ने र शोध गर्ने परम्परा अन्त्य गर्न विश्वविद्यालय र शोधकर्ताको ध्यान यतातिर तान्न ढिलो भइरहेको छ । विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्नाली बनाउँदै गर्दा कर्नालीको गन्तव्य सबैले आ–आफ्नो गाउँपालिका र गाउँ बनाउन लगाउनु पर्छ । 

यो धुवाँ नआउने पर्यटन उद्योगबाट फाइदा लिन सबैले आफ्नो गाउँठाउँको सही, सत्य जानकारी दिन सक्नुपर्छ । त्यसलाई स्थानीय पाठ्य सामग्रीमा समेट्न आवश्यक छ । यसले आधारभूत रुपमा नैतिकता, मानवीयता, भाषा, कला, संस्कृति र कानुनको समेत आधारभूत ज्ञान दिन सक्नुपर्छ । कक्षा ८ पढ्दासम्म कम्तीमा १०८ वटा विषय क्षेत्रका बारेमा ज्ञान र सीप पाएको हुनुपर्छ । कक्षा तीनसम्म आमा कक्षा, पाँचसम्म समाज कक्षा र आठसम्म आधार कक्षा बनाउन सके असमान पढाइ समान प्रतिस्पर्धामा उत्रनपर्ने अवस्थालाई सहज बनाउन सकिन्छ । सबैलाई चेतना भया ।

(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य हुन‍‍्)


प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP