Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकको समस्या एकद्वार प्रणालीबाट सम्बोधन हुने
श्रमाधान कल सेन्टर कार्यविधि जारी श्रमिकको समस्या एकद्वार प्रणालीबाट सम्बोधन हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १७, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको एकद्वार प्रणालीबाट समस्या समाधान गर्ने भन्दै ‘श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१’ जारी गरेको छ । वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा, गुनासा र समस्यालाई तत्काल सम्बोधन गर्नेगरी सञ्चालनमा ल्याउन लागेको श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले कार्यविधि जारी हो । 

यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएर जारी भएकै मितिबाट लागू हुने जनाइएको छ । कार्यविधि यही वैशाख १२ गते स्वीकृत गरेको मन्त्रालयले जनाएको छ । कार्यविधिअनुसार श्रमाधान कल सेन्टरले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पु¥याएर समाधान गर्ने छ । त्यस्तै, श्रमाधान सुविधाले मन्त्रालय र मातहतका निकायहसँग सम्बन्धित सम्पूर्ण सूचना र आउने गुनासो, जिज्ञासा र समस्याहरु एकद्वार प्रणालीबाट सम्बोधन गरी समाधान गर्ने मन्त्रालयले जनाएको छ ।

श्रमिकहरुले विद्युतीय माध्यम (ट्याब्लोइट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्ट वाच)बाट लिखित, मौखिक, ध्वनि, श्रव्य, श्रव्यदृश्य आदि माध्यमको प्रयोग गरेर प्रत्यक्ष वा अप्रत्यक्ष र अन्य विद्युतीय माध्यमबाट श्रमाधान कल सेन्टरमा गुनासो, जिज्ञासा, समस्या र सुझाव राख्न सक्ने छन् । सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सएप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल) बाट पनि गुनासो दर्ता गर्न तथा समस्या राख्न सक्ने छन् । श्रमाधानमा प्राप्त भएका गुनासोलाई श्रम मन्त्रालय र अन्तर्गतका निकायहरुमा समाधानका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ । 

गुनासोको तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित सबै निकायमा फोकल पर्सन पनि तोक्नुपर्ने कार्यविधिमा उल्लेख छ । दर्ता गराएको गुनासो वा समस्या समाधान नभएसम्म सम्बन्धित श्रमिकलाई कल सेन्टरका कर्मचारीले सबै जानकारी दिने र निरन्तर फलोअप गर्नुपर्ने बताइएको छ । गुनासोको संवेदनशीलताको आधारमा वर्गीकरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

Hardik health

अति जरुरी, जरुरी, मध्यम, सामान्य, तामेली गरी गुनासोको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका साथै गुनासोको क्षेत्रका आधारमा पनि गुनासो वर्गीकरण गर्नुपर्ने बताइएको छ । कार्यविधिअनुसार श्रम मन्त्रालय र यसअन्तर्गतका माहाशाखाहरु, वैदेशिक रोजगार विभाग र मातहतका कार्यालयहरु, वैदेशिक रोजगार बोर्डको सचिवालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरु, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र सामाजिक सुरक्षा कोषसँग सम्बन्धित गुनासोलाई वर्गीकरण गर्नुपर्ने छ । 

श्रमाधान कल सेन्टरको एकीकृत अभिलेखलाई विद्युतीय र दस्तावेज अभिलेख गरी दुई किसिमबाट व्यवस्थित गर्नुपर्ने छ । विद्युतीय अभिलेख श्रमाधान कल सेन्टरका अभिलेखको विद्युतीय रुप तयार गरी गुनासाहरु अभिलेखीकरण गरिने छ । दस्तावेज अभिलेख श्रमाधान कल सेन्टरमा प्राप्त गुनासाहरुको दस्तावेज आवश्यकताका आधारमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक अर्धवार्षिक र वार्षिक रुपमा प्रिन्ट गरेर राख्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित सुझावहरुलाई छुट्टै अभिलेखीकरण गरी मन्त्रालयमा पठाउनुपर्ने छ । मन्त्रालय र मातहतका निकायहरुले आफ्नो कार्यालयसँग सम्बन्धित गुनासाहरुको सुनुवाइ गर्न पूर्णकालीन फोकल फर्सन नियुक्त गर्नुपर्ने छ । आफ्नो निकायअन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित साइट, लेटर प्याड एवं सरोकारवालासमक्ष पुग्ने सबै कागजागतमा श्रमाधान कल सेन्टरसँग सम्बन्धित जानकारी अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसका साथै श्रमाधान कल सेन्टरमार्फत सम्बोधन भएका गुनासोहरुको पर्फमेन्स इन्डिकेटर बनाएर त्यसको आधारमा फोकल पर्सनहरुको कार्यसम्पादनको मूल्यांकन गर्न समन्वय गर्नुपर्नेसमेत कार्यविधिमा उल्लेख छ । हरेक महिना प्राप्त गुनासो, त्यसको समाधानको प्रगति विवरण मन्त्रालय मातहतको वेब पेजबाट सार्वजनिक गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । 

नेपालमा वा विदेशमा रहेका श्रमिकले श्रम र रोजगारसँग सम्बन्धित समस्या, गुनासो, सुझाव र जिज्ञासा भएमा श्रमाधान कल सेन्टर कक्षमा आफैं उपस्थित भएर पनि दर्ता गराउन सक्ने छन् । यो कार्यविधि जारी भएपछि कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ खारेज भएको जनाउँदै कल सेन्टरसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नयाँ कार्यविधिअन्तर्गत नै भए गरेको मानिने मन्त्रालयले जनाएको छ ।
 


प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने मंगलबार, साउन १२, २०८३
दक्षिण कोरियामा अत्यधिक तापक्रमले ‘आउटडोर’ कामदार प्रभावित
दक्षिण कोरियामा अत्यधिक तापक्रमले ‘आउटडोर’ कामदार प्रभावित सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP