Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • घरेलु श्रमिक पठाउन युएईले गरेको प्रस्ताव ओझेलमा 
घरेलु श्रमिक पठाउन युएईले गरेको प्रस्ताव ओझेलमा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १६, २०८१

घरेलु श्रमिकका लागि आधारभूत पारिश्रमिक, सामाजिक सुरक्षा, बिमालगायत विभिन्न सेवासुविधाको ग्यारेन्टी हुनुपर्नेमा सरकार प्रस्ट छ । अहिले सम्झौता गरिहाल्ने भन्दा पनि गम्भीर ढंगले अध्ययन गरेरमात्रै निर्णय गर्नुु उचित हुन्छ ।
गोविन्दप्रसाद रिजाल
प्रवक्ता, श्रम मन्त्रालय
 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बेवास्ताले संयुक्त अरब इमिरेट्स (युएई)बाट घरेलु श्रमिक पठाउन माग गर्दै आवश्यक सम्झौताका लागि गरेको प्रस्ताव ओझेलमा परेको छ । आवश्यक सेवा सर्तहरुको सम्बोधन हुने र सुरक्षाको ग्यारेन्टीसहित युएईले घरेलु श्रमिक लैजान फागुन दोस्रो साता औपचारिकरुपमा पठाएको प्रस्ताव अहिले मन्त्रालयमा त्यत्तिकै थन्क्याइएको बताइएको छ । 

घरेलु श्रमिकको सुरक्षा र उनीहरुले पाउने सेवासुविधा तथा पारिश्रमिकका सम्बन्धमा सरकार–सरकारबीच (जिटुजी) सम्झौता गरेरै लैजाने गरी प्रस्ताव आए पनि कुनै प्रक्रिया अघि नबढाइएको मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार युएईका सरकारी अधिकारीहरूले घरेलु कामदार उपलब्ध गराउन गरिएको प्रस्तावका सम्बन्धमा चासो राख्दै आएका छन् । युएईले घरेलु श्रमिक लैजान आवश्यक प्रोटोकल बनाएर अघि बढ्न तयार रहेको भन्दै सम्झौता गर्न प्रस्ताव गरेको छ,’ ती अधिकारीले भने, ‘तर सत्ता समीकरणमा आएको फेरबदलका  कारण कुनै प्रक्रिया अघि बढ्न सकेन, अहिले मन्त्रीज्यूको प्राथमिकता अन्य विषयमा रहेकाले उक्त प्रस्ताव त्यत्तिकै थन्क्याइएको छ ।’

Hardik health

विभिन्न क्षेत्रमा द्विपक्षीय सम्झौतामार्फत नै श्रमिक पठाइरहेको नेपालले घरेलु श्रमिक पठाउने सम्बन्धमा विभिन्न सर्तसहितको सम्झौता हुनुपर्नेमा जोड दिएपछि युएईबाट सम्झौताका लागि आवश्यक मस्यौदा आएको बताइएको छ । ‘घरेलु श्रमिकको सन्दर्भमा युएईमा गत फेब्रुअरी १२ अर्थात् माघ २९ गते भएको ‘अबुधाबी डायलग’मा नेपाली पक्षसँग भएको साइडलाइन वार्तापश्चात् युएईले आवश्यक सम्झौताका लागि तयार रहेको सन्देशस्वरुप मस्यौदा पठाएको हो,’ ती अधिकारीले भने । 

उक्त वार्तामा घरेलु श्रमिकको सुरक्षाको ग्यारेन्टी गर्ने विश्वास दिलाउँदै युएईले नेपालबाट घरेलु श्रमिक पठाउने बाटो खुला गर्न आग्रह गरेको थियो । छुट्टै प्रोटोकल निर्माण गरी घरेलु कामदारको सम्पूर्ण लागत खर्च व्यहोर्ने र सुरक्षाको ग्यारेन्टी गरी पठाउने सम्बन्धमा तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी सकारात्मक देखिएपछि युएईले औपचारिक प्रस्ताव राखेको उनको भनाइ छ ।

घरेलु श्रमिक पठाउन आवश्यक सम्झौता गरौं भन्ने प्रस्तावसहित प्राप्त मस्यौदा अध्ययनकै चरणमा रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए । ‘घरेलु श्रमिकका लागि आधारभूत पारिश्रमिक, सामाजिक सुरक्षा, बिमालगायत विभिन्न सेवासुविधाको ग्यारेन्टी हुनुपर्नेमा सरकार प्रस्ट छ, अहिले सम्झौता गरिहाल्ने भन्दा पनि गम्भीर ढंगले अध्ययन गरेरमात्रै निर्णय गर्नुु उचित हुन्छ,’ उनले भने । 

युएईले यसअघि पनि नेपालबाट घरेलु कामदार पठाउन आग्रह गर्दै आएको थियो । पछिल्लो समय गत जेठमा नेपाल–युएईबीच भएको श्रम सम्झौता नवीकरणका क्रममा पनि युएईले नेपालबाट घरेलु श्रमिक पठाउने बाटो खुला गर्न आग्रह गरेको थियो । यद्यपि नेपाल सरकारले घरेलु श्रमिक लैजान इच्छुक मुलुकमा श्रमिकको सेवा, सर्त, सुविधासम्बन्धी छुट्टै कानुनी व्यवस्था हुनुपर्ने र सोहीअनुरुप सम्झौता गर्नुपर्ने अडान राख्दै आएको छ । सरकारले २०७२ सालदेखि संसद्को तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनअनुसार मलेसिया तथा खाडी मुलुकमा घरेलु कामदार जान बन्देज लगाएको छ । कतार, साउदी अरेबिया, कुवेत, बहराइन र ओमानजस्ता गन्तव्य मुलुकले लामो समयदेखि नेपालबाट घरेलु श्रमिक खुला गर्न माग गर्दै आइरहेका छन् ।

त्यस्तै वैदेशिक रोजगारीमा घरेलु श्रमिक पठाउन लगाइएको बन्देज खुला गर्नुपर्ने र सरकारले आवश्यक निर्णय लिन ढिला भइसकेको आप्रवासी महिला कामदार समूह (आमकास) नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले बताइन् । ‘सरकारले लगाएको बन्देजका कारण व्यक्तिको स्वतन्त्र हिँडडुल र काम गर्ने अधिकार कुण्ठित हुनुकासाथै घरेलु श्रमिकमाथि झनै जोखिम बढ्दै गएको छ,’ उनले भनिन्, ‘कानुनीरुपमा बन्देज भएपछि विभिन्न माध्यम प्रयोग गरी बिचौलियाले महिलाहरुलाई राम्रो आम्दानी हुने प्रलोभनमा पारी कुवेत, दुबई, ओमान, कतार, साउदी अरेबिया पुर्‍याउने गर्छन् ।’ यसरी जाने महिलाहरु श्रम शोषणमा पर्ने, पारिश्रमिक नपाउने, मानव तस्करी तथा शारीरिक हिंसाको जोखिममा पर्ने गरेको उनको भनाइ छ ।


प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति 
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति  शनिबार, असार २७, २०८३
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP