Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सम्पत्तिको स्रोत नखुलेपछि अख्तियारले थप्यो मुद्दा
भ्रष्टाचारमा विकल–सुनिल सम्पत्तिको स्रोत नखुलेपछि अख्तियारले थप्यो मुद्दा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, वैशाख १०, २०८१

काठमाडौं– राजनीतिक नेतृत्वलाई प्रभावित पारेर भ्रष्टाचारमा संलग्न भएको आरोप लागेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध मुद्दाको खापैखाप परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई फेरि अर्को मुद्दा आइतबार दायर गर्‍यो ।

उनीमाथि सार्वजनिक पदको दुरुपयोग गरी स्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अख्तियारको अभियोग छ । त्यति नै बिगो कायम गरी सोहीबमोजिम जरिवाना असुल उपरको मागदाबी पनि अख्तियारले गरेको छ । 
पौडेलविरुद्ध २०६१ जेठ २० देखि २०७९ फागुन ३० सम्मको सम्पत्ति छानबिन गरेको अख्तियारले जनाएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार सुनिल २०६२ देखि ०६५ सम्मको अवधिमा भने सार्वजनिक पदमा थिएनन् । बाँकी अवधिमा उनी विभिन्न मितिमा सार्वजनिक पदमा बहाल थिए । अख्तियारको अभियोगपत्रमा पौडेलले दूरसञ्चार र प्रविधिजन्य उपकरण खरिद तथा त्यससँग जोडिएको आर्थिक खटनपटनमा अनियमितता गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख छ । 

उनी यही शुक्रबार पेमेन्ट गेट–वेसम्बन्धी उपकरण खरिद प्रकरणमा अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका छन् । त्यसो त मुद्दाको किनारा लागि नसक्दै विशेषले पीडकको आधारमा न्याय सम्पादन गरेको हो । यसअघि १० माघ २०८० मा सुनिल र अर्का भ्रष्टाचार आरोपी विकल पौडेललाई अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेको तीन महिना पछाडि अख्तियारले विशेषमा मुद्दा लगेको हो ।

Hardik health

सुनिलसँगै पक्राउ परेका विकलविरुद्ध आयोगले अमेरिकी स्थायी आवासीय अनुमतिपत्र लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक हुन् । जबकि विदेशी आवासीय अनुमति प्राप्त गर्ने व्यक्तिले सार्वजनिक पद धारण गर्न पाउँदैन । यस्तो व्यवस्था कानुनीरुपमै उल्लेख छ । त्यसविपरीत विकल कार्यकारी निर्देशक नै बने । उनी दुई कार्यकाल केन्द्रको कार्यकारी निर्देशक भएका थिए । पछिल्लोपटक भने उनी राष्ट्रिय सूचना प्रविधिक केन्द्रको कार्यकारी निर्देशक बनेका थिए । उनीविरुद्ध सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहेकै बखत अख्तियारले २०८० वैशाख ३ मा सेक्युरिटी प्रिन्टिङको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

यसअघि विकलसँग ८ फागुन २०७६ मा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस स्थापनाका लागि उपकरण खरिद प्रक्रियामा अनियमितताको आरोपमा सोधपुछ गरेको थियो । सोही दिन तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको घटना बाहिरियो । लेखा समितिले घूस प्रकरणको योजनाकारको रूपमा पौडेललाई चित्रण गरेको थियो । 

उनले अनियमितता गरेको विवरण महालेखापरीक्षकको ५७औं प्रतिवेदनले उल्लेख गरेको छ । त्यसबेला विकलले गुरुयोजनविनै ३५ करोड ७४ लाख खर्चेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । प्रतिवेदनमा भौतिक संरचना तयार नै नगरी एक करोड ७४ लाख ७५ हजार रुपैयाँ खर्चिएको पनि उल्लेख छ । अख्तियारले प्रेस स्थापनाका लागि उपकरण खरिदमा अनियमितता गरेको आरोपमा पौडेललाई मुख्य अभियुक्त बनाएर नौ जनाविरुद्ध झण्डै दुई अर्ब ५९ करोड रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । फेरि, उनी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइ र सार्वजनिक विद्यालयमा आइटी ल्याब स्थापनामा पनि मुछिएका छन् । उनको कांगे्रस सभापति शेरबहादुर देउवासँग पनि राम्रो सम्बन्ध रहेको बताइन्छ ।

देउवाकै सरकारले उनलाई दोस्रो कार्यकालका लागि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । त्यसबेला सरकारले गठन आदेश नै परिवर्तन गरेको थियो । स्रोतका अनुसार विकलको नियुक्तिका लागि तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । देउवाका अतिरिक्त विकलको सम्बन्ध तत्कालीन मन्त्री एवं माओवादी नेता राम कार्कीसँग पनि छ । उनी मन्त्री भएका बेला विकललाई नेतृत्वमा ल्याउनेगरी केही ऐन कानुन संशोधन गरिएको थियो । 

पछि २० कात्तिक र ९ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिद प्रक्रिया सरकार–सरकार प्रक्रियाबाट अघि बढाउने निर्णय गरेको थियो । त्यसबेला फ्रान्सको कम्पनी इन ग्रुपले केन्द्र स्थापनाका लागि तत्कालको मुद्रा सटही दरका आधारमा २९५ मिलियन युरो (करिब ३८ अर्ब रुपैयाँ) र जर्मनीको कम्पनीले ३०० मिलियन युरो (साढे ३८ अर्ब रुपैयाँ) को प्रस्ताव दर्ता गराएको थियो । जुन पछि ४० प्रतिशत महँगो भएको विवरण सार्वज्निक भएको थियो । पछि लेखा समितिले खरिद प्रक्रिया रोकेको थियो । र, यससम्बन्धी अनियमितताको उजुरीका आधारमा लेखा समितिले पौडेलमाथि छानबिन सुरु गरेको थियो ।
 


प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP