Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • नेपालको मुद्रास्फीति छ दशमलव सात प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
नेपालको मुद्रास्फीति छ दशमलव सात प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २१, २०८०

काठमाडौं - विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’ अनुसार आगामी वर्ष अर्थात् सन् २०२५ मा भने मुद्रास्फीति छ प्रतिशतमा झर्ने अनुमान गरेको हाे ।

चालु आर्थिक वर्षको बजेटबाट सरकारले केही वस्तुको मूल्यअभिवृद्धि कर (भ्याट) मा छुट दिएकोमा त्यसले पनि मुद्रास्फीति बढाएको उल्लेख छ ।  विश्व बैंकले औसत मुद्रास्फीति गतवर्ष आठ प्रतिशतबाट यसवर्ष छ दशमलव सात प्रतिशत हाराहारी रहने प्रक्षेपण गरेको छ । यस वर्ष खाद्य तथा पेय पदार्थको मुद्रास्फीति भने बढेको छ ।

चामल निर्यातमा भारतले लगाएको प्रतिबन्ध र मरमसलामा देखिएको मूल्यवृद्धिको असर समग्र समग्र मुद्रास्फीतिमा देखिएको छ । प्रतिवेदनमा नेपालको सेवा क्षेत्रमा सुधार देखिएका कारण आर्थिक वृद्धिदर गत वर्षको सुरुआती छ महिनाको तुलनामा यसवर्षको सोही अवधिमा बढेको छ ।पर्यटक आगमनमा भएको वृद्धिले होटल तथा आवास क्षेत्रमा उल्लेख्य सुधार देखिएको तथा बीमा क्षेत्रका गतिविधि बढेको प्रतिवेदनमा उल्लेख छ । अर्थतन्त्र सुधार देखिनुमा औद्योगिक क्षेत्र, जलविद्युत् उत्पादन र कृषि क्षेत्रमा धानको उत्पादन बढ्नुलाई मुख्य कारण मानिएको छ । अहिले थोक तथा खुद्रा व्यापारमा भने सङ्कुचन देखिएको प्रतिवेदनमा उल्लेख छ ।

Hardik health

गतवर्ष अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर एक दशमलव नौ प्रतिशत रहेकोमा यसवर्ष तीन दशमलव तीन प्रतिशत र आगामी वर्ष अर्थात् सन् २०२५ मा औसत पाँच प्रतिशत हाराहारी रहने प्रक्षेपण विश्व बैंकको छ ।यसअघि विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ मार्फत् वर्ष २०२३/२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत र वर्ष २०२४/२५ मा पाँच प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर अहिले उक्त अनुमान घटाएको छ ।

उपभोग बढ्दा वस्तु तथा सेवाको आन्तरिक माग बढेको र यसलाई विप्रेषण आप्रवाहले धानेको देखिएको छ । यद्यपि, विप्रेषणमा देखिएको वृद्धिको अनुपातमा माग भने बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, निजी क्षेत्रको लगानी र राजस्व सङ्कलन घटेको देखिएको छ ।विदेशी मुद्राको सञ्चिति ऐतिहासिक उच्च बिन्दुमा पुगेर भुक्तानी सन्तुलन कायम भएको र बाह्य क्षेत्र सहज हुनुका पछाडि रेमिट्यान्स बढ्नु र व्यापार घाटा कम हुनुलाई मुख्य कारण मानिएको छ ।सन् २०२३ को अर्धवार्षिक अवधिमा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को शून्य दशमलव सात प्रतिशतले घाटामा रहेकोमा सन् २०२४ को सोहि अवधिमा भने दुई दशमलव सात प्रतिशतले नाफामा रहेको देखिएको छ । चालु खाता नाफामा जानुका पछाडि पनि विप्रेषण बढ्नु र व्यापार घाटा घट्नुलाई मुख्य कारणका रुपमा लिइएको छ । 

चालु वर्षको अर्धवार्षिक अवधिमा रेमिट्यान्स आप्रवाह जिडिपीको तुलनामा १० दशमलव नौ प्रतिशतबाट बढेर १२ दशमलव तीन प्रतिशत पुगेको र व्यापार घाटा जिडिपीको १३ दशमलव दुई प्रतिशतबाट घटेर ११ दशमलव छ प्रतिशत रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।वस्तु आयात घटेपनि न्यून करका कारण विद्युतीय सवारी साधनको आयात भने निकै बढेको छ । सेवा आयात कोभिड महामारी पूर्वको अवस्था भन्दा बढेको छ । जबकि, नेपालको निर्यात भने थोरै मात्र बढेको छ भने महामारी पूर्वको अवस्थामा अझै पुगिसकेको छैन ।

विभिन्न चुनौतीका बाबजुद पनि बैंकिङ क्षेत्र स्थिर र नाफाको अवस्थामा देखिएको छ । खराब कर्जा बढेको छ । औसत पुँजी पर्याप्तता अनुपात नियामक नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी रहेको छ भने तरलता बढेको छ । ऋण ‘प्रोभिजनिङ’ तथा पुनःसंरचनामार्फत् बैंकहरुको नाफा थप घट्न नदिन प्रयास गरिएको प्रतिवेदनमा उल्लेख छ ।पुँजीगत खर्च बढाउने र भन्सार राजस्वमा आधारित निर्भरतालाई घटाउँदै लगेर आर्थिक वृद्धि हासिल गर्न सकिने विश्व बैंकले औंल्याएको छ । निजी क्षेत्रको आत्मबल तथा लगानी बढाउन मौद्रिक नीति सहज र सुदृढ हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP