Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सीप सिकेर विदेशिने क्रम बढ्दो
आठ महिनामा रोजगारीका लागि विदेशिनेमध्ये साढे ७१ प्रतिशत दक्ष सीप सिकेर विदेशिने क्रम बढ्दो
सोमबार, चैत १२, २०८०

काठमाडौं– चालु आर्थिक वर्षको आठ महिनामा रोजगारीका लागि विदेशिने नेपालीमध्ये साढे ७१ प्रतिशत सीपयुक्त (दक्ष) रहेको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म सीप सिकेर विदेश जाने नेपाली श्रमिकको संख्या तीन लाख ३५ हजार ५९६ जना रहेको छ । यो उक्त अवधिमा रोजगारीका लागि विदेशिने कूल श्रमिक संख्याको ७१.६८ प्रतिशत हो ।

विभागको तथ्यांकअनुसार चालु आवको आठ महिनामा श्रम स्वीकृति लिएर विदेशिनेको संख्या चार लाख ६८ हजार १३५ जना रहेको छ । जसमध्ये ५२ हजार २६७ जना महिला रहेका छन् । उक्त अवधिमा सीप सिकेर विदेशिने महिलाको संख्या भने ३२ हजार १०७ जना रहेको छ ।

सीप सिकेर विदेशिने नेपाली साउन महिनामा ३८ हजार ७४५ जना थिए । भदौमा ३५ हजार ८१०, असोजमा ३८ हजार ७३८, कात्तिकमा ३० हजार ८३२, मंसिरमा ४९ हजार ८५, पुसमा ४८ हजार १६१, माघमा ४५ हजार ६४८ र फागुनमा ४७ हजार ५७७ जना सीपयुक्त श्रमिक विदेशिएको विभागको तथ्यांकमा देखिन्छ ।

Hardik health

समीक्षा अवधिमा ३८ हजार २५२ जना अर्धदक्ष श्रमिक रोजगारीका लागि विदेशिएका छन् । पेसागत दक्षता हासिल गरेका एक हजार १२६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । फागुन मसान्तसम्मको आठ महिना अवधिमा विशिष्ट दक्षता (विशेषज्ञता) हासिल गरेका ४१७ जना पनि विदेशिएका छन् ।

यस अवधिमा ठूलो संख्यामा अदक्ष श्रमिक पनि रोजगारीका लागि विदेशिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । फागुन मसान्तसम्म ९३ हजार ७७४ जना अदक्ष (कोरा) श्रमिक विदेशिएका छन् । यो उक्त अवधिमा श्रम स्वीकृति लिएर विदेशिनेको २८ प्रतिशत हो ।

गत आव २०७९÷८० मा विशिष्ट दक्षता हासिल गरेका श्रमिकका रुपमा २५७ जना, पेसागत दक्षता भएका श्रमिक एक हजार १५३ र सीपयुक्त दक्ष श्रमिक पाँच लाख छ हजार ५४६ जना रोजगारीका लागि विदेशिएका थिए । यस्तै गत वर्ष ६० हजार ५५५ जना अर्धदक्ष र दुई लाख दुई हजार २१६ जना अदक्षका श्रमिकका रुपमा विदेश गएका थिए ।

सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेयता सीप सिकेर विदेश जाने श्रमिकको संख्या बढ्दो क्रममा रहेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । उनका अनुसार पछिल्ला आर्थिक वर्षहरुमा वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको संख्या क्रमशः घट्दै गइरहेको छ । ‘सीप विकास तालिम अनिवार्य हुँदाहुँदै पनि यसको कार्यान्वयनमा कठिनाइ भएका कारण अझै पनि ठूलो संख्यामा अदक्ष श्रमिक रोजगारीका लागि विदेश गइरहेका छन्,’ महानिर्देशक घिमिरेले भने । 

 


प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP