Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
विचार
  • Home
  • विचार
  • कर्णाली: धरोहर–मनोहर 
कर्णाली: धरोहर–मनोहर 
प्रा.डा. राजाराम सुवेदी
प्रा.डा. राजाराम सुवेदी बिहीबार, चैत १, २०८०

कर्णाली प्रदेशलाई जहिले पनि निर्धो, पछौटे, अविकसित, प्रोत्साहन नपाएको, ठगिएको, केन्द्रबाट उपेक्षित, विकासको गतिमा पछि परेको, सभ्यताको दौडमा पछि परेको, गरिबीले सताइएको, उत्पादनमा न्यूनता भएको, जस्ता विशेषणहरुले पहिचान गराउँदै आइएको छ । तर कर्णालीका उज्याला पक्षका बारेमा मानिसको दृष्टिकोण सकारात्मक रुपले मूल्यांकन गर्ने गरेको कमै भेटिन्छ । ‘जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ’ भनेझैँ कर्णालीका अनगिन्ति पक्षहरु ज्यादै भरपर्दा र गौरवलाग्दा छन् ।

कर्णाली प्रदेशको बृहत् स्वरुप भन्नाले राप्ती नदीदेखि महाकाली नदीसम्मको भूभागलाई बुझाउँछ । तर आधुनिक नेपाललाई सात प्रदेशमा विभाजन गर्दा कर्णाली प्रदेशको आकार सानो बन्न गएको छ । त्यसपूर्व पञ्चायतकालभर महाकाली, कर्णाली र भेरी अञ्चल भन्ने छुट्टै प्रशासनिक एकाइहरु थिए । कर्णाली प्रदेशलाई जहिले पनि निर्धो, पछौटे, अविकसित, प्रोत्साहन नपाएको, ठगिएको, केन्द्रबाट उपेक्षित, विकासको गतिमा पछि परेको, सभ्यताको दौडमा पछि परेको, गरिबीले सताइएको, उत्पादनमा न्यूनता भएको, जस्ता विशेषणहरुले पहिचान गराउँदै आइएको छ । तर कर्णालीका उज्याला पक्षका बारेमा मानिसको दृष्टिकोण सकारात्मक रुपले मूल्यांकन गर्ने गरेको कमै भेटिन्छ । ‘जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ’ भनेझैँ कर्णालीका अनगिन्ति पक्षहरु ज्यादै भरपर्दा र गौरवलाग्दा छन् ।

मानिसको स्वभाव सकारात्मकभन्दा नकारात्मकतातिर छिटो आकर्षित हुँदा अरूको टीकाटिप्पणीमा समय खेर फाल्ने गरेको देखिन्छ । हाम्रा सञ्चार समूह, पत्रकार तथा लेखक महोदयहरुले पनि सकारात्मकताभन्दा नकारात्मक, सिर्जनाभन्दा ध्वंश, उन्नतिमाभन्दा अरूले दुःख सुखपूर्वक गरेको प्रगतिमाथि नकारात्मक पक्षलाई दृष्टि दिने हुनाले समाजमा असन्तोषको विजारोपण विद्यालय तहदेखि हुँदै गएको पाइन्छ । बरू त्यसलाई सुझाव, समाधान, निर्देशन, सन्देश, निर्माणात्मक, सिर्जनात्मक, सुधारात्मक र सुखद परिणाम निस्कने उपायहरुको मार्ग प्रदान गर्न सकेमा समाजमा आपसी द्वेष कम हुन सक्ने, समाजमा सुख शान्ति र अमनचयन कायम हुन सक्ने देखिन्छ । यसै प्रसंगमा कर्णाली प्रदेशमा के–कस्ता अमूल्य सम्पदाहरुको अवस्थिति छ त ? त्यस बारेमा संक्षेपमा चर्चा गर्नु सान्दर्भिक नै हुने छ ।

मूर्त सम्पदाः
कर्णाली प्रदेश भन्नेबित्तिकै भौगोलिक विकटता, जैविक विविधता मनोरम प्राकृतिक स्थलहरुको चित्र, मानव सभ्यता तथा सांस्कृतिक वैभवको स्मरण मानसपटलमा आइहाल्छ । मध्यकालीन कर्णाली प्रदेश वर्तमानकालमा राज्यको पुनर्संरचनाका क्रममा राजनीतिक सीमाको बाँडफाँडका कारण ५ नं. प्रदेशको केही भाग, प्रदेश नं ६ र ७ को पूरै भाग पर्दछ ।

Hardik health

हाम्रो अध्ययन बृहत् कर्णाली प्रदेशको रहेको छ र यस प्रदेशलाई हिमाली, उच्च पहाडी र केही तराई भागले ओगटेको छ, त्यसै विकटताका कारणबाट हुन सक्छ, विकासको गतिमा नेपालका अन्य प्रदेशहरुका तुलनामा यस प्रदेशले त्यति फड्को लिन नसकेको देखिन्छ । तर वास्तवमा बुझेर अध्ययन गर्ने हो भने प्राकृतिक तथा सांस्कृतिक वैभवका दृष्टिबाट यो प्रदेश निक्कै सम्पन्न मानिन्छ । अझ भन्नु पर्दा यो प्रदेशलाई प्रच्छन्न प्राकृतिक र सांस्कृतिक सम्पदाको भण्डार भने पनि अतिरञ्जित हुने छैन ।

प्राकृतिक सम्पदा भन्नासाथ यस प्रदेशमा रहेका नदी, झरना, तालतलैया, लेकाली भाग, हिमाली भाग, हिमाली घाँटीहरु, हिँउपहिराहरु, प्राकृत ज्वालाहरु, खनिजहरु, जंगल, हिमनदी, हिमताल, माटो, चट्टान, धरातल, तातोपानी, हिमचुचुरा, जीवजन्तु, प्राकृतिक बोटहरु (जडीबुटीहरु) र मानवोपयोगी खेतीपाती, जलस्रोत, प्राकृत कच्चापदार्थमा आधारित उद्योग, वातावरणीय प्रयोग, हावाहुरी, घाम, झरी, बादल, प्राकृत कोप तथा यसको परिणाम आदि पर्दछन् ।

सांस्कृतिक सम्पदा भन्नाले मानवले निरन्तर अभ्यास गरेका, निर्माण गरेका, आफ्ना पूर्वजहरुले मनाइ आएका रीतिरिवाजहरु, चाडपर्व, मेला, जात्राहरु, पूजा, स्मृतिस्वरुप आवृत्ति गरिएका लोक चलन, भजन र लौकिक परम्पराहरु, गेय, नृत्य, हावभावहरु, पारम्पारिक संगीत र वाद्यवादनका उपकरणहरु, प्राचीन वस्त्राभूषण, तथा युद्धका उपकरणहरु, वीरपूजाको परम्परा, दैनन्दनि प्रयुक्त सामग्रीहरु, खाद्य परिकारहरु, समुदायिक, जातीय, वर्गीय शिष्टाचार र मर्यादाहरु, स्वतस्फूर्तरुपमा यथारुपमा संरक्षित जीवित परम्पराहरु नै यस प्रदेशका अमूल्य निधिहरु मानिन्छन् । यी सम्पदाहरु केवल सांस्कृतिक सम्पदामात्र नभई पर्यटकीय गन्तव्यस्थलका रुपमा पनि उच्च मानिन्छन् ।

अमूर्त सम्पदाः
संस्कृतिले प्राचीन मानव सभ्यताको प्रतिनिधित्व गरेको पाइन्छ । प्रत्येक क्षेत्रका मानवको सभ्यता त्यस भेगका बासिन्दाको जातजाति, समुदाय, रीतिरिवाज, लुगा, परिधान, खानपानजस्ता सांस्कृतिक निधिहरुबाट निर्देशित भएको समय सीमालाई प्रतिनिधित्व गरेको हुन्छ । नेपाली इतिहासको प्राचीनकाल, पूर्वमध्यकाल, उत्तरमध्यकाल र आधुनिककालमा नेपाली संस्कृतिको विकास क्रमबद्धरुपमा भई आएको छ । त्यसै सन्दर्भमा कर्णाली प्रदेशमा पनि आफ्नै मौलिक किसिमको संस्कृति भौगोलिक धरातलका आधारमा विकसित हुँदै आएको देखिन्छ ।

कर्णाली प्रदेशमा शिक्षित वर्गले (ब्राह्मण) पनि कृषि, पशुपालन, व्यापार, उद्योग आदि गरेका, क्षत्रीयले व्यापार, जंगीतर्फको जागिर, पशुपालन, ठेक्कापट्टा, लेखापढी, सभामा न्याय दिने आदि गर्दथे । वैश्य जातिको काम सबैले गरिआएको व्यावसायिक काम गर्दथे भने शुद्रहरुले आ–आफ्ना पुर्खाहरुले गरिआएको समाजसेवाको काम गर्दथे । त्यो परम्परा वर्तमानकालसम्म पनि केही हदसम्म कायमै रहेको पाइन्छ । आजकल शुद्र जातिले गर्दै आएको कलाकारिताको काम तागाधारीले गरिआएको र आफ्नै पैतृक पेसा गरिआएकाहरु त्यसबाट जीविका नहुने देखेर पेसा परिवर्तन गरेर आर्जनमुखी पेसा अँगाल्न थालेका छन् ।

पुरोहित वर्गले परम्परागत पेसाका साथै क्षत्री, वैश्य र शुद्रवत् पेसा अंगीकार गरेको देखिन्छ । यद्यपि उनीहरुले आफ्नो परम्परागत संस्कृतिलाई पूर्णतः परित्याग गरेका भने छैनन् । उदाहरणका लागि नवजात शिशुको नामकरण, पास्नी, चुडाकर्म, व्रतबन्ध, विवाह, मृत्यु संस्कार आदिलाई लिन सकिन्छ । र, सबै जातजातिले पनि ती संस्कारहरुलाई मान्यता गर्दै आएका हुनाले सबैको संस्कारमा समानताको पुट पाइन्छ । वर्तमानकालमा सबैजसो जाति धूमपान, मद्यपान, लागुऔषध सेवन, कुवृत्ति र कुनियत हटाउनमा लागि परेका देखिन्छन् ।

त्यस कार्यमा राजनीतिक दलहरुले पनि सहयोग पु¥याउनुपर्ने कुरा पनि सबैले महसुस गरेका छन् । पहिलेका पुर्खाहरुकाझैँ साह्रै दुःख गर्न छोडेर सुखको बाटो लाग्न खोज्नु परिवर्तित मानवीय स्वभाव नै हो । पहिलेका शासक, सामन्तीहरु, भारदार र सम्भ्रान्त जातिहरुको धनीमानी व्याभिचारी प्रवृत्ति, तस्करहरुको चरित्र, क्रमशः उदांगो हुँदै गएका छन् र समाजमा परिश्रम गरेर खानुपर्ने कुराको वातावरण बनिरहेको देखिन्छ ।

पुरुषप्रधान समाजमा पनि नारीहरुको योगदानको मूल्यांकन गर्न थालिएको र नारीहरुले आदिमकालबाट समाजको अस्तित्वका निम्ति गरेको सहनशीलता र परिश्रमको मूल्यांकन हुन थालेको छ । कर्णाली प्रदेशमा मध्यकालमा आफ्ना सन्तानलाई बेच्ने, बाँधा राख्ने, छोरी बेच्ने, बुहारी किन्ने, देवकी चढाउने, जारी तिर्ने, बालविवाह गर्ने,  राक्षशी विवाह गर्ने, बादीबदेनी, भाँडभँडेनी भनी नीच पेसामा धकेल्ने जस्ता परम्पराहरुको प्रायः उन्मूलन भइसकेको अवस्था आएको छ । कन्याले आफ्नो वर आफैंले रोज्न पाउने, मनपरेकासँग विवाह गर्न पाउने आदिम वैदिककालीन समाजको प्रचलन बढ्दै नयाँ युगको उदय कर्णाली प्रदेशमा पनि भइरहेको छ । 

कर्णली प्रदेशमा आधुनिक शिक्षाको प्रचार तीव्र गतिमा भइरहेको छ र सबै जातिका बालबालिका विद्यालय र महाविद्यालयमा पढ्न गएका छन् । तर ती सबैले आ–आफ्ना घरपरिवार, छरछिमेक र इष्टमित्रबाहेक सांस्कृतिक शिक्षा आर्जन गर्नर अवसरलाई सरकारले पाठ्यक्रमबाट झिकेर, वञ्चित गर्दै गरेकोले गम्भीर चिन्ताको विषय भइरहेको छ ।

अब आएर नेपालका सातै प्रदेशहरुले आफ्नो प्रदेशव्यापी शिक्षाको मौलिक पाठ्यक्रमा निर्माण गर्दा आफ्नो पारम्पारिक, वैज्ञानिक, प्रमाणिक संस्कृतिलाई पुनः समावेश गर्नुपर्ने अपरिहार्यता भएको देखिन्छ । कर्णाली प्रदेशमा ब्राह्मण, ठकुरी, क्षत्री, भाट, धामी, दशनामी, सन्यासी, कनफट्टा, पावै, हुम्ली, ख्याम्पा, जाड्या, नेवार, थारु, गुराउ, धानुक, मुसहर, बिटालू (सुनार, कामी, सार्की, ढोली, डुम्, पातर, पार्की, ओड, चुनारा, वर्तमानमा दलित मानिएका), मिञा, आदिको बसोबास रहेको छ र तीमध्ये संख्याको दृष्टिबाट विचार गर्दा ब्राह्मण र ठकुरीको संख्या बढी नै छ । त्यसो हुनुको कारण कर्णाली प्रदेश मूलतः प्राचीनकालबाटै खसान क्षेत्र हुनाले नै हो । 

त्यस प्रदेशमा बसोबास गर्ने अल्पसंख्यकको आवादीमा दशनामी, सन्यासी, कनफट्टा, पातर र भाटहरु रहेका छन् । यस प्रदेशमा विविध हावापानी, धरातलीय भिन्नता तथा संस्कृतिक विविधताका कारण मानिसको पेसा, परिधान, शारीरिक बनोट, रूप, रङ, आनिबानी, लेनदेन, बिहाबारीको किसिम पनि एक आपसमा पृथक रहेको पाइन्छ । त्यस प्रकारको पार्थक्यमा एक जातिको स्वभाव, संस्कार, भाषा, जीवनवृत्ति, पेसा, शिष्टाचार, नित्य प्रयोगका सामानहरु, स्थानीय देवीदेवताहरु, पूजापाठ, अर्चना विधि, कुलपूजा, दोषवयू, गृहदेवता, पेसा, मन्दिरको वनोट, घर र टोलको वनोट, जनविश्वास, क्षेत्र, गहना र भेषभूषा, विवाह पद्धति आदिमा आपसमा केही भिन्नता भएको महसुस गर्न सकिन्छ ।


कर्णाली प्रदेशमा बसोबास गर्नेहरुबीच एकता बनाइरहने तŒव हो, सबैका साझा देवता मष्टा कुलदेवताको मान्यता । ती कुलदेवता मष्टाले मानव जीवनमा आइपर्ने प्रत्येक पक्षमा सहयोग गर्दछन्, उदाहरणका लागि भूत, प्रेत भँयाउनी लागेमा, पैशाचिक प्रकोप भएमा, चौपायाको धन वृद्धि गर्ने इच्छा भएमा, रोगव्याधीले अत्याएमा औषधिमुलो गर्नुपरेमा, खेतीबालीबाट सहकाल ल्याउनु परेमा, अतिवृष्टि, अनावृष्टि रोक्नु परेमा, सन्तान नभएमा, असल सन्तान बनाउनु परेमा, विदेसिएका आफन्तको निधो, पत्ता तथा छिटो घर फर्काउनु परेमा, र चारैतिर शुभ हुनका निम्ति र त्यसबाट छुटकारा लिन, चोखी नीतिपूर्वका श्री मष्टा देवताको पर्वमा र आवश्यक परेका बेलामा, विधिवत् पूजा गर्ने, मष्टाका धामी बसाल्ने, धामी पतुर्न लगाएर उनका मुखबाट देवभाषामा आशीर्वाद लिने र उनले देवता चढेको बेलामा देवभाषामा व्यक्त गरेका कुरा जस्ताको तस्तै पालना गरिनु र अपेक्षित सुधार हुँदै जानु आदि हुन् ।

(इतिहासकार तथा प्राध्यापक डा. सुवेदीले ‘कुडा कर्णालीका’ मा व्यक्त विद्वत प्रवचन । प्रवचनको बाँकी अंश अर्को अंकमा प्रकाशन गरिने छ ।– सं)
 


प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
थप विचार
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत्
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत् आइतबार, कात्तिक ९, २०८२
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन सोमबार, कात्तिक ३, २०८२
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार 
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार  सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP