Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
  • #नेपाली_कांग्रेस
Search Here
विश्व
  • Home
  • विश्व
  • तेस्रो वर्षमा पुग्दै रूस–युक्रेन युद्ध
तेस्रो वर्षमा पुग्दै रूस–युक्रेन युद्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १३, २०८०

एजेन्सी - शनिबार रूसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पूरा भएको छ र पश्चिमा सहायताको अभावका कारण यो बर्ष युक्रेन कमजोर देखिएको छ भने रूस नयाँ लाभबाट उत्साहित भएको छ । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४, २०२२ को बिहानै ‘विशेष सैन्य अभियान’ को घोषणा गर्दा धेरैले केही दिनभित्रै मस्कोले युक्रेनविरूद्ध विजय गर्ने अनुमान गरेका थिए । तर युक्रेनले अहिलेसम्म रूसी आक्रमणको प्रतिकार गर्दै कतिपय स्थानबाट रूसी सेनालाई पश्चगमनगर्न बाध्य बनाएको छ । 

तर युक्रेनले सन् २०२३ को प्रत्याक्रमण अनपेक्षित असफल भएपछि धक्का खाएको छ । यो उसलाई आफ्ना सहयोगीले युद्धका लागि प्रतिवद्धता गरे अनुसारको हतियार र आर्थिक सहयोगको अभावका कारण भएको रूस–युक्रेन युद्धबारे नजिकबाट जानकारी राख्ने विश्लेषकहरूले बताएका छन् । 

रूसी सेनाले युद्ध उत्पादनको वृद्धिका कारण शक्तिको स्थिति निर्माण गरेको छ, जबकि युक्रेनका सैनिकहरूसँग जनशक्तिको कमी छ र तोपखाना र हवाई प्रतिरक्षाको लागि पश्चिमी–आपूर्ति गरिएको गोलाबारूदको यथेष्ठ आपूर्ति नहुँदा सुस्त गतिमा रक्षात्मक लडाइ लडिरहेको छ । 

Hardik health

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार आपूर्तिसम्बन्धी निर्णय ‘प्राथमिकता’ हुनुपर्ने बताएका छन् ।युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनलगायत पश्चिमा नेताहरूले युक्रेनको ‘असाधारण प्रतिरोध’को प्रशंसा गर्दै शनिबार कीएभ आइपुगेका छन् । 

तर अमेरिकी कङ्ग्रेसले ६० अर्ब अमेरिकी डलरको सहायता कार्यक्रम रोकेपछि युक्रेनका लागि समग्र तस्वीर अन्धकारमय बनेको छ । यो प्रतिज्ञा गरिएको सहयोगको आपूर्तिको ढिलाइको शीर्षस्थानमा आएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन सांसदहरूलाई थप अनुदान नरोक्न पुनः आह्वान गर्दै ‘इतिहासले पर्खिरहेको’ र ‘यस महत्वपूर्ण घडीमा युक्रेनलाई समर्थन गर्न असफल भएको दिन’ नबिर्सिइने दोहोराउनुभएको छ । 

–युद्ध नै दैनिकी –

रुसले पूर्वमा कडा आक्रमण गरिरहेको छ र फेब्रुअरी १७ मा डोनेट्स्क नजिकैको मारिङ्का शहरले अति बलियो किल्ला भएको शहर अभ्दाइभ्का कब्जा गरेपछि पछिल्लो आक्रमणको केन्द्रविन्दु बनेको छ ।युक्रेनको अर्थव्यवस्थामा पोलिश किसानहरूको सीमा नाकावन्दीले पनि असर पारेको छ जुन कीएभले निर्यातलाई खतरामा पारेको र हतियारको आपूर्ति रोकेको बताएको छ ।

कीएभमा, मनोदशा डरलाग्दो छ तर अझै पनि युक्रेनीहरूले भनेका छन् उनीहरू युद्धसँग अभ्यस्त भइरहेका छन् ।“युक्रेनका महिलाहरूका लागि, हाम्रा पतिहरूका लागि, हाम्रा छोराछोरीहरूका लागि, हाम्रा बुबाहरूका लागि, यो हृदयको पीडा हो,” कीएभका पोषणविद् ओल्गा बायर्कोले भने। उनल भने, “म वास्तवमा यो जतिसक्दो चाँडो अन्त्य होस् भन्छु ।”

अठ्तीस वर्षीय व्यवसायी युरी पासिच्निकले एएफपीसँग भने, “युक्रेनीहरूले यससँग बाँच्न सिकेका छन् । अब युद्ध हाम्रो दैनिकी भएको छ ।”कोस्टियनटाइन गोफम्यान, ५१, ले ‘थप हतियारको माग गर्दै यो दुष्ट आत्मालाई आफ्नो भूमिबाट भगाउन र युक्रेनको पुनर्निर्माण सुरु गर्न सहकार्य हुनुपर्नेमा जोड दिए । 

विश्व बैंक, युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घ र युक्रेनी सरकारको पछिल्लो अनुमानअनुसार रूसको आक्रमणबाट ध्वस्त भएका शहर र शहरहरूको पुनर्निर्माण गर्न युक्रेनलाई लगभग आधा ट्रिलियन डलर आवश्यक पर्छ । युक्रेनले करिब ५० हजार सर्वसाधारण मारिएको अनुमान गरेको छ ।

विस्फोट छल्दै हिँड्नुपर्ने बाध्यता 

कुनै पनि पक्षले सैनिक मृत्यु र घाइतेको सङ्ख्या सार्वजनिक गरेका छैनन् भने दुवै पक्षले ठूलो क्षति पु¥याएको दाबी गरेका छन् ।अगष्ट २०२३ मा द न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै युक्रेनको ठूलो सैन्य क्षति (७० हजारको मृत्यु र एक लाख देखि एक लाख २० हजारसम्म घाइते) भएको उल्लेख गरेको थियो । 

गत डिसेम्बरमा सार्वजनिक भएको अमेरिकी गुप्तचर निकायले तीन लाख १५ हजार रूसी सैनिक मारिएको वा घाइते भएको सङ्केत गरेको थियो ।रूसी रक्षामन्त्री सेर्गेई शोइगुले युक्रेनमा मस्कोको सेनासँग हालै भेटेको र सेनाको अनुपातका आधारमा फाइदा आफ्नो पक्षमा रहेको बताउनुभएको छ । उहाँलाई रूसी सेनाले अभ्दाइभ्कालाई नियन्त्रणमा लिएपछि ‘आफ्नो प्रगति जारी रहेको’ बारेमा पनि जानकारी गराइएको थियो ।

शोइगुलाई दिइएको रिपोर्टमा भनिएको छ, “युक्रेनी सेनाहरूको सङ्ख्या र बाहिरको सङ्ख्या कम छ त्यसैले पूर्वी मोर्चामा युक्रेनको मनोबल कमजोर छ त्यसैले उनीहरू रूसी सेनालाई जमीन सुम्पिदैछन् ।”बखमुत नजिकैका एक सैनिकले नाम नबताउने शर्तमा भने, “हामीसँग हतियार (गोलावारूद) सकिइसकेको छ र रूसीहरू आइरहन्छन् । हाम्रा धेरै साथीहरू घाइते भएका छन् वा त्योभन्दा पनि खराब अवस्थामा छन् । सबै कुरा झन् झन् बिग्रँदै गएको छ ।”

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका लागि तत्काल आवश्यक तोपखानाको गोलाबारुदको उत्पादन बढाउन २४ करोड ५० लाख पाउन्ड (३१ करोड १० लाख अमेरिकी डलर) को नयाँ रक्षा प्याकेजको घोषणा गरेकाे छन् । मस्कोले आफ्नो हतियार उत्पादनमा व्यापक वृद्धि गरेको छ र इरानबाट ड्रोन खरिद गरेको छ । रूसले उत्तर कोरियाली क्षेप्यास्त्रहरू प्रयोग गरेको पुष्टि भएकोे कीएभले दावी गरेको छ । 

जेलेन्स्कीले गत डिसेम्बरमा सेनाले थप पाँच लाख सैनिक परिचालन गर्न चाहेको बताउनुभएको थियो । जनपरिचालनलाई व्यापक बनाउने विधेयकले जनमानसमा व्यापक त्रास पैदा गरेको छ ।यस द्वन्द्वले रूसलाई पश्चिमबाट अझ बढी अलगावतर्फ धकेलेको छ, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले धेरै प्रतिबन्धहरू लगाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनको ‘वार मेसिन’ रोक्न निरन्तर दबाब दिने र पुटिनका सबैभन्दा मुखर आलोचक एलेक्सी नाभाल्नीको साइबेरियाको जेलमा गत हप्ता भएको मृत्युका लागि पनि मूल्य तोक्न माग गर्दै रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेका छन् ।यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शनिबार बिहान आफ्ना रूसी समकक्षीलाई युद्धलाई लिएर ‘युरोपेलीहरूको थकानमा भरोसा नगर्न’ आग्रह गर्दै फ्रान्सले कीएभलाई गरेको समर्थन ‘डगमगाउने छैन’ भनी प्रतिज्ञा गरेका छन् । 

यद्यपि पुटिनले रूसी सेनालाई ‘सच्चा राष्ट्रिय नायक’ को संज्ञा दिएका  छन् । उनले युद्धका वर्षहरू देशभक्ति जगाउन र असहमतिमाथि अझ कठोर दमन गर्न प्रयोग गरेका छन् । युद्धको विरोधमा आवाज उठाउने साहस थोरैले मात्र गरेका छन् ।विपक्षी नेता नाभाल्नीको निधनले पुटिनका कट्टर प्रतिद्वन्द्वीलाई हटाएको छ र उनले अर्को महिना हुने चुनावमार्फत् आफ्नो कार्यकाल लम्ब्याउने तयारीलाई पक्का गरेका छन् ।
 
मस्कोको सडकमा हिँडिरहेका अधिकांश मानिसहरूसँग गरिएको सर्भेक्षणमा युक्रेनमा लडिरहेका रूसी सैनिकलाई आफ्नो समर्थन रहेको एएफपीसँग उनीहरूले बताएका थिए ।“मलाई हाम्रा मानिसहरूप्रति गर्व छ”, वातावरण इन्जिनियर २७ वर्षीया नादेज्दाले भने, “निःसन्देह म उनीहरूका लागि चिन्तित छु, तर यो सुखद अनुभूति हो कि उनीहरूले राम्रो गरिरहेका छन्, उनीहरू त्यहाँ हाम्रो देशको लागि लडिरहेका छन् ।”

वैकल्पिक राय दिने थोरै व्यक्तिहरूमध्ये एक वेटरको रूपमा काम गर्ने नाटक शिक्षक कोन्स्टान्टिन ले भने प्राय रूसीकोभन्दा भिन्न विचार राख्दै भने, “म कुनै पनि युद्धको विरुद्धमा छु । दुई वर्ष बितिसकेको छ र मानिसहरू एकअर्कासँग कुरा गर्न सक्दैनन् र अझै पनि युद्धमा छन् । यसले मलाई रिस उठ्छ ।

 


प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP