क्यूएनए– इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रहरूमा छापा मार्ने र पक्राउ गर्ने अभियान सुरु गरेको छ ।
स्थानीय स्रोतका अनुसार, सेनाले बेथलेहेम, नब्लस र तुलकार्मका धेरै क्षेत्रहरूमा आक्रमण गरी धेरै प्यालेस्टिनीहरूलाई हिरासतमा लिएका छन् । नाब्लुस, कब्जा गर्न सिपाहीहरूलाई सहरको वरपर ठुलो सङ्ख्या तैनाथ गरिएकका कारण भिडन्त निम्त्याएको जनाईएको छ ।
सेनाले उत्तरी जोर्डन उपत्यकामा प्यालेस्टिनी कृषि क्षेत्रमा आक्रमण गरेका छन् भने अल–फारसिया क्षेत्रमा सिँचाइ सञ्जाललाई तोडफोड गरेका छन् । आक्रमणहरूको क्रममा स्थानीय प्यालेस्टिनी किसानहरूलाई आफ्नो जग्गा त्याग्न दबाब दिने तथा जानाजानी सिँचाइ प्रणालीलाई तोडफोड गर्ने गरेका थिए ।
वेस्ट ब्याङ्कक्षेत्रमा इजरायली सेनाद्वारा बढ्दो अभियानको क्रममा प्यालेस्टिनी शहरहरूको प्रवेशद्वारमा कडा सैन्य परिचालनको साथसाथै छापा, सम्पत्ति क्षति, र आवासीय क्षेत्रमा निरन्तर आक्रमण गरिएको छ ।