Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पद्वारा शिखर सम्मेलनमा मध्य एसियाको ‘अविश्वसनीय क्षमता’को प्रशंसा
ट्रम्पद्वारा शिखर सम्मेलनमा मध्य एसियाको ‘अविश्वसनीय क्षमता’को प्रशंसा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २१, २०८२

एएफपी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पहिलो पटक मध्य एसियाका सबै पाँच राष्ट्रका नेताहरूलाई ह्वाइट हाउसमा स्वागत गरका छन्  । यो बैठक उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसँग छुट्टाछुट्टै शिखर सम्मेलन गरेपछि भएको हो ।

पश्चिमी मुलुकहरूले स्रोतसम्पन्न यस क्षेत्रमा आफ्नो चासो बढाइरहेका बेला मस्कोको युक्रेनमाथिको आक्रमणपछि त्यसको परम्परागत प्रभावक्षेत्रमा प्रश्न उठेका छन् । यसबीच चीन पनि यहाँको एक प्रमुख खेलाडीका रूपमा देखा परिरहेको छ । रात्रिभोजअघि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने,'हामी हाम्रो आर्थिक साझेदारी सुदृढ गर्दैछौँ, सुरक्षा सहयोग विस्तार गर्दैछौँ र आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदैछौँ ।' उनले कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका राष्ट्रपतिहरूसँगको ‘सी ५+१’ शिखर सम्मेलनमा दुर्लभ खनिजहरूको ‘अविश्वसनीय महत्त्व र क्षमता’ को प्रशंसा गरे ।

उहाँले सामाजिक सञ्जालमार्फत उज्बेकिस्तानसँग ‘अविश्वसनीय व्यापारिक तथा आर्थिक सम्झौता’ भएको घोषणा गर्दै तासकन्दले आगामी तीन वर्षमा करिब ३५ अर्ब अमेरिकी डलर र एक दशकमा एक खर्ब डलरभन्दा बढीको लगानी उड्डयन, खनिज, कृषि र सूचना प्रविधि क्षेत्रहरूमा गर्ने घोषणा गरे । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) दुवै यस क्षेत्रका विशाल, तर अझै पनि प्रायः अप्रयुक्त प्राकृतिक स्रोतहरूतर्फ आकर्षित भएका छन् । उनीहरू आफ्नो दुर्लभ पृथ्वीका स्रोतहरू विविधीकरण गर्न र चीनमाथिको निर्भरता घटाउन इच्छुक छन् ।

Hardik health

कजाकिस्तान विश्वकै सबैभन्दा ठूलो युरेनियम उत्पादक हो भने उज्बेकिस्तानसँग विशाल सुन भण्डार छ र तुर्कमेनिस्तान ग्यासमा धनी देश हो । पर्वतीय किर्गिस्तान र ताजिकिस्तानले पनि नयाँ खनिज भण्डारहरू पत्ता लगाइरहेका छन् । यद्यपि कठोर भूभाग र सीमित पूर्वाधारका कारण ती स्रोतहरूको दोहन चुनौतीपूर्ण रहेको छ ।
लगभग युरोपेली सङ्घ (इयु) जत्तिकै ठूलो तर करिब सात करोड ५० लाख जनसङ्ख्या भएको मध्य एसिया भू–आवेष्ठित क्षेत्र हो, जसलाई मरुभूमि र हिमशृङ्खलाहरूले घेरेका छन् । यो उत्तरमा रुस, पूर्वमा चीन र दक्षिणमा इरान तथा अफगानिस्तानबीच अवस्थित रहेको छ ।

राष्ट्रपति ट्रम्पका समकक्षीहरूले पनि उनको प्रशंसा गर्न हिच्किचाएनन्। कजाख राष्ट्रपति कासिम–जोमार्ट टोकायेभले भने,'तपाईं महान नेता हुनुहुन्छ, राजनीतिज्ञ हुनुहुन्छ र हामी सबैले मूल्य दिने परम्परागत सोच र सामान्य ज्ञान फर्काउन स्वर्गले पठाउनुभएको हो ।' त्यस्तै, उज्बेकिस्तानका राष्ट्रपति सावकत मिर्जियोयेभले पनि भने,'यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले मध्य एसियालाई तपाईंजस्तो सम्मानका साथ व्यवहार गर्नुभएको थिएन । उज्बेकिस्तानमा हामी तपाईंलाई ‘विश्वका राष्ट्रपति’ भन्छौँ ।'

सन् १९९१ मा सोभियत सङ्घबाट स्वतन्त्रता प्राप्त गरेका यी पाँच देशले अहिले कूटनीतिक रूपमा एक साझा मोर्चा बनाइरहेका छन् । चीनले कजाकिस्तान, किर्गिस्तान र ताजिकिस्तानसँग सीमा साझा गर्दै यहाँ विशाल पूर्वाधार परियोजनाहरूमा लगानी गर्दै आएको छ, जसले त्यसलाई क्षेत्रीय प्रमुख आर्थिक साझेदारका रूपमा स्थापित गरेको छ । यद्यपि, युक्रेनमाथिको आक्रमणपछि मस्कोप्रतिको विश्वास घटेको देखिन्छ ।

यसैबीच, कजाकिस्तानले इजरायल र मुस्लिम राष्ट्रहरूबीचको अब्राहम सम्झौतामा सामेल हुने घोषणा गरेर दिनको सबैभन्दा ठूलो समाचार बनायो । सन् २०२० मा संयुक्त अरब इमिरेट्स, बहराइन, मोरक्को र सुडानले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेका थिए । कजाकिस्तान त्यसपछि सामेल हुने पहिलो देश बन्नेछ । अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले यस कदमले शान्ति पहलमा नयाँ ‘गति र आशा’ ल्याउने बताए  ।

तर, अधिकार समूहहरू भने यस क्षेत्रका अधिनायकवादी शासनप्रति ट्रम्प प्रशासनको सौम्यता र मौनतामाथि चिन्तित छन् । ह्युमन राइट्स वाचले विज्ञप्तिमा भनेको छ,'यस बैठकमा सहभागी सबै देशहरूले असहमतिहरूलाई दबाउने, मिडियालाई नियन्त्रण गर्ने र आलोचकहरूमाथि कारबाही गर्ने प्रवृत्ति बढाएका छन् ।' राष्ट्रपति ट्रम्पले भने आर्थिक साझेदारी र सुरक्षा सहयोगलाई प्राथमिकता दिँदै मध्य एसियालाई ‘भविष्यको लागि असाधारण सम्भावनाको केन्द्र’ का रूपमा चित्रण गर] ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP