एएफपी– इरानले लेबनानमा भएको इजरायली आक्रमणलाई 'बर्बरता'को संज्ञा दिदै शुक्रबार कडा निन्दा गरेको छ ।
विज्ञप्ति जारी गर्दै इरानी विदेश मन्त्रालयले 'संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय देशहरूलाई इजरायलको बर्बरताको सामना गर्न' आग्रह गर्दै आक्रमणको क्रममा ज्यान गुमाएका लेबनानी नागरिकहरू प्रति समवेदना' व्यक्त गरेको छ ।
इजरायलले सन् २०२४ नोभेम्बरमा लेबनानसँग युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको थियो । इजरायलले पछिल्लो आक्रमणको उद्देश्य गत वर्ष नेता हसन नस्रल्लाहको हत्यासहित ठुलो क्षति बेहोरेपछिको प्रतिसोध स्वरुप भएको जनाएको छ ।
\हेजबुल्लाहको प्रमुख समर्थक तेहरानलाई गत जुनमा भएको १२ दिने द्वन्द्व तथा पछिल्ला इजरायली र अमेरिकी आक्रमणमा पनि लक्षित गरिएको बताइएको छ ।