Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • पञ्‍चज्ञानेन्द्रीय, पञ्‍चतत्व र पाञ्‍चायन देवताबीचको सम्बन्ध
पञ्‍चज्ञानेन्द्रीय, पञ्‍चतत्व र पाञ्‍चायन देवताबीचको सम्बन्ध
शिव खतिवडा ‘शिष्य’
शिव खतिवडा ‘शिष्य’ बिहीबार, फागुन ३, २०८०

हाम्रो शरीर पनि पञ्‍चतत्वबाटै बनेको हुन्छ । पञ्‍चतत्वमध्ये पृथ्वीको मात्रा धेरै हुने भएकाले हामी हाम्रो शरीरलाई पार्थिव शरीर पनि भन्ने गर्दछौं  । आकाश तत्वमा सत्वगुणको मात्रा धेरै भएर श्रोत्रेन्द्रीय (कान) बन्ने गर्दछ । त्यसैगरी वायु तत्वमा सत्वगुणको मात्रा धेरै भएर त्वगिन्द्रीय (छाला), तेज तत्वमा सत्वगुणको मात्रा धेरै भएर चक्षुरिन्द्रीय (आँखा), जल तत्वमा सत्वगुणको मात्रा धेरै भएर रसनेन्द्रीय (जिब्रो) र पृथ्वी तत्वमा सत्वगुणको मात्रा धेरै भएर घ्राणेन्द्रीय (नाक) बन्ने गर्दछ ।
 


ज्ञान साधनमिन्द्रीयम् ज्ञानेन्द्रीयम् अर्थात् जीवलाई विषयसम्बन्धी बोध गराउने इन्द्रीयलाई ज्ञानेन्द्रीय भनिन्छ । जसलाई हामी पाँच प्रकारले जान्न सक्दछौं आँखा, कान, नाक, जिब्रो र छाला । पदार्थहरूलाई ज्ञान गर्ने भएकाले ज्ञानेन्द्रीयहरूको भूमिका शरीरमा महत्वपूर्ण रहेको हुन्छ । आँखाले दृश्य शक्तिको ज्ञान गर्ने गर्दछ ।

कानले श्रवण शक्तिको ज्ञान गर्ने गर्दछ । नाकले घ्राण अर्थात् गन्ध शक्तिको ज्ञान गर्ने गर्दछ । जिब्रोलाई रसनेन्द्रीय पनि भनिन्छ जसले रसको ज्ञान गर्ने गर्दछ भने छालाले स्पर्श शक्तिको ज्ञान गर्ने गर्दछ । कम्प्युटरमा ‘इनपुट डिभाइस’को रूपमा विभिन्न यन्त्रहरूले काम गरेजसरी ज्ञानेन्द्रीयहरूले हाम्रो शरीरमा काम गर्ने गर्दछन् । इन्द्रीयहरू मनको नियन्त्रणमा हुन्छन् भने मन बुद्घिको नियन्त्रणमा हुन्छ ।

अध्यात्मवादीहरूले ‘चित्तमिन्द्रीयसंघातं मनो बुद्धिस्तथाष्टमी । अष्टौं ज्ञानेन्द्रीयाण्याहुरेता अध्यात्मचिन्तकाः ।।’ भनेर चित्त, मन र बुद्धिसहित जम्मा आठ इन्द्रीयहरू मान्ने गरेको पाइन्छ । पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच तत्वहरूको समूहलाई पञ्‍चतत्व भनिन्छ । शंकराचार्यको ‘तत्वबोध’ पुस्तकका अनुसार यो सम्पूर्ण सृष्टि उत्पत्तिको कारक नै माया हो । मायानाम परमात्मनः शक्तिः अर्थात् परमात्माको शक्ति नै माया हो ।

Hardik health

परमात्माले मायाबाटै सृष्टि गर्ने गर्दछ । सृष्टिको क्रममा मायाबाटै आकाशको उत्पत्ति हुन्छ । त्यसैगरी आकाशबाट वायु, वायुबाट तेज, तेजबाट जल र जलबाट पृथ्वी हुँदै अपञ्‍चीकृत पञ्‍चमहाभूतको उत्पत्ति हुन्छ । अपञ्‍चकृत भन्नाले शुद्ध पदार्थलाई बुझ्नुपर्दछ । शुद्ध आकाश, शुद्ध वायु, शुद्ध तेज, शुद्ध जल र शुद्ध पृथ्वी । माया पनि सत्वगुण, रजोगुण र तमोगुण गरी त्रिगुणात्मक हुने गर्दछ । यो सम्पूर्ण जगत्को सृष्टि नै पञ्‍चतत्वमा त्रिगुणहरू मिलेर भएको हुन्छ ।



हाम्रो शरीर पनि पञ्‍चतत्वबाटै बनेको हुन्छ । पञ्‍चतत्वमध्ये पृथ्वीको मात्रा धेरै हुने भएकाले हामी हाम्रो शरीरलाई पार्थिव शरीर पनि भन्ने गर्दछौं  । आकाश तत्वमा सत्वगुणको मात्रा धेरै भएर श्रोत्रेन्द्रीय (कान) बन्ने गर्दछ । त्यसैगरी वायु तत्वमा सत्वगुणको मात्रा धेरै भएर त्वगिन्द्रीय (छाला), तेज तत्वमा सत्वगुणको मात्रा धेरै भएर चक्षुरिन्द्रीय (आँखा), जल तत्वमा सत्वगुणको मात्रा धेरै भएर रसनेन्द्रीय (जिब्रो) र पृथ्वी तत्वमा सत्वगुणको मात्रा धेरै भएर घ्राणेन्द्रीय (नाक) बन्ने गर्दछ ।

यसैगरी अपञ्‍चीकृत पञ्‍चमहाभूतमा त्रिगुणहरूको मिश्रणबाटै पञ्‍चीकृत पञ्‍चमहाभू, पञ्‍चकर्मेन्द्रीय र अन्तःकरण चतुष्टय बन्ने गर्दछन् । पञ्‍चीकृत पञ्‍चमहाभूत भन्नाले पञ्‍चतत्वमध्येका कुनै एक तत्वमा पनि सूक्ष्म रूपले पाँचै तत्वहरू रहेका छन् भन्ने बुझ्नुपर्दछ । यसप्रकार पञ्‍चतत्वबाटै स्थूल शरीर, सूक्ष्म शरीरका साथै सम्पूर्ण जगत्को सृष्टि भएको हुन्छ ।

सनातन परम्परामा पाञ्‍चायन देवता भन्नाले ‘गणेशो भाष्करो देवी शिव विष्णुश्च पञ्‍चमः’ भनेर पाँच मुख्य देवताहरूको समूहलाई बुझिन्छ, जसमा विष्णु, शिव, गणेश, देवी र सूर्य पर्दछन् । माथि उल्लिखित पाँच देवताहरूमध्ये कुनै एकलाई प्रमुख बनाएर पूजा गर्ने परम्परा भएकाले सनातन संस्कृतिमा मुख्यतया पाँच सम्प्रदायहरू रहेको पाइन्छ । भगवान् विष्णुको अस्तित्वलाई सर्वश्रेष्ठ मान्नेहरुले आफूलाई वैष्णव मान्ने गर्छन् । भगवान् शिवको सत्तालाई स्वीकार्नेहरूले शैव सम्प्रदाय मान्दछन् । नारी स्वरुपको अस्तित्वलाई स्वीकार गर्नेहरूले आफूलाई शाक्त मान्दछन् ।

भगवान् गणेशलाई सर्वोपरि ठान्नेहरूले गाणपत्य सम्प्रदाय मान्ने गर्दछन् भने जगत्का प्रत्यक्ष देवता भगवान् सूर्यलाई इष्टदेव मानी पूज्ने समुदायले आफूलाई सौर्य सम्प्रदाय भन्ने गर्दछन् । विशेषतः कुनै सम्प्रदायको जानकार नभएको तर आफूलाई हिन्दू मान्नेहरूले समष्टीगत पाञ्‍चायन देवता पूज्ने गर्दछन् । पाञ्‍चायन देवतामा पनि कुनै एकलाई इष्टदेवता मानी पूज्ने परम्परा रहेको छ । शिवलाई प्रमुख मान्दा शिवपाञ्‍चायन, विष्णुलाई प्रमुख मान्दा विष्णुपाञ्‍चायन, गणेशलाई प्रमुख मान्दा गणेश पाञ्‍चायन, देवीलाई प्रमुख मान्दा देवी पाञ्‍चायन र सूर्यलाई प्रमुख मान्दा सूर्य पाञ्‍चायन भनेर पूजा गरिन्छ ।



सामान्यतया पञ्‍च ज्ञानेन्द्रीय, पञ्‍चतत्व र पाञ्‍चायन देवताको विषयमा ज्ञान गर्यौं भने अब बुझौं यिनीहरूबीचको सम्बन्धका विषयमा । पञ्‍चेन्द्रीयहरूले पञ्‍चतत्वकै विषयहरूको बोध गर्दछन् भने पाञ्‍चायन देवताहरू पञ्‍चेन्द्रीय र पञ्‍चतत्वकै अधिष्ठातृ देवताको रूपमा रहेका हुन्छन् । पृथ्वी गन्धवती छिन् । नाकले पृथ्वीमा रहेको गन्धलाई ज्ञान गर्ने गर्दछ भने गणेश नाकका अधिष्ठातृ देवता हुन् । अर्थात् यो भनौं कि नाकमा सूक्ष्म रूपी घ्राणत्वको रूपमा गणेश देवताको बास भएको हुन्छ र नाकले गन्धको ज्ञान गर्ने गर्दछ । त्यसैगरी जिब्रोले  जलको ज्ञान गर्ने गर्दछ भने जिब्रोका अधिष्ठातृ देवता भगवान् विष्णु हुन् । आँखाले तेजको ज्ञान गर्ने गर्दछ भने आँखाका अधिष्ठातृ देवता भगवान् सूर्य हुन् । 

छालाले वायुको ज्ञान गर्ने गर्दछ भने छालाका अधिष्ठातृ देवता आदिशक्ति देवी हुन् । कानले आकाश अर्थात् शब्दको ज्ञान गर्ने गर्दछ भने कानका अधिष्ठातृ देवता भगवान् शिव हुन् । यसरी यी पाञ्‍चायन देवताहरूले पाँच इन्द्रीयहरूलाई तत्तत् विषयमा क्रियाशील बनाएर सञ्‍चालन गरेका कारण पञ्‍चेन्द्रीयहरूले आ–आफ्ना विषयको ज्ञान गरेका हुन् । इन्द्रीयत्वको अभावमा इन्द्रीयले कार्य गर्न सक्दैनन् । इन्द्रीयत्व भन्नाले इन्द्रीयमा रहने गुण भन्ने बुझिन्छ । आँखामा रहेको चक्षुत्व गुणले गर्दा आँखाले देख्ने गर्दछ । 

कानमा रहेको श्रोत्रत्व गुणले गर्दा कानले सुन्ने गर्दछ । नाकमा रहेको घ्राणत्व गुणले गर्दा नाकले सुँघ्ने गर्दछ । छालामा रहेको त्वक्त्व गुणले गर्दा छालाले स्पर्श गर्ने काम गर्दछ भने जिब्रोमा रहेको रसनात्व गुणले गर्दा जिब्रोले स्वाद लिने काम गर्दछ । हामीले कहिलेकाहीँ यस्ता मानिसहरू देख्ने गर्दछौं कि जसको कान हुन्छ तर उनीहरूले सुन्न सक्दैनन् । जसको आँखा हुन्छ तर उनीहरूले देख्न सक्दैनन् । यस्तो हुनुको कारण पनि इन्द्रीयमा इन्द्रीयत्वको अभाव भएर नै हो ।

यसलाई हामी यसरी पनि बुझ्न सक्छौं कि इन्द्रीयहरू बत्ती हुन् भने इन्द्रीयत्व विद्युत् हो । विद्युत्को अभावमा जसरी बत्ती बल्न सक्दैन त्यसैगरी इन्द्रीयत्वको अभावमा इन्द्रीयहरूले कार्य गर्न सक्दैनन् ।यसप्रकार पञ्‍च ज्ञानेन्द्रीय, पञ्‍चतत्व र पाञ्‍चायन देवताबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । सृष्टि, स्थिति र लय यी तिनै कार्यमा पाञ्‍चायन देवताको महत्वपूर्ण भूमिका रहेको हुनाले हाम्रा ऋषि, महर्षिहरूले पनि पाञ्‍चायन देवता पूजनमा विशेष महत्व दिएको पाइन्छ ।
 


प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP