Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • वर्तमान र पौरस्त्य राजनीति
वर्तमान र पौरस्त्य राजनीति
ऋकेश भण्डारी ऋगीश
ऋकेश भण्डारी ऋगीश मंगलबार, माघ २३, २०८०

राज्ञाम् नीतिः राजनीतिः अर्थात् राज्यको त्यस्तो नीति, जसअनुसार प्रशासन, परराष्ट्र सम्बन्ध, राष्ट्रको धर्म, संस्कृति, रीतिरिवाजको हित र उन्नतिको काम गरिन्छ । हरेक देशको आ–आफ्नै नियम, कानुन हुन्छ । माटो सुहाउँदो नियम बनाएर देशल र देशवासीलाई सुखी, खुसी र समृद्ध बनाउनु राजनीतिज्ञको कर्तव्य हो । पृथ्वीको उत्पत्तिकालदेखि अहिलेसम्म धेरै वर्ष बितिसकेको छ । सृष्टिको विषयमा वेद र विज्ञानको मतैक्य रहेको छैन । विशाल पृथ्वीभित्रको एक देश नेपाल हो ।

यो देशलाई देवभूमि र ऋषिमहर्षिको भूमि भनेर पनि चिनिन्छ । यो भूमिमा पहिले–पहिले त धेरै पराक्रमी राजाहरुले राज्यशासन चलाएका थिए भन्ने कुरा पुराणहरुमा बताइएका छन् । उत्पत्तिकालदेखि प्रागऐतिहासिककाल हुँदै, नेपालमा गोेपाल राजवंश, महिषपाल राजवंश, किराँत राजवंश, लिच्छविकाल, त्रिशक्तिको उदय र आधुनिककाल गरी धेरै राजाहरुले शासन चलाएका थिए । यसमा लिच्छविकाललाई स्वर्ण युगको रुपमा नै मानिन्छ । यसकालसम्म नेपालको प्रमुख भाषाको रुपमा संस्कृत थियो ।

पृथ्वीनारायण शाहले सबै राज्यहरु एकीकरण गरेर नेपाललाई एक सिंगो राष्ट्रको रुपमा स्थापित गरेका थिए । त्यसपछि राणाहरुको शासन भयो । यसरी १०४ वर्षको राणा शासनपछि २००७ सालमा प्रजातन्त्र घोषणा भयो । त्यसपछि राजा र दलहरु मिलेर राज्य सञ्चालन गरे । २०६२–६३ को आन्दोलनले राजसंस्थाको अन्त्य भई दलीय व्यवस्थाले राज्य चलिरहेको छ । तर पछिल्लो समय दलीय व्यवस्थाको राजनीतिले नेपाल र नेपालीपनको अस्तिŒवलाई नै मेट्ला भन्ने चिन्ता बढेको छ ।

अब हामीले हाम्रोपनको संरक्षण गर्न जाग्नुपर्छ । पछिल्लो समय युवाहरुमा जागरण आएको छ । यो देशको लागि सौभाग्य हो । असल युवाहरुले देश, धर्म, संस्कृति, संस्कार र शास्त्रहरुको संरक्षण र सम्वद्र्धन गर्नैपर्छ ।

Hardik health


‘एकं विषरसो हन्ति शास्त्रेणैकश्च वध्यते । सराष्ट्रं सप्रजं हन्ति राजानां मन्त्रविप्लवः ।।’ (विदुर नीति १.५ ।। अर्थात् विष पिउँदा एउटा पिउने मात्र मर्छ, शस्त्रबाट एउटाको मात्र हत्या हुन्छ, तर मन्त्रणा (सल्लाह वा मत) बाहिर आयो भने राष्ट्र र प्रजाको साथै राजाको पनि विनास हुन्छ । नेपालको अहिलेको स्थिति यस्तै रहेको छ । हामीले जुन संविधान बनाएका छौं । मानौं यो नै मन्त्रणा हो तर यहाँका नेताहरुलाई निमित्तमात्र बनाएर देश विदेशीहरुले चलाइरहेका छन्, जसले गर्दा हामी अब रहन्छौं या रहन्नौं यस्तो स्थिति छ । किनकि हामीले नेपालको माटो सुहाउँदो संविधान बनाउन सकेका छैनौं ।

हामी त यहाँ माक्र्सवादी, लेलिनवादी सिद्धान्त बोक्ने कम्युनिस्ट र समाजवादी–जनवादी मान्ने कांगे्रस आदि दलहरुको दबदबामा परेका छौं । नेपालको मुख्य पार्टी मानिने दलहरु नै विदेशीका सिद्धान्त बोकेर हिँडिरहेका छन् भने हामीले यिनीहरुसँग देश बन्ने आश गर्नु हाम्रो मूर्खता मात्र हुने छ । हामीले चाणक्य नीति, विदुर नीतिजस्ता हाम्रै धर्मनीतिको अनुशरण गर्नुपर्छ जसले देश राम्रो बनाउन मद्दत गरोस् । धर्मनीतिको पालना नगर्दा दुर्योधन, द्रोणाचार्य र भीष्मजस्ता कयौं ज्ञानीहरुको के हाल भयो भन्ने कुरा हामीले महाभारत ग्रन्थबाट बुझ्न सक्छौं । 


‘सप्त दोषाः सदा राजा हातव्य ।।’ (वि.नि.१.९६ र ९७) अर्थात् राजा (राजनीतिज्ञहरु)ले स्त्री विषयक आशक्ति, जुवा, सिकार, मद्यपान, कठोर वचन, कठोर दण्ड र धनको दुरुपयोग गरी यी सात प्रकारका दोषबाट सदा टाढा रहनुपर्छ । यी सात प्रकारका दोषमा दृढमूल राजा पनि प्रायः नष्ट हुन्छन् भनिएको छ तर विडम्बना नेपालमा ठ्याक्कै उल्टो अवस्था रहेको छ । यसबाट राज्यलाई सधैँ अन्याय नै हुन्छ । त्यसैले हामीले यस विषयमा विचार गर्नु आवश्यक छ ।

कस्तो राजा या राजनीतिज्ञ हुनुपर्छ भने यः काममन्यू प्रजहाति राजा ।। (वि.नि.१.१०९) अर्थात् क्रोधलाई त्यागेको, सुपात्रलाई धन दिने, विशेषज्ञ, शास्त्रलाई जानेको र आफ्नो कर्तव्य शीघ्र पूरा गर्न सक्ने क्षमता भएको यस्ता राजनीतिज्ञहरु चाहिन्छ । तर आज हामी न्याय नपाएर कराइराखेका छौं । देशमा भ्रष्टाचारी, बलत्कारी, राष्ट्रघाती, डकैती आदि खुलेआम हिँडिराखेका छन्, यो अव्यावहारिक शिक्षाको उपज हो ।

जानाति विश्वासयितुं मनुष्यान् ।। (वि.नि.१.११०) राजा (राजनीतिज्ञहरु)ले सबै जनतामा विश्वास उत्पन्न गराउन जानेको हुनुपर्छ । अपराध प्रमाणित भएकालाई मात्रै दण्ड दिनुपर्छ । दण्ड दिने न्यूनाधिक मात्रा तथा क्षमाको उपयोग जानेको हुनुपर्छ भनिएको छ । त्यसले मात्र स्वच्छ न्याय दिन सक्छ ।

यः प्रमाणं न जानाति स्थाने वृद्धौ तथा क्षये । कोशे जनपदे दण्डे न स राज्येऽवतिष्ठते ।। (वि.नि.२.१०) अर्थात् जसले स्थिति, लाभ, हानि, खजाना, देश, दण्ड, आदिको मात्रालाई जान्दैैन त्यो राज्यमा स्थिर रहन सक्दैन । हामी त हाम्रै राजनेताहरुमा यी कुराहरुको कमीको अनुभव गरिरहेका छौं । त्यसैले हामीले यी सबै कुराहरु भएको एक योग्य राजनेताको आशा गरिराखेका छौं । जसले देशको वस्तुस्थिति बुझेर देशलाई एक मजबुत देशको रुपमा स्थापित गरोस् ।



जनताबाट कर ग्रहण कसरी गर्ने भन्ने विषयमा विदुर भन्छन्, ‘यथा मधु समादत्ते रक्षन् ।। (२.१७), पुष्पं पुष्पं विचिन्वीत मूलच्छेदं ।। (२.१८) जसरी भमराले फूललाई कुनै हानि नपुर्‍याई फूलको रसको आश्वादन गर्छ । जसरी एउटा मालीले बगैँचामा रहेका एकएक फूल टिपेर माला बनाउँछ । कोइला बनाउनेले जस्तो रुखलाई जरैदेखि काट्दैन, त्यसैगरी राजाले प्रजाहरुबाट कष्ट नदिई रक्षापूर्वक कर लिनुपर्छ, यो नै नैतिक देशको कर उठाउने प्रणाली हो ।

ऋजुः पश्यति यः सर्वं ।। (वि.नि.२.२३ ।।, चक्षुषा मनषा वाचा कर्मणा च ।। (वि.नि.२.२५) जुन राजाले प्रेमपूर्वक पिऊँ कि भनेझैँ गरेर सबै प्रजाहरुलाई समान दृष्टिले हेर्छ । आँखा, मन, वाणी र कर्म गरी यी चार कुराबाट प्रजालाई खुसी बनाउँछ त्यस्तो राजाप्रति सधैँ प्रजाको अनुराग रहन्छ भनिएको छ । त्यसैले पहिले राजनीतिज्ञहरु नीतिगत हुनुपर्छ । जसले प्रजाहरुले पनि सधैँ नेताहरुलाई पुज्दछन् र देश स्वच्छ मार्गमा हिँड्दछ ।

साथै व्याधादेखि हरिण आदि मृगहरु डराउँछन् त्यसै गरी राजाबाट प्रजाहरु डराउँछन् भने समुन्द्रपर्यन्तको राजा भए पनि त्यो राजा प्रजाहरुबाट त्यागिन्छन् । नेपालमा अहिले उही अवस्था हावी भएको छ, त्यसैले यहाँ दलहरुप्रति जनताको विश्वास गुमेको छ । दलीय व्यवस्था यस्तो व्यवस्था रहेछ, जसले जे गरे पनि उनीहरुलाई मान्नेपर्ने, पुज्नैपर्ने हुन्छ । त्यसैले दलीय व्यवस्थाभन्दा राजा महेन्द्रले भनेझैँ निर्दलीय व्यवस्थाले नै नेपालको हित गर्ने छ भन्ने कुरामा विद्वान्हरु मतैक्य छन् भन्ने स्पष्ट रहेको छ ।

विश्वमा हरेक देशमा आ–आफ्नो धर्म संस्कृति मान्ने गर्दछन् । तर नेपालको संविधानमा धर्मनिरपेक्षता शब्द प्रयोग गरिएको छ । निरपेक्ष शब्दको अर्थ हुन्छ ‘निर्गता अपेक्षा यस्य’ अर्थात् कुनै कुराको चाख वा वास्ता नभएको । यो शब्दको प्रयोगले देशको धर्म नभएको भन्ने बुझिन्छ जब धर्म हुँदैन तब सबै छाडा हुन्छन् तसर्थ हामीले हाम्रा नेताहरुलाई धार्मिक बनाउनु पनि पर्दछ । त्यसैले हाम्रो अस्तित्वको संरक्षण गर्दछ ।


आत्मानमेव प्रथमम् ।। जुन राजाले इन्द्रीयहरुसहित मनलाई शत्रु मानेर जितेको छ त्यसपछि उसले मन्त्रीहरु र शत्रुहरुलाई जित्ने इच्छा गर्छ भने उसलाई अवश्य पनि सफलता मिल्छ । तर यहाँ प्रधानमन्त्री र राष्ट्रपतिको चरित्र उदांगै रहेको छ । जसले हामीलाई निष्पक्ष रुपमा राज्य सञ्चालनमा बाधा पुर्‍याएको छ ।

विदुरले धृतराष्ट्रलाई भन्दछन् यो राज्यबाट पुरस्कृत, धर्म र अर्थको तŒव जान्ने, तेज र बुद्धियुक्त, पूर्ण सौभाग्यशाली युधिष्ठिर हजुरका पुत्रहरुभन्दा पनि महŒवपूर्ण रहेका छन् । धर्मधारीहरुमध्ये श्रेष्ठ युधिष्ठिर दया, सौम्य भाव तथा हजूरप्रतिको गौरव बुद्धिका कारण धेरै कष्ट सहिरहेका छन् । यहाँ विदुरले सन्तानको मोह गरेर अर्धममा राज्य जानु हुँदैन भन्दा धृतराष्ट बुझ्दछन् तर उनी मोहमा परि रहन्छन् । त्यसैले उनको सबै सन्तानहरु नष्ट हुन्छन् ।

यसबाट हाम्रा नेताहरुले ठूलो पाठ सिक्नुपर्ने छ । नेपालमा त नातावाद, कृपावाद र परिवारवादले चुली छोएको छ । यसले देशको हित गर्दैन, मात्रै उनीहरुकै हित गर्दछ । दुर्योधनेऽथ शकुनौ ।। अर्थात् तपाई दुर्योधन, शकुनि, मूर्ख दुःशासन र कर्णमाथि राज्यको भार राखेर कस्तो उन्नति चाहनुहुन्छ ? 

राज्य सञ्चालन गर्ने नेता हुन सबै प्रकारको लक्षण हुनुपर्छ जुन युधिष्ठिरमा थियो । हाम्रो देशमा त अहिले यही दुर्योधन पाटीले राज्य सञ्चालन गरिरहेका छन् । जसलाई देशको धर्म, संस्कृति, संस्कार र प्रजाहरु र देशको अस्तित्वबारे कुनै वास्ता छैन । यहाँ आज हत्या, हिंसा, बलात्कार, चोरी, डकैती आदिको मात्र चर्चा चलिरहेका हुन्छन् । हामी प्रजाहरु शान्ति चाहने कृष्णका पक्षमा छैनौं । हामी त शकुनिको इशारामा फसेको दुर्योधनझैँ मस्त झुलिरहेका छौं । 

यस्तै विदुर नीति र चाणक्य नीतिमा राज्य सञ्चानमा हुनुपर्ने कुराहरु पर्याप्त रुपमा सिकाइएका छन् । एक सन्न्यासी जीवन बिताएका चाणक्यले राजा घननन्दको तुच्छ वचनले टुप्पीको शिखा खोलेर प्रतीज्ञा गरेका थिए । तिमीले गरेको अपमान सह्य छैन । यो मगध राज्यको सिंहासनमा कुनै योग्य व्यक्तिलाई राख्ने छु । र, पछि उनले चन्द्रगुप्त मगध राज्यको सिंहासनमा बसालेर युनानी शासकहरुलाई देशबाट निकाली साम्राज्य बिस्तार गरेका थिए । उनी प्रधानमन्त्री भए पनि कुटीमै बस्दथे ।

उनी आफ्ना लागि राज्यको केही चिज पनि प्रयोग गर्दैनथे भन्ने कुरा आफ्नो कामका लागि आफ्नै टुकी बाल्थे र राज्यको कामका लागि राज्यको टुकी बाल्थे भन्ने भनाइबाट पुष्टि हुन्छ । त्यसैले अब हामीले हाम्रोपनको संरक्षण गर्न जाग्नुपर्छ । पछिल्लो समय युवाहरुमा जागरण आएको छ । यो देशको लागि सौभाग्य हो । असल युवाहरुले देश, धर्म, संस्कृति, संस्कार र शास्त्रहरुको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP