Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि भिजिट वा पर्यटकीय भिसामा जानेमाथि कडाइ
सरकारको यात्रा परामर्श रोजगारीका लागि भिजिट वा पर्यटकीय भिसामा जानेमाथि कडाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १०, २०८०

काठमाडौं– पछिल्लो समय रोजगारीका लागि गैरकानुनी रुपमा भ्रमण तथा पर्यटकीय भिसा लिएर विदेश जाने नेपालीको संख्या बढेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न यात्रा परामर्श (ट्राभल एड्भाइस) जारी गरेको छ । अध्यागमन विभागले भिजिट तथा पर्यटकीय भिसामा विदेश गएर कामको खोजी गर्ने नेपालीको संख्या दिनानुदिन बढ्दै जानुले विभिन्न समस्या उत्पन्न भएको उल्लेख गर्दै मंगलबार यात्रा परामर्श जारी गरेको हो ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले भिजिट तथा पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने यात्रुलाई प्रस्थान अनुमति दिने प्रक्रिया सरल बनाइएको बताए । यसअघि २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णय २०८० माघ ९ को उपप्रधान तथा गृहमन्त्रीस्तरको निर्णयबाट खारेज भई नयाँ छ बुँदे कार्यविधि जारी भएको उनले बताए । ‘घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियालाई रकम बुझाएर विदेश यात्रा नगर्नुहुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्नुहुन सबैमा अनुरोध छ,’ महानिर्देशक तामाङले आफ्नो फेसबुक पेजमा लेखेका छन् । भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्नसमेत उनले गरेका छन् ।

घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियालाई रकम बुझाएर विदेश यात्रा नगर्नुहुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्नुहुन सबैमा अनुरोध छ ।
रुद्रसिंह तामाङ
महानिर्देशक, अध्यागमन विभाग

सरकारको यात्रा परामर्श
रोजगारीका लागि भिजिट वा पर्यटकीय भिसामा जानेमाथि कडाइ

Hardik health

विभागले मंगलबार विभिन्न १३ बुँदे ट्राभल एड्भाइस जारी गर्दै रोजगारीको उद्देश्यले भिजिट वा पर्यटकीय भिसामा यात्रा गर्नेहरुले नक्कली कागजात पेस गर्ने, झूठा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिले जोखिम निम्त्याएको भन्दै भ्रमण गर्ने मुलुकको पूर्णजानकारी लिएर मात्रै उद्देश्यअनुरुप यात्रा गरी आफूलाई सुरक्षित राख्न थप सजगता अपनाउन आग्रह गरेको छ । साथै, भिजिट तथा पर्यटकीय भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य रहेको जनाउँदै यस्तो भिसा लिएर काम गर्न खोज्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने र विभिन्न समस्या भोग्नुपर्ने उल्लेख गरेको छ ।


यस्तै नेपालीहरुको श्रम गन्तव्य रहेका कुवेत, ओमान, युएई र बहराइनलगायतका मुलुकमा विचौलियाहरुले प्रभावमा पारी महिलाहरुलाई भिजिट तथा पर्यटकीय भिसामा पु¥याइ ‘वर्किङ भिसा’मा परिणत गराउने कार्य भइरहेको पनि विभागले उल्लेख गरेको छ । त्यस्तो कार्यबाट महिलाहरु ठगीमा पर्ने, असुरक्षित र अमर्यादित श्रममा संलग्न हुनुपर्ने, तोकिएको भन्दा फरक गन्तव्यमा पु¥याउने, र घरेलु प्रकृतिका जोखिमयुक्त काम गर्नुपर्ने र सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्ने सम्भावना रहेकोले सरकारबाट श्रम स्वीकृति लिएर वर्किङ भिसामामात्रै विदेश जान सुझाइएको छ ।


यसैगरी श्रम स्वीकृति लिएर विदेशमा पठाउने आश्वासनसहित कसैले रकम माग गरेमा उक्त व्यक्ति वा संस्थाको आधिकारिकताको कागजात माग गर्न पनि आग्रह गरिएको छ । साथै, वैदेशिक रोजगारीमा पठाउने इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी)सँग पनि नेपाल सरकारले तोकेको रकममात्र बुझाएर रसिद लिन नभुल्न ट्राभल एड्भाइसमा उल्लेख गरिएको छ । म्यानपावर कम्पनीले भिजिट तथा पर्यटकीय भिसामा पठाउन खोजे गृह मन्त्रालय, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग वा अध्यागमन विभागमा यथाशीघ्र गोप्य सूचना दिनसमेत सकिने बताइएको छ । प्रचलित कानुनमा वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने एजेन्टको व्यवस्था नभएकोले कसैले ‘म एजेन्ट हुँ’ भनी झूठा आश्वासन दिएमा विश्वास नगर्न र रकम नबुझाउन पनि विभागले सचेत गराएको छ ।


यस्तै एजुकेसन कन्सल्टेन्सी, ट्राभल्स एजेन्सी वा कुनै व्यक्तिले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी आश्वासन दिई रकम मागेमा त्यस्तो रकम नबुझाउन सचेत गराइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा भिजिट तथा पर्यटकीय भिसामा ठगी भएमा वा पर्न लागेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरु वा वैदेशिक रोजगार विभागमा तुरुन्त उजुरी गर्न र विदेशमा रहेको अवस्थामा नेपाली दूतावास वा नियोगमा सम्पर्क गर्न सकिने बताइएको छ ।   


यसैगरी भारत तथा बेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुनेबाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्णरुपमा गैरकानुनी  भएकाले कुनै पनि अवस्थामा यस्तो कार्य नगर्न नगराउन भनिएको छ । वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा सबै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रबाट जानकारी लिन सकिने ट्राभल एड्भाइसमा उल्लेख छ । भिजिट वा पर्यटकीय भिसामा विदेश गएका नेपालीलाई तोकिएको मितिभित्र स्वदेश फर्कन आग्रह गर्दै अन्यथा असामान्य अवस्था सिर्जना भए व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कने छु भनी स्वःघोषणा गरेर मात्र विदेश प्रस्थान गर्न पनि विभागले आग्रह गरेको छ । विदेश यात्रा गर्ने क्रममा नेपालको विमानस्थलमात्रै प्रयोग गर्न र भारत वा अन्य तेस्रो मुलुकको विमानस्थल भएर अन्य मुलुकमा यात्रा गर्ने हो भने नेपाली राजदूतावासबाट जारी हुने ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिएर जान पनि सुझाव दिइएको छ । 


विभागले भिजिट तथा पर्यटकीय भिसामा विदेश यात्रामा जाने यात्रुहरुका लागि बुधबार (आज) देखि लागू हुनेगरी नयाँ व्यवस्थासमेत गरेको छ । त्यसरी जाने यात्रुको कम्तीमा छ महिनाको वैध अवधिको पासपोर्ट हुनुपर्ने, दुईतर्फी हवाई टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण, र श्रम गन्तव्य मुलुकमा जानेले स्वःघोषणा फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ ।
 


प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP