Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
विचार
  • Home
  • विचार
  • सनातन सभ्यतामा नारी
सनातन सभ्यतामा नारी
शिव खतिवडा ‘शिष्य’
शिव खतिवडा ‘शिष्य’ सोमबार, माघ ८, २०८०

नारी शब्द तत्सम् अर्थात् संस्कृत शब्द हो । पाणिनीय व्याकरणमा ‘नृ’ धातुदेखि स्त्रीत्वविवक्षामा ङीन् प्रत्यय भएर नारी शब्दको व्युत्पन्न हुन्छ जसको अर्थ हुन्छ ‘नरस्यैव वा धर्माचारो यस्याः’ अर्थात् नरको जस्तै धर्म र आचरण भएकी स्त्री भन्ने हुन्छ । नर शब्दकै स्त्रीलिंगी रूप नारी भएकाले नर र नारीमा केही भेद देखिँदैन ।

प्राचीन हिन्दू संस्कृतिमा नारीको मर्यादा र महत्वको ज्ञान हुनु अत्यावश्यक छ । पौरश्त्य वाङ्मयमा नारीको स्थान महत्वपूर्ण रहेको छ । हामी हरेक वस्तु तथा प्राणीलाई मातृवत् मान्छौं । हामी माटोलाई आमा मान्छौं नेपाल आमा, धर्ती माता । हामी पानीलाई आमा भन्छौं गंगा माता, गण्डकी माता । हामी झारपातलाई माता भनेर सम्मान गर्छौं तुलसी माता । हामी प्राणीलाई माता भनेर सम्मान गर्छौं गौमाता । हामी ग्रन्थलाई माता भन्छौं गीता माता । हाम्रो पौरश्त्य समाज मातृसतात्मक छ ।

हामी संसारमा स्थित सबै वस्तुलाई भगवती देवीकै स्वरूप मान्दछौं ।
भूतानि दुर्गा भुवनानि दुर्गा,
स्त्रियो नरश्चापि पशुश्च दुर्गा ।
यद्यद्धि दृश्यं खलु सैव दुर्गा,
दुर्गास्वरूपादपरं न किंचित् ।।

अर्थात् यस संसारमा जति पदार्थ छन्, जति भुवन छन् जति पुलिंगी स्त्रीलिंगी पशु, पक्षी, कीट, पतंग छन् अथवा अन्य जे जति वस्तुहरू छन् ती सबै भगवती दुर्गाकै रूप हुन् । दुर्गा स्वरूपबाहेक अन्य केही छैन । यो सारा संसारको सृष्टि तथा संहार गर्ने सामथ्र्य पनि नारी शक्तिमै रहेको छ । हरेक कार्य सिद्घ गर्न देवताहरूले पनि आदि शक्तिकै आश्रय लिनुपर्ने भएकाले हाम्रा महान् ऋषिहरूले पनि जगज्जननी दुर्गाकै स्तुति गरेको पाइन्छ ।

Hardik health

हामी देवीदेवताको पूजा गर्दा सर्वप्रथम देवीलाई नै सम्झन्छौं । राधाकृष्ण भन्दै कृष्णभन्दा पहिला राधालाई सम्झन्झौं, गौरीशंकर भन्दै शंकरभन्दा पहिला गौरीलाई सम्झन्छौं, लक्ष्मीनारायण भन्दै नारायणभन्दा पहिला लक्ष्मीलाई सम्झन्छौं, सीताराम भन्दै रामभन्दा पहिला सीतालाई सम्झन्छौं त्यसैगरी आमाबुवा भन्दै बुवालाई भन्दा पहिला आमालाई । नीतिकारहरूले पञ्चमाता भनेर आमाहरूलाई यसरी पनि स्पष्ट पारेका छन्–

राजपत्नी गुरोः पत्नी मित्रपत्नी तथैव च ।
पत्नीमाता स्वमाता च पञ्चैता मातरः स्मृताः ।।

अर्थात् गुरुकी पत्नी (गुरु आमा), राजाकी पत्नी (रानी), मित्रकी पत्नी, श्रीमतीकी आमा (सासू) र आफ्नी आमा । ब्रह्मवैवर्त पुराणमा त १६ प्रकारका माताका विषयमा चर्चा गरेको पाइन्छ । यसैगरी पिताभन्दा हजार गुणा बढी महŒव आमाको हुन्छ भन्ने कुरा शास्त्रहरूमा प्रशस्त पाइन्छ–

उपाध्यायान् दशाचार्य आचार्याणां शतं पिता ।
सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते ।।

अर्थात् १० जना उपाध्यायभन्दा बढी एकजना आचार्य, १०० जना आचार्यभन्दा बढी एउटा बुबा र हजार बुबाभन्दा बढी एउटी आमा महŒवपूर्ण हुन्छिन् । आमाको काम सन्तानलाई जन्म दिनेमात्र नभएर त्यसपछिको कर्मको मर्मअनुरुपको धर्म तथा शिक्षा सिकाउनु पनि हो । 
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्र फलाः क्रियाः ।।

अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू रमाउँछन् भने जहाँ नारीलाई हेला गरिन्छ त्यहाँ गरेका हरेका कर्महरू निष्फल हुन्छन् भन्दै नारीलाई सम्मान गर्दछौं र समाजलाई पनि यही कुराको बोध गराउँछौं । हामी मातृवत् परदारेषु भनेर सम्पूर्ण परस्त्रीहरूलाई आमा समान हेर्दछौं । हामी जीवित देवीको रूपमा कुमारीलाई पूज्दछौं । हामी  हरेक शुभ कर्महरू पञ्चकन्यालाई पूजा गरेर यथोचित दक्षिणा दिएर मात्र सुरु गर्दछौं । यात्राका क्रममा हामी कन्यालाई अगाडि लगाएर हिडाउँछौं जसले गर्दा यात्रा शुभ रहन्छ भन्ने विश्वास गर्दछौं । हामी गाईलाई स्त्रीलाई र ब्राह्मणलाई कहिल्यै लत्याउँदैनौं । हाम्रा पूर्खा ऋषि महर्षिहरूले हामीलाई दिइएको शिक्षा पनि यही हो ।

देवीलाई हामी शक्तिको स्वरूप मान्दछौं । सनातन हिन्दू परिवारको महान् चाड विजया दशमीमा नवरात्रभरि हामी भगवती देवीकै उपासना गर्दछौं र दशमीका दिन प्रसादस्वरूप टीका जमरा लगाउने क्रममा पुरुषहरूलाई आयुद्रोणसुते इत्यादि मन्त्रहरूले हाम्रा इतिहासमा कहिएका महान् पुरुषहरूको जस्तो सामथ्र्य मिलोस् भनेर आशीर्वाद दिन्छौं भने नारीहरूलाई

जयन्ती मंगला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।

आदि मन्त्रहरूले तिमी साक्षात् देवीकै स्वरूप हौ भनेर देवीकै स्वरूप मानी पूजा गर्दछौं । 
हाम्रा प्राचीन इतिहास पढ्दा नारीहरूको स्थान पुरुषको भन्दा कमी रहेको देखिँदैन । त्यस समयका नारीहरू महान् विदुषी, ज्ञानी तथा तपस्वी हुन्थे । मदालसा जस्ती महान् आमा हाम्रै हुन् जसले आफ्ना बच्चालाई सुताउने क्रममा लोरीको रूपमा ब्रह्मज्ञान सुनाउँथिन् र आफ्ना तीन सन्तानलाई परमज्ञानी, तपस्वी तथा सन्यासी बनाउन सफल भएको मा महान् ठान्थिन् ।

महान् विदुषी ब्रह्मवादिनी गार्गी हाम्रै हुन् जसले राजा जनकको ब्रह्मसभामा ऋषि याज्ञवल्क्यसँग शास्त्रार्थ गरेर त्यस सभाका विद्वान्हरूलाई आश्चर्य बनाएकी थिइन् । महान् राजकुमारी द्रौपदी हाम्रै हुन् जसले महाभारतका समयमा पाँच पतिका साथ १२ वर्षे वनवास र एक वर्षे गुप्तवासका साथै अन्य असह्य चुनौतीहरूलाई धीरताका साथ सामना गर्दै वसन्तकालीन समयको प्रतीक्षामा थिइन् । महान् आदर्शकी पात्र तथा पतिबद्ध नारी सीताले हाम्रो समाजलाई दिएको आदर्शको शिक्षा कहिल्यै भुल्न नसकिने छ । यस्तै नारीका विषयमा महान् साहित्यकार मुकुन्दशरण उपाध्यायले आफ्नो ‘धर्ती र आकाश’ खण्डकाव्यमा नारी स्वरूपको यसरी चर्चा गरेका छन्–

दुर्गा उसको स्वरूप पहिलो दैत्यको दर्प भाँची
सीता अर्को स्वरूप उसले अग्नि कुल्चेर हाँसी
गार्गी उसकै स्वरूप जसले ज्ञान गंगा बगायो
नारीलाई नभन अबला ऊ त वीरांगना हो ।।

यसरी हेर्दा हाम्रो सनातन सभ्यतामा नारीको स्थान गरिमामय रहेको पाइन्छ । हामी नारीलाई देवताको स्थानमा राख्छौं, देवता बनाएर पूज्छौं । यही नै हाम्रो पहिचान संस्कृति र सभ्यता पनि हो ।
 


प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत्
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत् आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP