Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा मलेसिया प्रभाव
श्रम स्वीकृति लिने ७१ हजारले घटे वैदेशिक रोजगारीमा मलेसिया प्रभाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ७, २०८०
  • चालु आर्थिक वर्षको छ महिनामा तीन लाख ४३ हजारले लिए श्रम स्वीकृति
  • गत वर्ष सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या चार लाख १४ हजार
  • गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया चालु आवको छ महिनासम्म चौथो स्थानमा

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यो वर्ष घटेको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै ७१ हजारले घटेको पाइएको हो ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार विभागबाट चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिना (साउनदेखि पुस मसान्तसम्म)मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख ४३ हजार पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा चार लाख १४ हजारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको तथ्यांक छ । जसअनुसार चालु आवमा श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षको भन्दा ७१ हजार न्यून हो । 

विभागका सूचना अधिकारी उपे्रतीका अनुसार पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखिए पनि साउन र भदौभन्दा मंसिर र पुसमा संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । 

Hardik health

चालु आवमा मलेसिया रोजगारीमा समस्या देखिएका कारण श्रम स्वीकृति लिनेको संख्या घट्न पुगेको सरोकारवालाको भनाइ छ । वैदेशिक रोजगार व्यवसायीहरुका अनुसार मलेसियामा कामदार पठाउने क्रम घटेसँगै समग्र संख्यामा प्रभाव परेको हो । उनीहरुको भनाइलाई पुष्टि गर्ने तथ्यांकसमेत रहेको छ । वैदेशिक रोजगार विभागले मासिक रुपमा सार्वजनिक गर्ने तथ्यांकलाई हेर्दा चालु आर्थिक वर्षको सुरुआतदेखि नै मलेसिया जाने कामदारको संख्या घट्दै आएको छ । यो क्रम पछिल्लो महिना पुसमा पनि यथावत् रहेको छ । गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया छ महिनासम्म पनि चौथो स्थानमै रहेको छ । मलेसिया जान आठ हजार ९१ जनाले मंसिरमा श्रम स्वीकृति लिएका छन् । 


पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) जाने रहेका विभागले जनाएको छ । चालु आवको सुरुआती महिनादेखि नै युएई नेपाली श्रमिकहरुको पहिलो गन्तव्य बन्न सफल भएको छ । विभागको तथ्यांकअनुसार युएईका लागि १६ हजार ३८५ जनाले श्रम स्वीकृति लिएका छन् । गत मंसिर महिनामा युएई जाने नेपालीको संख्या १८ हजार ४९३ रहेको थियो । यस्तै पुसमा रोजगारीका लागि साउदी अरेबिया जान १४ हजार ३०७ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा परेको साउदी जाने नेपालीको संख्या मंसिरको भन्दा ७१९ जना बढी रहेको छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेको कतारमा १३ हजार १४ जना श्रम स्वीकृति लिएर पुगेका छन् । यसअघि मंसिर महिनामा कतार जाने नेपालीको संख्या १४ हजार १५२ रहेको थियो । चालु आव सुरु भएयता कतार र साउदी जाने नेपालीको संख्या बराबरी जस्तो देखिए पनि युएई जाने संख्यामा उल्लेख्य वृद्धि भएको विभागको तथ्यांक छ । 

यसैगरी यस्तै पाँचांै स्थानमा परेको कुवेतमा तीन हजार ५१८ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिकहरुको संख्या पनि क्रमशः बढेको छ । उल्लिखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको विभागको तथ्यांकबाट देखिएको छ । 

यसैगरी जापान एक हजार १९९, रोमानिया एक हजार ५८, बहराइन ९९४, ओमान ६८३, माल्दिभ्स ६२१, क्रोएसिया ५५८, मोरिसस जान ४८१ र साइप्रसका लागि ३५७  जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै मंसिर महिनामा इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने नेपालीको संख्या एक हजार ४२५ रहेको छ ।
 


प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP