Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • मनलाई सात्विक बनाउँदा
मनलाई सात्विक बनाउँदा
शिव खतिवडा ‘शिष्य’
शिव खतिवडा ‘शिष्य’ बुधबार, पुस २५, २०८०

हाम्रो शरीरमा जस्तोसुकै घातक रोग किन नलागोस् तर हामीले आफ्नो मानसिक चेतना बलियो बनाएर राख्यौं भने त्यस रोगले हाम्रो स्वास्थ्यलाई त्यति धेरै हानि पुर्‍याउन सक्दैन । तर सामान्य रोग नै किन नहोस् औषधि खाएरै पनि मनमा विभिन्न कुरा खेलाएर नकारात्मक सोच्न थाल्यौं भने त्यसले हाम्रो शरीरलाई नराम्रो असर पुर्‍याउँछ । यसबाट के स्पष्ट हुन्छ भने हरेक समस्याको बलियो समाधान भनेकै मानसिक चेतना प्रवल बनाउनु हो । 

संसारका हरेक सजिव प्राणीमा दुई हृदय हुने गर्दछ, भौतिक हृदय र आत्मिक हृदय । भौतिक हृदयले शरीरमा रगत सञ्चार गर्ने काम गर्दछ भने आत्मिक हृदयले दया, माया, करुणा, प्रेम आदिको प्रतिनिधित्व गर्ने गर्दछ । भौतिक हृदय प्राणीको केही नियन्त्रणमा हुँदैन, ऊ प्राकृतिक रूपमा आफ्नै गतिमा चलिरहन्छ भने आत्मिक हृदय प्राणीको नियन्त्रणमा हुन्छ । यही आफ्नै नियन्त्रणमा हुने दोस्रो हृदयको नाम नै मन हो । मानव इतर अन्य प्राणीमा विवेक नहुने भएकाले उनीहरूले आफ्नो आत्मिक हृदयलाई केही नियन्त्रण गर्न सक्दैनन् ।

मनलाई विभिन्न कार्यका आधारमा ‘अन्तः स्करण चतुष्टय’ भनी चार भागमा विभाजन गरिएको छ, ‘मन, बुद्धि, चित्त र अहंकार’ । मन अर्थात् अन्तःकरणलाई विभिन्न संकल्प विकल्पहरू गर्ने भएकाले मन, निर्णय गर्ने भएकाले बुद्धि, चिन्तन गर्ने भएकाले चित्त र अहम् अर्थात् घमण्ड गर्ने भएकाले अहंकारका रूपले चिनिन्छ । जसमा मन र बुद्धि, एक पक्ष हो भने चित्त र अहंकार अर्को पक्ष । ज्ञान, मन र बुद्धिको क्षेत्रमा पर्दछ भने भावनाअन्तर्गतका कुराहरु चित्त र अहंकारको समूहमा पर्दछन् ।

निर्णयको कार्य गर्ने बुद्धिको बासस्थान मस्तिष्कभित्र हुन्छ भने संकल्प विकल्पको कार्य गर्ने मनको बासस्थान हृदयभित्र मानिन्छ । बुद्धि नीति प्रधान हुन्छ भने मन कर्म प्रधान हुन्छ । सृष्टिको सम्पूर्ण काम मनले गर्दछ । काम गर्नुपर्दछ भन्ने कुराबाहेक मनलाई केही कुरा थाहा हुँदैन । त्यो काम राम्रो होस् वा नराम्रो मनलाई केही चासो पनि हुँदैन तर संसारलाई राम्रो काम चाहिन्छ । यसै कारण मनमा बुद्धिको हस्तक्षेपको आवश्यकता पर्दछ । बुद्धिले निर्णय लिने गर्दछ तर बुद्धि पनि सत्व, रज र तम आदि गुणहरुका कारणले आफ्नो रङ फेरिरहन्छ । त्यसैले बुद्धिलाई योग, ध्यान इत्यादि विभिन्न विधिहरूको अभ्यासबाट सधैं सात्विक बनाइरहनु पर्दछ ।

सत्वगुणयुक्त बुद्धिलाई नै विवेक भनिन्छ । विवेक भनेकै सकारात्मक विचारहरूले भरिएको बुद्धितत्व हो । त्यसैले विवेकद्वारा गरिएको निर्णय सही निर्णय हुने गर्दछ । अतः बुद्धि तत्वलाई विवेक तत्वमा रुपान्तरण गर्नु नै हामी सबैको प्रयास हुने गर्दछ । वैदिक ऋषिहरुले आफ्नो समाधिबाट गायत्रीमन्त्रको जुन प्रारुप तयार पारे, त्यसको उद्देश्य पनि बुद्धि तत्वलाई विवेक तत्वमा रुपान्तरण गर्नु हो । उक्त मन्त्रलाई चार वेदमध्येकै सर्वश्रेष्ठ मन्त्र मानिन्छ ।

Hardik health

जुन यसप्रकार रहेको छ–
‘ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।।’ अर्थात् सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्दर्छौं । ती परमात्माले हाम्रो बुद्धिलाई सधैं असल मार्गतर्फ प्रेरित गरून् ।
विभिन्न सुख तथा दुःखका साथै बन्धन तथा मोक्षको कारण पनि मन नै हो । विभिन्न विषयमा आशक्त मन दुःख तथा बन्धनको कारण हुन्छ भने संकल्प तथा कामनारहित मन परम् सुख तथा मोक्षको कारण हुन पुग्दछ । यही कुरालाई यहाँ स्पष्ट पारिएको छ । ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः ।’ –ब्रह्मबिन्दूपनिषद्, चाणक्य नीति ।

महान् विद्वान् सच्चिदानन्द सरस्वती (खप्तड बाबा)को पठनीय पुस्तक विचार विज्ञानमा पनि मन नै मानापमान तथा सुख दुःखको कारण हो र सद्विचारयुक्त मनले नै वास्तविक आनन्द तुल्याउँछ भनेर मनमा सधैं सद्विचारहरूको भण्डार गर्नुपर्ने कुरालाई नै जोड दिएका छन् ।

हाम्रो शरीरमा जस्तोसुकै घातक रोग किन नलागोस् तर हामीले आफ्नो मानसिक चेतना बलियो बनाएर राख्यौं भने त्यस रोगले हाम्रो स्वास्थ्यलाई त्यति धेरै हानि पुर्‍याउन सक्दैन । तर सामान्य रोग नै किन नहोस् औषधि खाएरै पनि मनमा विभिन्न कुरा खेलाएर नकारात्मक सोच्न थाल्यौं भने त्यसले हाम्रो शरीरलाई नराम्रो असर पुर्‍याउँछ । यसबाट के स्पष्ट हुन्छ भने हरेक समस्याको बलियो समाधान भनेकै मानसिक चेतना प्रवल बनाउनु हो ।

भगवान् श्रीकृष्णले पनि भागवद् गीतामा ‘इन्द्रीयाणां मनश्चास्मि’ अर्थात् इन्द्रीयहरूमध्ये ‘म’ मन हूँ भनेर मनलाई नै उत्प्रेरित गरेका छन् । कुनै पनि कार्य गर्दा मानिसले मन विचलित नबनाई एकाग्र मनले दत्तचित्त भएर गर्‍यो भने जस्तोसुकै कार्यबाट पनि हामीले सफलता प्राप्त गर्न सक्दछौं । तर जतिसुकै सरल काम होस् चञ्चल मनका साथ गर्यौं भने हामीले सफलता प्राप्त गर्न सक्दैनौं । महाभारतमा महर्षि व्यासले कौरवहरूलाई विजयको उपाय बताउने क्रममा पनि यही शिक्षा दिएका थिए । यस विषयमा साहित्यकार मुकुन्दशरण उपाध्यायले आफ्नो महाभारत सूक्तिसुधा नामक ग्रन्थमा यसरी स्पष्ट पारेका छन् ।

अल्पायां वा महत्यां वा सेनायामिति निश्चयः ।
हर्षो योधगणस्येको जयलक्षणमुच्यते ।।
अपि पञ्चाशतं शूरा मृद्नन्ति महतीं चमूम् ।।  –(महाभारत भीष्म पर्व ३/७५ र ८३)
अर्थात्
‘सेना धेरै कि थोरै होस् मेरो एस्तो छ निश्चय ।
उत्साहै हुनु हो मुख्य जितको हेतु वास्तव ।।
पचासैले पनि मार्छन् असंख्य सैन्यको गण ।
धेरै बगालले मात्र जितिने केही होइन ।।’

त्यसैले हामीले मनलाई सधैं सफा, स्वच्छ, निर्मल तथा उत्साही बनाइराख्नुपर्दछ । अनावश्यक चिन्ता लिएर मनलाई ग्लानी बनाउनु हुँदैन । नीतिशास्त्रमा यही कुरालाई बारम्बार भनिएको छ– ‘चिता दहति निर्जीवं चिन्त दहति जीवनम् ।’ अर्थात् चिताले निर्जीवलाई जलाउँदछ भने चिन्ताले सजीवलाई नै जलाउँछ । यसकारण मनलाई चिन्तामुक्त र ऊर्जाशील बनाई आफ्नो काममा दत्तचित्त भएर लाग्नाले असम्भव कुरालाई पनि सम्भव बनाउँदछ । संसारमा हरेक सफल भएका मानिसहरूको सूत्र पनि यही नै हो ।
 


प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP