Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विचार
  • Home
  • विचार
  • एउटा अमूल्य पुस्तक : ‘जंगी अड्डा : विगत र वर्तमान’
एउटा अमूल्य पुस्तक : ‘जंगी अड्डा : विगत र वर्तमान’
रवीन्द्र तामाङ
रवीन्द्र तामाङ बुधबार, पुस २५, २०८०

नेपाली सेनासँग सम्बन्धित विषयमा कलम चलाउने थोरै लेखकहरुमध्येका एक हुन्, मोहन थापा । सिन्धुली, काँशिखर्क–७ निवासी थापा नेपाली सेनाका पूर्वसुवेदार हुन् । वि.सं. २०४७ मा तत्कालीन शाही नेपाली सेना (हाल नेपाली सेना)मा सिपाहीका रुपमा प्रवेश गरेका थापाले २०६४ सालमा सुवेदार पदबाट अवकाश लिए । शाही नेपाली जंगी अड्डाले वि.सं. २०५१ देखि २०६१ सम्म रेडियो नेपालबाट प्रसारण गरेको शाही नेपाली सैनिक कार्यक्रममा थापा सहसञ्चालक थिए । जंगी अड्डामा नै रहँदा पनि उनी छापा पत्रकारितामा संलग्न रहेका थिए ।

नेपाली सेनामा १७ वर्ष सेवापछि अवकाश लिएका थापा सेनासँग सम्बन्धित विषयमा व्यक्तिगत रुपमा स्वअनुसान्धानमा लागे । फलतः थापाका हालसम्म पाँचवटा पुस्तक प्रकाशित भएका छन् । विभिन्न पत्रपत्रिका र अनलाइनमा नेपाली सेनासम्बन्धी उनका लेख छापिएका छन् । यसले उनलाई नेपाली सेनाका स्रोत व्यक्तिको रुपमा स्थापित गरेको छ । थापाका पाँच पुस्तकमध्ये ती सैनिक (२०७०), सुवेदार (२०७४), सुवेदार मेघबहादुर थापा (२०७४) नेपाली सेनासँग सम्बन्धित छन् ।

अनुसन्धान र लेखनलाई निरन्तरता दिँदै थापाले ‘जंगी अड्डाः विगत र वर्तमान’ नामक पुस्तक प्रकाशनमा ल्याएका छन् । यो उनको पाँचौं पुस्तक हो ।लेखक मोहन थापा (अ.प्रा.)को यो नयाँ पुस्तक उनकी धर्मपत्नी शारदादेवी खड्काले प्रकाशन गरेकी हुन् । पुस्तकको पहिलो अध्यायमा ‘जंगी अड्डा’ शब्दको विश्लेषण, दोस्रो अध्यायमा जंगी अड्डा नाम चयन, तेस्रो अध्यायमा जंगी अड्डा स्थापनाअघि सैनिक खटनपटन र बन्दोबस्त, चौथो अध्यायमा जंगी अड्डाको पृष्ठभूमि र स्थापनाको इतिहास, पाँचौं अध्यायमा राणाकालमा जंगी अड्डा र  छैटौं अध्यायमा बृहत् जंगी अड्डाको भवनको सविस्तार चर्चा गरेका छन् ।

Hardik health

त्यसैगरी सातौं अध्यायमा जंगी अड्डा वरिपरि रहेका वैभव सम्पदाहरुको परिचय, आठौंमा जंगी अड्डा मातहतका कार्यालयको जानकारी, नवौं अध्यायमा नेपालको राजनीतिक आन्दोलनमा जंगी अड्डाको भूमिका, ११औं अध्यायमा जंगी अड्डाबाट आयोजना हुने सभा, समारोह, पर्व र शिष्टाचारका प्रसंगहरु र १२औं अध्यायमा जंगी अड्डाका प्रसारण र प्रकाशनका परिचय समेटिएका छन् ।

साथै, १३औं अध्यायमा जंगी अड्डा र टुँडिखेलको ऐतिहासिक सम्बन्ध, १४औं अध्यायमा राष्ट्रिय झण्डा, नेपाली स्वाधीनता र जङगी अड्डाको अन्तरसम्बन्ध र १५औं अध्यायमा लेखक थापाले पुस्तकको उपसंहार निष्कर्ष लेखेका छन् । पुस्तकका हरेक अध्यायमा रहेका विषयहरु सन्दर्भ सामग्रीको आधारमा लेखक थापाले प्रस्तुति, विश्लेषण र निष्कर्ष निकालेका छन् । यसबाट थापा नेपाली सेना, जंगी अड्डा र इतिहासका चिन्तक हुन् भन्ने प्रस्ट हुन्छ ।

आवरण, भूमिकादेखि विषयसूचीबाहेक ११८ पृष्ठ रहेको प्रस्तुत पुस्तक नेपाली सेनाको बारेमा जानकारी, अध्ययन र अनुसन्धान गर्ने बौद्धिक वर्गका लागि एउटा खुराकमात्र नभई संग्रहनीय कृति रहेको छ । पुस्तक पढ्दै जाँदा जंगी अड्डाभित्र रहेका नेपाली सेनाको बृहत् तथ्यगत जानकारी पाइन्छ । साथमा लेखक थापाले नेपालको इतिहासको विभिन्न कालखण्डमा नेपाली सेनाको सक्रियता र निष्क्रियता किन ? भनेर चिरफार गरेका छन् । शाहकाल, राणाकाल, पञ्चायतकालको जंगी अड्डाको सक्रियता र प्रजातन्त्रको पुनर्बहालीदेखि गणतन्त्रसम्मका विभिन्न कालखण्डमा किन जंगी अड्डा मौन छ भन्ने सविस्तार राजनीतिक विश्लेषण विभिन्न प्रकाशित स्रोतका आधारमा गरेका छन् । त्यसैगरी जंगी भवनको इतिहास यस पुस्तकको अर्को महŒवपूर्ण अध्याय नै हो ।

लेखक थापासँग मेरो व्यक्तिगत भेट म रक्षा मन्त्रालयमा कार्यरत रहेको बेला ‘सुरक्षा जर्नल’ पत्रिका प्रकाशन गर्ने क्रममा भएको हो । लेखक थापाले मलाई सुरक्षा जर्नल पत्रिका प्रकाशनका लागि नेपाली सेनाका थुप्रै लेखक र स्रोत व्यक्तिहरुसँग भेट गरादिएका थिए । उनको सहयोगबाट मलाई सुरक्षा जर्नलका तीन अंक प्रकाशन कार्यमा सहज भएको थियो । लेखक थापाले सुरक्षा जर्नलका तीनवटै अंकमा आफ्नो लेख लेखेका छन् । 

जंगी अड्डा नामक पुस्तक भोलिका दिनमा नेपाल सेनामा असंलग्न नेपालका विद्वानहरुले पारिश्रमिक लिएर प्रशंसै प्रशंसाको माला उनेर लेख्लान् नै । तर आजको दिनमा एउटा अवकाशप्राप्त पदिक सेना सुवेदार मोहन थापाले व्यक्तिगत पहलमा स्वअध्ययन र अनुसन्धान मात्र होइन आफ्नै आर्थिक स्रोत खर्चेर ‘जंगी अड्डा ः विगत र वर्तमान’ पुस्तक प्रकाशनमा ल्याएका छन्् । यो चानचुने कुरा होइन । पाँचौं पुस्तक प्रकाशनको सन्दर्भमा लेखक एवं मित्र थापामा सलाम र बधाई व्यक्त गर्न चाहन्छु ।
 


प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न
फोन ट्यापिङ अधिकारः आवश्यकता र प्रश्न मंगलबार, भदौ २, २०८३
हेलिकप्टर सम्वाद 
हेलिकप्टर सम्वाद  मंगलबार, भदौ २, २०८३
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा
वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा सोमबार, भदौ १, २०८३
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार
महिला सशक्तीकरणः दिगो विकासको मूल आधार आइतबार, साउन ३१, २०८३
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर शुक्रबार, साउन २९, २०८३
बाध्यताको परदेश यात्रा
बाध्यताको परदेश यात्रा बिहीबार, साउन २८, २०८३
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP