Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
विचार
  • Home
  • विचार
  • रुद्राक्षको प्रयोग र महत्व
रुद्राक्षको प्रयोग र महत्व
ऋकेश भण्डारी ‘ऋगीश’ 
ऋकेश भण्डारी ‘ऋगीश’  सोमबार, पुस २३, २०८०

पछिल्लो समयमा रुद्राक्षधारी व्यापक रहेको देखिन्छ । ऋषिहरुलाई बुझ्ने धार्मिक व्यक्तिहरुदेखि गाँजाकै भरमा आफूलाई शिवको भक्त मान्नेसम्म गलामा टम्म रुद्राक्ष धारण गरेर हिँडिराखेका छन् । हामीले रुद्राक्ष धारण गरिराख्दा त्यसको औषधीय गुण र महŒव बुझ्न सकेर यसको संरक्षण र संवद्र्धन गर्दा नेपालको आर्थिक अवस्थामा पनि यसले राम्रो प्रभाव पार्ने छ । अहिले नक्कली रुद्राक्षहरु धेरै मात्रामा बनाइएका छन् । यसमा रोक लगाउनु हाम्रो कर्तव्य हो ।


‘रुद्र+अक्ष’ शब्द व्युत्पत्तिबाट रुद्राक्ष शब्दको निष्पत्ति हुन्छ । रुद्र शब्दको अर्थ हुन्छ शिव र अक्ष शब्दको अर्थ हो आँखा । रुद्रस्याक्ष्णः समुत्पन्नं रुद्राक्षमिति कथ्यते (रु.मा.), अर्थात् रुद्रको नेत्रबाट खसेका चार थोपा अश्रुबिन्दुबाट यसको उत्पत्ति भएकाले रुद्राक्ष नामकरण भयो भन्ने बुझ्न सकिन्छ । यसैगरी रुद्राक्ष महात्म्यको  ततस्तैस्त्रिदशैः सार्धं त्रिनेत्रस्त्रिपुरान्तकः । इत्यादि श्लोेक र पुराणहरुका श्लोक हेर्दा यसको उत्पत्ति प्रसंगमा भने मतैक्य नरहेको देखिन्छ । रूद्राक्ष जाबालो पनिषद् र श्रीमद् देवी भागवत् महापुराणमा भने लगभग एउटै मत रहेको छ ।

रूद्राक्ष जाबालो पनिषद्मा भुसुण्डलाई कालाग्नि रुद्रले र श्रीमद् देवी भागवतमा कार्तिकेयलाई भगवान् शिवकै भनाइ उद्धृत गर्दै– त्रिपुरासुर दैत्यले ब्रह्मा, विष्णुलगायत सबै द्यौतालाई अत्यधिक कष्ट दिएको, त्यसको सम्हार गर्न द्यौताहरूले मेरो उपासना गर्न थाले, त्यसपछि मैले त्यस दुष्टको नाश गर्न अघोरास्त्रको ध्यान गर्न थालेँ । ध्यान गर्दा गर्दै दिव्य एक हजार वर्ष व्यतीत भएछ । यसै क्रममा खुलेका तीनवटै आँखामा पीडा उत्पन्न भए, त्यसपछि तीनवटै आँखा खोली तपस्या गर्दा आँखा दुखेको र चार थोपा आँसु पृथ्वीमा खसेको, ती थोपा नै रुद्राक्षको रूपमा परिणत भए, ती आँसु नै रुद्राक्षको वृक्षमा परिणत भएको भन्ने प्रसंग पाइन्छ । 

देवी भागवतमै शिव भन्छन्– मेरा दाहिने नेत्रबाट खसेका आँसुका थोपाहरूबाट १२ प्रकारका राता र पहेँला रङका रूद्राक्ष, बायाँ नेत्रबाट खसेका आँसुहरूबाट १६ प्रकारका सेता रुद्राक्ष, तृतीय नेत्रबाट खसेका आँसुहरूबाट १० प्रकारका काला रुद्राक्ष उत्पन्न भए । यसरी ३८ प्रकारका रुद्राक्ष उत्पन्न भए । जसमध्ये एकमुखेदेखि चौधमुखीसम्मका रुद्राक्षको भने विस्तृत व्याख्या पाइन्छ । जातिगत आधारमा रुद्रक्ष, भद्राक्ष, इन्द्राक्ष र सहस्राक्ष चार किसिमका रुद्राक्ष हुन्छन् । युगल अर्थात् दुईवटा जोडिएको रुद्राक्ष गौरीशंकरको रुपमा र त्रिजुगी अर्थात् तीनवटा जोडिएको रुद्राक्ष गौरीशंकर र गणेशको रुपमा मानिन्छ । 

वर्ण व्यवस्थाअनुसारको रुद्राक्ष धारण गर्नुपर्ने कुरा पनि बताइएको छ । अब वर्ण व्यवस्था भन्नाले श्रीकृष्णले भनेझैं ‘चातुर्वण्र्यं’  अनुसारको बुझ्नुपर्छ । यो वनस्पति भए पनि सबैभन्दा उत्कृष्ट वनस्पतिको रूपमा चिनिन्छ । यो उपचारोपयोगी रहेको छ । एक वा बहुसंख्यं वा रुद्राक्ष मत्स्वरूपकम् । यो धारयति देवेश स मां धारयति ध्रुवम् ।। मेरुतन्त्रे ९ प्रकाशे । शिव भन्छन्– रुद्राक्षको एक दाना वा धेरै दाना जे भए पनि सबै रुद्राक्ष मेरै स्वरुप हुन् । त्यसैले जसले श्रद्धापूर्वक रुद्राक्ष धारण गर्दछ, त्यसले मलाई नै धारण गरेसमान हुन्छ ।

Hardik health

एकमुखी रुद्राक्षः
एकवक्रः शिवः साक्षात् ब्रह्महत्यां व्यपोहति । (रु.मा.) आदि श्लोक हेर्दा एकमुखी रुद्राक्ष साक्षत् शिवको स्वरुप मानिन्छ । यसमा एक रेखामात्र हुन्छ । यसको दर्शनमात्रले पनि ब्रह्महत्याजनित पापहरुको नष्ट हुन्छ । यसको धारणा गर्नाले मान्छे शिवझैँ हुन्छ । यो रुद्राक्ष दुर्लभ भएकाले ईश्वरकै कृपाद्वारामात्र प्राप्त गर्न सकिन्छ । यसले आगाको ज्वालालाई पनि शान्त पार्ने कुरा शिव–रहस्यमा बताइएको छ ।

द्विमुखी रुद्राक्षः
द्विवक्त्रं तु मुनिश्रेष्ठ चार्धनारीश्वरात्मकम् । (रु.जा.उ.) आदि श्लोक हेर्दा द्विमुखी रुद्राक्षलाई अर्धनारीश्वरात्मक मानिएको छ । यसको धारण गर्दा पनि शिवले सधैं कल्याण गर्ने छ । यसलाई सम्पूर्ण देवीदेवताको स्वरुप पनि मानिन्छ । यसलाई पुज्नाले पापहरु नष्ट हुन्छन्, र यसले कुण्डलिनी जागरण पनि गर्दछ । यसलाई घरमा राख्दा पनि राम्रो हुने कुरा बताइएको छ । 

त्रिमुखी रुद्राक्षः
त्रिमुखं चैव रुद्राक्षं अग्नित्रयस्वरुपकम् । (रु.जा.उ) आदि श्लोककाअनुसार त्रिमुखी रुद्राक्ष दक्षिणाग्नि, गार्हपत्यानि र आहवनीयाग्नि स्परुप हुन्छ । त्रिवक्त्रस्तु अनलः साक्षात्।। (दे. भा.११.४) त्रिमुखी रुद्राक्ष साक्षात् अग्निको स्वरुप हुन्छ । यसको धारण गर्नाले अग्निको भय नहुने र अग्निदेव प्रसन्न हुन्छन् । यसमा जरोलाई पनि शान्त गर्न सक्ने क्षमता हुन्छ ।

चतुर्मुखी रुद्राक्षः
चतुर्मुखं तु रुद्राक्षं चतुर्वक्त्रस्वरुपकम् । .(रु. जा.उ), चतुवक्त्रः स्वयं ब्रह्मा नरहत्यां व्यपोहति । दे.भा.११.४ । चतुर्मुखी रुद्राक्ष स्वयं ब्रह्माका स्वरुप हुन् । यसको धारण गर्नाले ब्रह्माले सधैं कल्याण गर्ने छन् । यसले मन्दबुद्धि, वाकशक्तिको कमजोरी, स्मरणशक्ति र मस्तिष्कसम्बन्धी सम्पूर्ण रोगहरुको शान्ति गर्दछ ।

पञ्चमुखी रुद्राक्षः
पञ्चवक्त्रं तु रुद्राक्षं पञ्चब्रह्मस्वरुपकम् । (रु.जा.उ), पञ्चवक्त्रः स्वयं रुद्रः कालाग्निर्नामनामतः। (दे.भा.) यो पञ्चब्रह्मको स्वरुप हो । र, कालाग्निनामको रुद्रको स्वरुप हो । यो रुद्राक्ष सबैभन्दा धेरै पाइन्छ । यसको धारणा गर्नाले शिव अति प्रसन्न हुने विश्वास गरिन्छ । पहेँलो पाँचमुखी रुद्राक्ष घोटेर आँखामा लगाउँदा आँखामा हुने जालो हट्ने कुरा पुराणहरुमा पाइन्छ ।

षड्मुखी रुद्राक्षः
षड्वक्त्रमपि रुद्राक्षं कार्तिकेयाधिदैवतम् । (रु.जा.उ.) षड्मुखी रुद्राक्ष कार्तिकेयको स्वरुप हुन् । उक्त रुद्राक्ष धारण गर्नाले अभीष्ट सिद्ध हुन्छ । र आधिभौतिक, आधिदैविक र आध्यात्मिक दुःखको शान्ति पनि गर्छ । मान्छे रोगरहित बन्दछ । मूर्छा पर्ने, पागलपन, पेटसम्बन्धी रोग, श्वास–प्रश्वास र स्त्रीसम्बन्धी रोगका लागि यो अचुक औषधिको रुपमा मानिन्छ ।

सप्तमुखी रुद्राक्षः
सप्तवक्त्रं तु रुद्राक्षं सप्तमात्राधिदैवतम् । (रु.जा.उ.) यसका देवता सप्तर्षि र सप्तमातृका हुन् । यसको धारणाले ऐश्वर्य, श्रीको वृद्धि र ज्ञानको उदय पनि हुन्छ । यसको देवता कामदेव पनि हुन् भनिएको छ । यसको धारणले निरोगी रहने कुरा बताइएको छ ।

अष्टमुखी रुद्राक्षः
अष्टवक्त्रं तु रुद्राक्षमष्टमात्राधिदैवतम् । (रु.जा.उ.), अष्टवक्त्रो महासेन साक्षाद्देवो विनायकः । (दे.भा.) अष्टमुखी अष्टवसुका स्वरुप हुन् । यसको धारणले अष्टवसु र भगवती गंगा प्रसन्न हुन्छिन् र शिव सायुज्य पनि प्राप्त हुन्छ । यसलाई विनायक स्वरुप पनि मानिन्छ । यसले आयु पनि बढाउँछ । 

नवमुखी रुद्राक्षः
नववक्त्रं तु रुद्राक्षं नवशक्त्याधिदैवतम् । (रु.मा.), नववक्त्रो भैरवस्तु धारयेदत् बामबाहुके । (दे.भा.) नवमुखी रुद्राक्षका देवता नवदुर्गा हुन् । उक्त रुदाक्षधारण गर्नाले नवदेवी प्रसन्न हुन्छिन् । उक्त नवमुखी रुद्राक्षका देवता भैरव पनि हुन् भनिएको छ । त्यसलाई व्यक्तिको देब्रे हातमा बाध्नु उत्तम मानिन्छ । यसको प्रभावले भुक्ति मुक्तिको प्राप्ति र व्यक्ति शिव सदृश बलवान् हुन्छ । यसले सम्पन्न र निरोगी बनाउँछ ।

दशमुखी रुद्राक्षः
दशवक्त्रं तु रुद्राक्षं यमदैवत्यमीरितम् । (रु.जा.उ.), दशवक्त्रस्तु देवेशः साक्षादेवो जनार्दनः । (दे.भा), यो साक्षात् यम स्वरूप हुन्छ । यमराज पनि उक्त रुद्राक्ष धारक गर्ने मानिससँग प्रसन्न हुन्छन् । ग्रहदशा शान्त हुन्छ, उक्त रुद्राक्षका देवता विष्णु पनि हुन् भनिएको छ । जसलाई धारण गर्नाले व्यक्तिको ग्रहदशा, भूत, प्रेत, पिशाचजनित बाधा, ब्रह्म–राक्षस एवं सर्पदंशजनित कष्टको पनि शान्ति हुन्छ । गाईको दूधमा उक्त रुद्राक्ष घोटेर खाएमा खोकी पनि यसले निको पार्दछ ।

एकादशमुखी रुद्राक्षः
वक्त्रैकादश रुद्राक्षो रुद्रैकादशकं स्मृतम् । (दे.भा.), एकादशमुखं त्वक्षं रुद्रैकादशदैवकम् । (रु.जा.उ.), यो साक्षात् एकादश रुद्र हुन् । उक्त रुद्राक्ष शिखामा धारण गर्नुपर्दछ । उक्त रुद्राक्ष धारण गर्नाले हजार अश्वमेध यज्ञ, वाजपेय यज्ञ, लाखौं गाई दान गर्दा प्राप्त हुने फल पाइन्छ । उक्त रुद्राक्ष धारण गर्नाले धारकको सौभाग्य वृद्धि हुने गर्दछ ।

द्वादशमुखी रुद्राक्षः
रुद्राक्षं द्वादशमुखं महाविष्णुस्वरुपकम् । द्वादशादित्यरुपं च विभत्र्येव हि तत्परम् । (रु.जा.उ), साक्षात् विष्णु स्वरूप मानिन्छ । उक्त रुद्राक्ष धारण गर्ने व्यक्ति सित विष्णु र सूर्यदेव प्रसन्न हुन्छन् । रुद्राक्ष धारक व्यक्तिले विभिन्न यज्ञको फल प्राप्त गर्दछ । 

त्रयोदशमुखी रुद्राक्षः
त्रयोदशमुखं त्वक्षं कामदं सिद्धिदं शुभम् । (रु.जा.उ.) यो साक्षात् कामदेव स्वरूप हुन्छ । उक्त रुद्राक्ष धारण गर्नाले कामदेव प्रसन्न हुन्छन् भनिएको छ । उक्त रुद्राक्ष कार्तिकेयको पनि स्वरुप हुन्छ । यसले मनोकामनाको पनि पूर्ण गर्दछ । अज्ञानवश गरिएको दुष्कृत्यको पनि नाश गर्दछ । भने यसले सन्तानोत्पादनसमेत हुन्छ ।  

बतुर्दशमुखी रुद्राक्षः
चतुर्दशमुखं त्वक्षं कामदं सिद्धिदं शुभम् । (रु.जा.उ.),  साक्षात् शिव स्वरूप हुन्छ । यो सम्पूर्ण मनोवाञ्छित कामनाको पूर्ति गर्नेवाला र सम्पूर्ण रोग नाश गर्नेवाला छ । उपलब्ध भएमा शिरमा सदैव धारण गर्नुपर्दछ । जसको प्रभावले व्यक्ति शिवसदृश शक्तिशाली बन्दछ र अन्त्यमा शिवलोकमा पुग्दछ भनी विभिन्न पुराणमा उल्लेख गरिएको पाइन्छ । स्त्रीसम्बन्धी आन्तरिक रोग, शिथिलता र विभिन्न रोगहरुमासमेत यसले फाइदा पुर्‍याउँछ ।

पछिल्लो समयमा रुद्राक्षधारी व्यापक रहेको देखिन्छ । ऋषिहरुलाई बुझ्ने धार्मिक व्यक्तिहरुदेखि गाँजाकै भरमा आफूलाई शिवको भक्त मान्नेसम्म गलामा टम्म रुद्राक्ष धारण गरेर हिँडिराखेका छन् । अझ अहिले त मन्दिरमा भक्तजनको घाँटीमा, सभामा नेताको घाँटीमा,  ठमेलमा विदेशीहरुको घाँटीमा र नवयुवाहरुको घाँटीमासमेत रुद्राक्ष देख्न पाइन्छ ।

यो जुन–जुन धर्म भनेर हामीबीच फाटो हाले पनि मान्छे स्वतः वैदिक सनातन धर्मबाट टाढा हुन सक्दैन भन्ने एक उदाहरण हो ।हामीले रुद्राक्ष धारण गरिराख्दा त्यसको औषधीय गुण र महत्व बुझ्न सकेर यसको संरक्षण र संवद्र्धन गर्दा नेपालको आर्थिक अवस्थामा पनि यसले राम्रो प्रभाव पार्ने छ । अहिले नक्कली रुद्राक्षहरु धेरै मात्रामा बनाइएका छन् । यसमा रोक लगाउनु हाम्रो कर्तव्य हो ।


प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत्
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत् आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP