Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
विचार
  • Home
  • विचार
  • हिटी सम्पदाको संरक्षणमा यादवलाल कायस्थ
हिटी सम्पदाको संरक्षणमा यादवलाल कायस्थ
पदम श्रेष्ठ 
पदम श्रेष्ठ  आइतबार, पुस २२, २०८०

हिटीको सात्विक अर्थ नेपाल भाषामा रगतजत्तिकै महŒवपूर्ण तरल पदार्थ भनिएको हो । ‘हि’ को अर्थ रगत र ‘टी’ को अर्थ तरल पदार्थ अर्थात् पानी भनेको रगतजत्तिकै महŒवपूर्ण पदार्थ भन्ने अर्थले उपत्यकाका धाराका नाम नेपालभाषामा हिटी रहन गएको मानिन्छ ।

यस तथ्यलाई बुझेर हाम्रा आदि पुर्खाहरूले बस्ती निर्माण गर्दा नै काठमाडौंको माथिल्लो टोललाई थँहिटी, तल्लो टोललाई कोहिटी र बीचको केन्द्रीय बस्तीलाई मरूहिटी नामाकरण गरी जमिनमुनिबाटै फिल्टररेसन सिस्टमबाट ढुंगेधारा, सुन्धारा, इनार (टुँथी) कुवा (बुङगाचा) बनाउने परम्परा विकास गरेका थिए ।

त्यसैगरी पाटन, भक्तपुर, कीर्तिपुर, मध्यपुर, टोखा, बनेपा, फर्पिङलगायतका जुनसुकै प्राचीन नेवार बस्तीका संरचनामा हिटीलाई पनि जोडेर बनाएका थिए । यी र यस्ता ऐतिहासिक हिटी, ढुंगेधारा, इनार, कुवाको संरक्षणार्थ उत्खनन र व्यवस्थापनमा क्रियाशील व्यक्ति हुन्, यादवलाल कायस्थ ।

हिटी सम्पदा र मूर्ति संरक्षणका अभियन्ता कायस्थ यिनै तथ्यहरूलाई बुझ्ने/बुझाउने र अतिक्रमित, लोपोन्मुख ढुंगेधारालगायतका पानीका स्रोतहरूको संरक्षणमा लागेको २०७३ सालदेखि हो । मण्डफल्चा भनिने सोह्रखुट्टे पाटी सडक विस्तारको क्रममा सार्दा प्राचीन ढुंगेधारा हिटीमाथि बनाउन खोजेपछि विरोधस्वरूप थालेको हिटी संरक्षण अभियानले गति लिइरहेको छ ।

Hardik health

यस क्रममा काठमाडौं महानगरपालिका वडा–१६ ले थालेको ढुंगेधारा विस्थापनलाई तत्कालीन सभासद वसन्त मानन्धरलाई भनेर अर्कै ठाउँमा सोह्रखुट्टे पाटी सार्न लगाएपछि कायस्थलाई पनि लाग्यो, राजनीतिक नेतृत्वलाई बुझाउन र स्थानीय जनतालाई जागृत गर्न सके हिटी सम्पदाको संरक्षण गर्न सकिँदो रहेछ । लगत्तै स्थानीय बासिन्दाकै पहलमा स्वयम्भू किमडोल र काठमाडौंको नाउँ राख्न सफल येङगा हिटीलाई राणाकालीन दरबारको कम्पाउण्डभित्रबाट सार्वजनिक गर्न पहिलोपटक नेपाली सेनाले सहभागिता जनाएपछि लाग्यो, सेना प्रहरीलाई पनि आग्रह गर्‍यो भने सम्पदा संरक्षण गर्न सकिँदो रहेछ ।

यसरी नै भक्तपुरको जगाती सिंखोहिटी, वचामह्री हिटी र पाटनको भनिमण्डलका हिटीहरू पनि उत्खनन, सफाइ र सार्वजनिक गरेको उनले सुनाए । काठमाडौंको सोह्रहिटी (तीनधारा पाठशाला) को अतिक्रमित ढुंगेधारा र देवीदेवताका मूर्तिसहित कायस्थ अभियानले तीन दर्जनभन्दा बढी हिटी उत्खनन र १५० भन्दा बढी मूर्ति संरक्षणार्थ सम्बन्धित निकायमा दिइसकेका छन् । तर पुरातŒव विभागका निर्देशक दामोदर गौतमको पालामा काठमाडौं नक्सालनिरको हिटी पुरेर रामकाजी कोनेले बनाएको घरचाहिँ अभियानले हटाउन सकेन । कायस्थ अभियानको प्रयास जारी छ– कोने र कोनेको जस्तै सम्पदा पुरेर निर्मित घर भवनहरू हटाएर हिटी तथा देवमूर्तिहरू संरक्षण गर्दै जाने ।

स्थानीय तह, पुरात्तŒव विभाग, संस्कृति मन्त्रालयलगायतको समन्वय गरी सम्पदा संरक्षण गर्ने उनको अभियान जारी छ । हात्तीसारमा उत्खनन गर्दा ढुंगेधाराको सबै संरचना फेला परे तर धाराको टुटी (जुन ढुंगाले बनेको हुन्छ) त्यो चाहिँ नभेटिएकै हो । सो क्षेत्र पुर्नका लागि पुरातŒवले अनुमति दिँदा अभियानले पैसा खाएकोलगायत आरोप पनि खेप्नुपरेको कायस्थ बताउँछन् ।

यस अभियानमा कायस्थलगायत जति पनि जोडिएका छन्, सबैले स्वयंसेवकको रूपमा सम्पदा संरक्षणका लागि काम गरिरहेका छन् । अभियानमा नजोडिए पनि अपमान भने नगरे आफूहरुको मनोवल बढ्ने उनको भनाइ छ । वि.सं. २०७३ देखि हालसम्म यस अभियानका लागि कसैसँग चन्दा वा कुनै शुल्क लिएका छैनन् । अभियन्ताहरू सम्पदा संरक्षणका लागि आफूखुसी जोडिन्छन् । काम गर्दा खाजासमेत आफ्नो गोजीको खर्चले खान्छन् । त्यसो त हिटी उत्खननका लागि आर्थिक सहयोग गर्छु भन्नेहरुको कमी छैन । तर पैसा लिएर सम्पदा संरक्षण गरिन्न, पैसासँग त झगडा, अविश्वास जोडिन्छ । त्यही कारण आर्थिक सहयोग नलिने अभियानको लक्ष्य छ । 

सम्पदा संरक्षणको अभियान कमाउने माध्यम हुँदै होइन । यस अभियानले पुरिएको ढुंगेधारा उत्खननका साथै चोरिएका मूर्तिहरू फेला परेर पनि प्रहरी चौकीमा अलपत्र छन् । त्यस्ता सम्पदाको सम्बन्धित ठाउँमा लगेर व्यवस्थापन गर्ने काम पनि सँगसँगै गरिरहेको कायस्थ बताउँछन् ।

ढुंगेधारा र मूर्ति
यादवलाल कायस्थको दृष्टिकोणमा रगतको झोलरूपि हिटीलाई ढुंगेधाराको नाउँमा विस्थापन गर्नुहुँदैन । आधुनिक प्रविधिबाट वितरण हुने धाराको पानी खासै हाम्रा पुर्खाले निर्माण गरी छोडेको हिटीजस्तो वैज्ञानिक प्रविधियुक्त हुँदैन ।

त्यही कारण हिटीलाई ढुंगेधारा भन्न नहुने उनको तर्क छ । किनभने धारा मुहानको पानी सीधै पोखरीमा जम्मा गरी घर–घरमा वितरण गरिन्छ । त्यही पानीलाई ढुंगेधारा बनाएर पानी वितरण गर्दा ढुंगेधारा भन्नु उचित हो । रगतजस्तै महŒव बोकेको पानी हिटी नै भन्नु उपयुक्त होला । मुहानको पानीलाई प्राकृतिक रूपमा नै बगाएर ठाउँ–ठाउँमा फि अर्थात् बालुवा, गठचा, हाकुचाजस्ता ६५ प्रकारका माटोमार्फत छानेर धारासम्म पानी पुर्‍याइन्छ ।

फ्रान्सलगायत विकसित मुलुकहरूमा पनि ढुंगेधारा प्रविधि आकाशमार्गमा राखिएको हुन्छ तर जमिनमुनिको माटोसँग धाराको पानीसँग कुनै सम्बन्ध हुँदैन । त्यसैले फिल्टर सिस्टमलाई अप्रेसन गरेर जन्माएको बच्चाजस्तै भन्न सकिन्छ । नेपालमा विशेषगरी प्राचीन नेवार बस्तीहरूमा निर्मित हिटीलाई प्राकृतिकरूपमा नै जन्माएको सन्तानजस्तै भन्न सकिन्छ । नेपाली हिटी परम्परा विश्वकै नमूनायुक्त वैज्ञानिक प्रविधि भएकोले यसको संरक्षण राज्यबाटै हुनुपर्ने अभियन्ता कायस्थको भनाइ छ ।

हिटी संरक्षण अभियान
काठमाडौं महानगरपालिका–२ स्थित ललितानिवाससँगै विश्वविख्यात आँखाको डाक्टर सन्दुक रूइतले बनाउँदै गरेको भवन कम्पाउण्डभित्र प्राचीन ढुंगेधारा पुरिएको कुरा स्थानीय सुरेश साहीले सार्वजनिक गरिदिए । त्यो आवाजलाई नेपाली कांग्रेसका स्थानीय नेता दिनेश तुलाधरले समर्थन गर्दै हिटी उत्खननका अभियन्ता यादवलाल कायस्थसम्म पुर्‍याइदिए ।

त्यसपछि त्यो उत्खनन अभियानमा उनी तथा उनको टिमले तत्काल सहभागिता जनाएपछि ढुंगेधारा सार्वजनिक हुन सकेको हो । अभियानकै पहलमा कामपा–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले हिटीलाई प्राचीन परम्पराअनुसार निकास मुहानको खोजी गरी कलात्मक ढंगमा पुनर्निर्माण थाल्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी अभियानले कतै आफैंले खोजेर त कतै स्थानीय बासिन्दाको पहलमा सहभागिता जनाउँदै हालसम्म तीन दर्जनभन्दा बढी ढुंगेधारा उत्खनन, संरक्षण र व्यवस्थापन गरिसकेका छन् ।

अभियानद्वारा संरक्षित हिटीहरू
बटुकभैरव मन्दिरपरिसर– लगनखेलस्थित उक्त मन्दिरपरिसर सडक विस्तारका क्रममा भत्काउने योजनाविरूद्ध फेसबुक लाइभ गरेर रोक्न अभियान सफल भएको थियो । त्यसैगरी काठमाडौंका परम्परागत बस्तीमा सडक विस्तारविरूद्धको अभियानमा सुमन सायमीसँग पनि सहयात्रा गरेका कायस्थले तीन दर्जनभन्दा बढी हिटी सम्पदाको संरक्षणमा योगदान पुर्‍याएका छन् । यस्ता हिटीहरुमध्ये उदाहरणीय कर्म निम्न छन् ।

१) स्वयम्भूबाट आनन्दकुटी पढ्न जाँदा देखिने हिटी
३) किमडोलको म्ये छ्यो हिटी/फल्चा
४) कामपा–१ वडाको तीनधारा पाठशालाको सोह्रहिटी
५) १० वडाको बानेश्वर चोक ३० फिट खन्ने योजना
६) भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–८/९ को सिंखो हिटी फल्चा
७) भक्तपुर–९ वचामह्री
८) कामपा–१६ यराहिटी चक्रपथ सुधार योजना हटाउन परिपत्र गर्दा
९) थिमी थापा हिटी स्थानीय नगरपालिका
१०) हिटी दुने, फल्चा पिने पनि उत्खनन गरेको तर पुनर्निर्माण गर्दा
   उल्टो भएको ।

११) भक्तपुर जिल्ला शिक्षा कार्यालय अगाडिको हिटी

१२) पाटन भनिमण्डल जलस्रोत आयोजनाको अगाडि उत्खननको तयारी ।

यस अभियानमा स्वयंसेवकको दृष्टिले जोडिएका व्यक्तिहरू शंकर जोशी, सुरज महर्जन, इन्द्र डंगोल, रवीनमान नकर्मी, सुरेश डंगोल लगायत १६/१७ जना निरन्तर संलग्न छन् । यस्तै आफ्नो काम, व्यवसाय सम्हाल्दै फुर्सदको समयमा जोडिनेहरू पनि थुप्रै छन् ।

सेनाको जागिर छाडेर हिटी संरक्षण अभियान
वि.सं. २०३६ मंसिर २५ गते शिवलाल कायस्थ र विमला कायस्थका कान्छो छोराको रुपमा जन्मिएका हुन्, यादवलाल । काठमाडौंको नःघल थँहिटीमा हुने ३६५ दिनमा २६४ वटै बाजागाजा बजाएर आउने जात्रामा सहभागीहरू खटका देवतासँगै दौड थाले । उनले १० वर्ष नेपाली सेनामा जागिरे जीवन बिताए । तर एकोहोरो आदेशको भरमा बाँच्नुपर्ने जागिरे जीवन उनलाई ठीक लागेन । अन्ततः राजीनामा दिएर स्वतन्त्र जिउने विचार निर्णय लिए ।

आमा सानैमा बितेकोले सम्पदाको सरसफाइ गर्दै हिँड्ने बुबासँगै उनी हिँड्न थाले । बुबाले टोलमा रहेका प्रत्येक सम्पदा (देवता र हिटी) यादवलाललाई चिनाए । बुबाको त्यही कामले उनलाई सम्पदा संरक्षण अभियन्ता बनायो । नेपाली सेनामा जागिर खाँदा शान्ति सेनामा जाने अवसर दुईपटक आउँदा पनि गएनन् । किनभने शान्ति सेनामा गएर पैसा कमाउने रहरभन्दा पनि स्वदेशको सेवा गर्ने धोको बढी थियो उनमा ।

उपत्यकामा करिब ५०० ढुंगेधारा
उपत्यकाका पाँच पुर पाँच नगरीमा करिब ५०० वटाभन्दा बढी ढुंगेधारा रहेका छन् । ढुंगेधारामा विभिन्न अनुसन्धानबाट भएको तथ्यांकअनुसार ४० प्रतिशत पानी आउने, ३२ प्रतिशत पानी नआउने, संकटमा परेका (लोप हुन लागेको अवस्थामा) छ प्रतिशत र  हराएका वा फेला नपरेका १४ प्रतिशत रहेको उल्लेख छ ।

कायस्थ अभियानले हिटीमा उत्खननको क्रममा सर्वप्रथम पानीको निकास राम्रो हुनुपर्ने जनाएको छ । यस्ता हिटीहरु अतिक्रमणको स्थितिमा रहेका छन् भने हिटीलाई स्थानीय जनता, जनप्रतिनिधिसँग हारगुहार गरी संरक्षण गराउने गर्दै आइरहेका छन् । यादवलाल स्पष्ट शव्दमा भन्छन्, अभियान आफैंले बनाउँदैन र चन्दा, दान सहयोग लिँदैन । किनकि चन्दा सहयोगबाट कामभन्दा बढी विवाद हुने र अन्त्यमा लक्ष्यसम्म पुग्नै सक्दैन । अभियन्ताहरुको आ–आफ्नै पेसा व्यवसाय भएको कारण खाजा र यातायात खर्च पनि आफैंले राखेर मात्र आफ्नो मन, वचन र श्रमदानबाट जे गर्न सकिन्छ त्यही गर्दै जाने मूल कडी भएको उनी बताउँछन् ।

आफूहरुले गरेको कामको जस जसले लिए पनि सरोकार नहुने उनको भनाइ छ । तर अभियानले देखाएको हिटी सम्पदाको संरक्षण नगरेसम्म जिम्मेवार निकाय, जनप्रतिनिधिलाई जगाइरहने प्रतिबद्धता छ । सहरी जीवनको संस्कार, संस्कृति र परम्परासँग जल सम्पदाको अभिन्न नाता छ । यसको महŒवलाई वास्तुकलाले सम्पन्न ढुंगेधारालाई हिटी संरचनामा जोडिरहनेमा कायस्थ अभियान प्रतिबद्धता छ ।
 


प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा निर्णायक भएको निर्वाचन
युवा निर्णायक भएको निर्वाचन सोमबार, फागुन ११, २०८२
कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म 
कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म  शुक्रबार, फागुन ८, २०८२
लोकतन्त्रका आधार नै युवा पुस्ता
लोकतन्त्रका आधार नै युवा पुस्ता बिहीबार, फागुन ७, २०८२
चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस
चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस बिहीबार, फागुन ७, २०८२
बौद्धिक सम्पत्तिको अधिकार कार्यान्वयनको अवस्था
बौद्धिक सम्पत्तिको अधिकार कार्यान्वयनको अवस्था मंगलबार, फागुन ५, २०८२
परेड खेल्दै हरित सेना !
परेड खेल्दै हरित सेना ! मंगलबार, फागुन ५, २०८२
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल  आइतबार, फागुन ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP