Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • ‘ब्लडमनी’ तिरेर फर्किए सुवास
‘ब्लडमनी’ तिरेर फर्किए सुवास
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १२, २०८०

 

झापा- ‘ब्लडमनी’ तिरेर घर फर्किन सफल कनकाई–४ का ३३ वर्षीय सुवास राउत वैदेशिक रोजगारीका क्रममा बिताएका त्रासदीपूर्ण क्षणहरु बिर्सन चाहनुहुन्छ । किनकि, उहाँ अब स्वदेशमै रोजगारीको लयमा फर्किनुभएको छ ।

 “अब विदेश जान्न”, हालै स्वदेश फर्किनुभएको उहाँ भन्नुहुन्छ, “गाउँकै पानी उद्योगमा सानो काम गर्न थालेको छु । भविष्य के–कस्तो होला भन्न सकिन्न, तर अब स्वदेशमै गरिखाने हो ।” पाँच वर्षअघि कतार जानुभएको उहाँलाई केही वर्षमै साथी हत्याको झुठो आरोपमा अदालतले मृत्युदण्डको फैसला सुनायो । ब्लडमनीबापत रु ९० लाख तिर्नुपर्ने भनी अदालतले दिएको विकल्प पनि असम्भव जस्तै थियो ।

 मृत्युको मुखमा पुगिसकेका राउतलाई गाउँलेहरुले बचाएर एक महिना अघि स्वदेश ल्याएका छन् । गाउँलेले चन्दा उठाएर ब्लडमनी तिरेपछि मृतकका परिवारले उहाँलाई माफी दिएका थिए भने त्यसकै आधारमा अदालतले उहाँलाई स्वदेश फर्किन अनुमति दिएको थियो ।

Hardik health

 स्वदेश फर्केपछि उहाँ गाउँकै कनकाइ ‘वेभरेज’ नामक पानी उद्योगमा काम गर्न थाल्नुभएको छ । उहाँकी पत्नी कुमारी राउत घर निर्माणको काममा मजदुरी गर्दै आउनु भएको छ । राउत दम्पतीका एक छोरी र एक छोरा छन् । बाह्र वर्षीया छोरी र आठ वर्षीय छोरा स्थानीय विद्यालयमा क्रमशः सात र एक कक्षामा पढ्दैछन् ।

आर्थिक अवस्था दयनीय

राउत परिवारको आर्थिक अवस्था दयनीय छ । खेती किसानी गर्ने जग्गा जमिन केही नभएका कारण छोराछोरी पढाउने र घरको गर्जो टार्ने उद्देश्यका साथ सन् २०१७ मा उहाँ कतार जानुभएको थियो । कतारमा उहाँले पानी र फर्निचर उद्योगमा श्रमिकको काम गर्नुभयो ।

   विदेशको आर्जन घर पठाउन थालेको केही अवधिमै उहाँ जेल पर्नुभयो । त्यसपछि उहाँमा बाँचेर घर फर्किन पाइएला भन्ने आश नै मरिसकेको थियो । उहाँकी पत्नी कुमारी राउतले ज्याला मजदुरी गरेर छोराछोरीको पालनपोषण र पढाइको जोहो गर्नुभयो । गाउँलेले सहयोग नजुटाएको भए परिवारले ब्लडमनी बुझाउने अवस्था नरहेको उहाँले बताउनुभयो । 

 बस्नका लागि कनकाई–४ को एक कठ्ठा ऐलानी जग्गामा सानो भुइँघर छ । त्यसको धनीपुर्जा कहिले पाइने हो टुङ्गो छैन । “वडा कार्यालयमा जग्गाको धनीपुर्जा पाउँ भनेर निवेदन दिएका छौँ”, कुमारी राउतले भन्नुभयो । उहाँले पति कतारको जेलमा परेपछि घर चलाउन रु चार लाख जति ऋणमा परेको बताउनुभयो । सुवास कतारको जेलमा परेको खबर सुनेर आमा दुर्गामाया राउतको मृत्यु भएको थियो । आमाको काजकिरिया उहाँले स्वदेश फर्केर आएपछि गर्नुभयो ।

रोजगारी दिने कनकाई बेभरेजका सञ्चालक किरण दवाडीले ब्लडमनी तिरेर आएलगत्तै आफूले रोजगारी दिएको बताउनुभयो । “विदेश जानुभन्दा अगाडि पनि हाम्रो उद्योगमा काम गर्नुभएको थियो”, दवाडीले भन्नुभयो, “साह्रै सोझो र इमान्दार हुनुहुन्छ । त्यस्तो मान्छेलाई अदालतले मृत्युदण्डको फैसला सुनाउँदा हामीलाई पत्यार लागेको थिएन । उहाँ निर्दोष हो भनेरै सबै गाउँलेहरु ब्लडमनी रकम सङ्कलन अभियानमा जुटेका थियौँ ।”

यसरी सम्भव भयो पुनर्जीवन

कतारस्थित आफ्नो डेरामा २०७६ सालको चैततिर साथीहरुको जमघटमा झगडा हुँदा खोटाङ जिल्लाको ऐँसेलुखर्क–५ का लामाकाजी राईको दुःखद् निधन भएको थियो । राई र राउत एउटै कोठामा बस्ने अत्यन्त मिल्ने साथी थिए ।  नुहाएर कोठामा आउँदा राईको शरीरमा छुरी गाडिएको अवस्था थियो भने अरु साथीहरु भागिसकेका थिए । साथी बचाउन खोज्दा लागेको फिङ्गर प्रिन्टका आधारमा अदालतले राउतलाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

कहिल्यै मदिरा नखाने र झैझगडा नगर्ने स्वाभावका राउतलाई यस्तो अभियोग लागेको विषयमा गाउँलेलाई पत्यार लागेको थिएन । कतारमा सम्पर्क गर्दा राउतले आफू निर्दोष रहेको बताएपछि कनकाई–४ का तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा बचाउने अभियान सुरु गरिएको थियो ।

सोही अभियानले खोटाङ गएर मृतकको परिवारसँग सम्पर्क गरेको कनकाई–४ का वर्तमान वडाध्यक्ष रोशन सुवेदीले बताउनुभयो । “अभियानका साथीहरुले मृतकका परिवारलाई भेटेर ब्लडमनीबापतको रकम रु १५ लाख बुझाउने सहमति गर्नुभयो”, वडाध्यक्ष सुवेदीले भन्नुभयो, “राउत निर्दोष थिए भन्ने कुरा राई परिवारलाई पनि महसुस भएको रहेछ । एउटा साथीको मृत्यु भयो, अर्को साथीलाई पनि किन जेलमा सडाउने भन्ने कोणबाट छलफल हुँदा राई परिवारसँग सहमति भएको हो ।”

ब्लडमनी जुटाउन ‘राउत बचाउ अभियान’ले स्वदेश र विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गरेको थियो । अभियानबाट रु २० लाख २४ हजार छ सय ५० सङ्कलन भएको र ब्लडमनी बुझाएर बचत रहेको रु दुई लाख ५० हजार स्थानीय कनकाई बालविकास केन्द्रलाई सहयोगबापत हस्तान्तरण गरिएको अभियानका सचिव किरण दवाडीले बताउनुभयो ।

सुवासलाई मृत्युदण्डबाट बचाएर स्वदेश फर्काउन कनकाई नगरपालिका, स्थानीयवासी, एनआरएन, कतार दूताबास लगायतबाट सहयोग प्राप्त भएको कनकाइ नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल बताउनुहुन्छ । “उहाँ निर्दोष हुनुहुन्थ्यो, त्यसैले ब्लडमनी जुटाएर फर्काउन केही सहज भयो”, नगरप्रमुख पोखरेल भन्नुहुन्छ, “नत्र ब्लडमनी जुटाउन नसकेर विदेशको जेलमा अहिले पनि कष्टपूर्ण जीवन बिताइरहनुभएका थुप्रै नेपाली हुनुहुन्छ ।”

तीन वर्ष तीन दिन कतारको जेलमा बसेर घर फर्किनुभएका सुवास राउतको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उहाँ पानी उद्योगको नियमित कामकाजमा लागिरहनुभएको छ । उहाँले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताउनुभयो ।

- रासस
 

 


प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन सोमबार, चैत २, २०८२
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’ शुक्रबार, फागुन २९, २०८२
बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा बिहीबार, फागुन २८, २०८२
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा मंगलबार, फागुन १२, २०८२
पोलेको मकैको व्यापार फस्टाउँदै
पोलेको मकैको व्यापार फस्टाउँदै मंगलबार, फागुन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP