Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #रेमिट्यान्समा रेकर्ड
  • #यातायात
  • #दुर्घटना
  • #गाजा
  • #भूकम्प
  • #टी -२०
  • #महिलाको शव
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • घुम्दै, घुमाउँदै...
घुम्दै, घुमाउँदै...
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ११, २०८०

गण्डकी -  मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुग्नुभएको थियो । पदयात्रामा उनी एक्लै भने हुनुहुन्थेन । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो । तिहारको दिन थियो । तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे । गलैँचा ओछ्याएर तीनैजना टुक्रुक–टुक्रुक बसे । सुरुमा भेरोनिकाले गुरुङको निधारमा सप्तरङ्गी टीकासहित ढाकाटोपी र सयपत्री माला पहिराइदिए । गुरुङपछि भेरोनिकाले उसैगरी रिकार्डोलाई पनि टीका, माला र टोपी लगाइदिए । गुरुङ र रिकार्डोले भेरोनिकालाई मिठाइ र फलफूल दिए ।

यसरी पदयात्राका क्रममा बाटैमा उनीहरूले रमाइलोसँग तिहार मनाए । “हिँड्दाहिँड्दै भाइटीकाका दिन जहाँ पुगिन्छ त्यही तिहार मनाउने भनेर टीका र सामग्री म आफैँले बोकेर गएको थिएँ”, गुरुङले सुनाए, “रिकार्डो र भेरोनिका स्कुले साथी हुन्, धेरैपछि नेपाल आउँदा दुई जनाबीच भेट भएको थियो, उनीहरूसँगै पदयात्रा गर्दा र भाइटीका लगाउन पाउँदा एकदमै रमाइलो अनुभूति भएको थियो ।” देशभर तिहारको उल्लास छाइरहँदा गुरुङ भने रिकार्डो र भेरोनिकालाई लिएर गणेश हिमालको आधारशिविरतर्फ जाँदै थिए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेका गुरुङलाई चाडबाडमा घरपरिवार र आफन्तसँग नहुनु नौलो कुरा भने थिएन । गुरुङले यसपालिको दसैँ पनि पदयात्राकै क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रमा बेलायती पर्यटकसँग मनाएको थिए । गत वर्षको दसैँ–तिहारमा त उनी झनै टाढा कर्णाली क्षेत्रको पदयात्रामा निस्कएको थिए । “पदयात्राको मुख्य याम पर्ने भएकाले दसैँ–तिहारका बेला प्रायः घमफिरमै रमाइरहेको हुन्छु”, गुरुङले भने, “कहिले एक्लै घुम्छु, कहिले पदयात्री पर्यटकलाई लिएर हिँडिरहेको हुन्छु ।”

पथप्रदर्शक भएपछि चाडपर्व नै बिर्सेर यात्रामा जानुपर्ने उनले बताए । आर्थिक उपार्जनमा जोडिन पथप्रदर्शकको अनुमति लिएर काम गरिरहेको गुरुङले सुनाए । सोख र देश बुझ्ने भोकले एक्लै घुम्न निस्कने गुरुङ पर्यटक पथप्रदर्शकको काम भने परिवारको जीविकाका लागि गर्ने गरेको बताए । “घुम्ने र घुमाउने नै मेरो मुख्य पेसा बनेको छ, योबाहेक अरु केही सोचेको छैन, घुम्न अझ धरै बाँकी छ”, उनले भने, “प्रचारमा नआएका गन्तव्यस्थल घुम्ने र तिनको प्रवर्द्धनमा सक्दो सहयोग पुर्याउने प्रयास गर्नेछु ।” सन् २०१८ मा पदयात्रासम्बन्धी तालिम लिएपछि सन् २०१९ देखि उनले पर्यटक पथप्रदर्शकको काम गर्न थालेका हुन् ।

Hardik health

“पहिलोपटक पोल्याण्डको एक जोडीलाई अन्नपूर्ण आधार शिविर पुर्याएको थिएँ, त्यसयता पर्यटक पथप्रदर्शकको काममा निरन्तर छु, कहिले कम्पनीमार्फत त कहिले व्यक्तिगत सम्पर्कका आधारमा पर्यटकलाई विभिन्न गन्तव्यमा घुमाउन लैजाने गरेको छु”, गुरुङले भने, “वन विज्ञानमा स्नातक पढ्दापढ्दै पर्यटन क्षेत्रतिर लागेँ, अहिले यसैमा सन्तुष्टी र आनन्द लिइरहेको छु ।” गुरुङले नयाँ–नयाँ ठाउँमा पुग्दाका रोचकयात्रा विवरण र श्रव्यदृश्य सामग्रीलाई युट्युबलगायत माध्यमबाट सम्प्रेषण गर्दै आएका छन्  ।

उनले पर्यटकीय गन्तव्यस्थलबारे अखबारमा पनि लेखिरहनुहुन्छ । घुमफिर भनेपछि उनले सबैथोक बिर्सन्छन् । उनान्तीस वर्षीय गुरुङ बेफिक्री घुम्न रुचाउँछन् । जतिसुकै कठिन र लामो यात्रामा पनि एक्लै निस्कनुहुन्छ । लाग्छ गुरुङ एक घुमन्तेको परिचय लिएर बाँचिरहेका छन्  । “नयाँनयाँ गन्तव्य, भूगोल, संस्कृति, रहनसहन आदि देख्न र बुझन् पाइने भएकाले म घुम्न अधिक रुचाउँछु”, उनले भने, “पैदल र साइकलमा गरी विगत आठ वर्षदेखि देश घुमिरहेको छु ।” विसं २०७२ को गोरखा भूकम्पपछि देश घुम्ने भोक जागेको उनी बताउनुहुन्छ । त्यो बेला गुरुङ पोखराको वन विज्ञान अध्ययन संस्थानमा स्नातक पढ्नुहुन्थ्यो । “क्याम्पसका साथी मिलेर भूकम्प प्रभावितका लागि राहत लिएर गोरखा पुगेका थियौँ”, उनले विगत कोट्याए, “पहिलोपटक गोरखा टेक्दा देशभित्रै घुम्नुपर्ने ठाउँ धेरै रहेछन्, पोखराबाहिर पनि यति सुन्दर ठाउँमा रहेछ भन्ने लाग्यो ।” त्यसपछि उनीमा घुमफिर गर्ने सोच झाँगिदै गयो ।

विसं २०७२ को भूकम्पलगत्तै देशले भारतीय नाकाबन्दी सामना गरिरहेको थियो । इन्धन अभावले गाडी कमै गुड्थे । गुरुङलाई दैनिक क्याम्पस आउजाउको सकस थियो । समयमा सवारी नपाउँदा क्याम्पस पुग्नै ढिलो हुन्थ्यो । दस हजार जोरजाम पारेर ‘सेकेण्डहेण्ड’ साइकल किने ।

लामाचौरबाट क्याम्पससम्म साइकलमै ओहोरदोहोर गर्न थाले । “विस्तारै साइकिलिङमा मेरो मोह बस्यो, क्याम्पस मात्र नभएर टाढा–टाढासम्म साइकलमै घुम्न निस्किएँ”, गुरुङले भने, “साइकिलिङ र पदयात्रा गर्नुको मज्जा नै बेग्लै हुन्छ, खास यात्रा भनेको यही हो भन्ने लाग्छ ।” पोखरा आसपास साइकलमा कुँद्दाकुँद्दै गुरुङले साइकल संस्कृतिबारे सिके । देशभरका साइकलप्रेमीको सञ्जालमा जोडिए । ‘टुर दि पोखरा’का अवसरमा उनले विश्व साइकलयात्री पुष्कर शाहलगायतसँग भेटे ।

“चर्चित साइकल राइडरलाई देखेपछि साइकलबाटै पनि देशविदेश घुम्न सकिनेरहेछ भन्ने लाग्यो”, गुरुङले सुनाउनुभयो, “२०७४ को मङ्सिरतिर ६० हजार खर्चेर राम्रो खाले साइकल किनेँ र घुम्न थालेँ ।” यात्राका लागि चाहिने पैसादेखि सबै बन्दोबस्ती उनी आफ्नै खर्चमा जोहो गर्नुहुन्छ । “म कसैको स्पोन्सर्ड यात्रामा गर्दिन, म आफ्नै खर्चमा घुम्छु, साइकल पनि ट्युसन पढाएर बसेको पैसाले किनेको हुँ”, उनले भने, “एकल यात्रामा स्वतन्त्रता हुन्छ, अरुसँग बाँधिएर हिँड्नु पर्दैन, फेरि पदयात्रा भनेको हतारिएर गर्ने कुरा पनि होइन ।”

पहिलोपटकको उनीको टाढाको साइकलयात्रा भनेको पोखराबाट पर्यटकीय गाउँ सिक्लेससम्मको थियो । दुई दिन लगाएर उनी सिक्लेस पुगेका थिए । पछि उनी एकजना साथी लिएर साइकलमै गोरखाको बारपाक पनि पुगे  । ‘टुर दि लुम्बिनी’, ‘टुर दि सिन्धुलीगढी’लगायत साइकलयात्रामा सहभागी बनेको गुरुङले सुनाए । “टुर दि लुम्बिनीका क्रममा काठमाडौँबाट चार दिन लगाएर लुम्बिनी पुगेका थियौँ, सन् २०१७ र २०१८ को टुर दि लुम्बिनीमा मैले भाग लिएँ”, उनले भने, “सन् २०१८ मै पूर्वी नेपाल र मधेसका जिल्लामा ४२ दिनको साइकलयात्रा गरेँ, दसैँअघि गएर छठपछि बल्ल घर फर्केको थिएँ ।” गुरुङले सोलुखुम्बुबाहेक कोशी प्रदेशका १२ र तराईका सबै जिल्ला साइकलमा घुमेर महेन्द्रनगरमा यात्रालाई बिट मारेका थिए । त्यो उनीको हालसम्मको सबैभन्दा लामो साइकलयात्रा हो ।

हिमाल, पहाड, तराईबीचको एकता, भाइचारा र पर्यटन प्रवर्द्धनको सन्देश लिएर उक्त साइकलयात्रा गरेको गुरुङ बताए । बन्दीपुर, भुजुङ, घलेगाउँ, ढोरपाटनसहित गण्डकी प्रदेशका कैयन पर्यटकीय गन्तव्यस्थलको भ्रमणमा पनि उनी साइकलबाटै पुगेका छन् । “साइकिलिङ र पदयात्रा गर्दा म प्रायः एक्लै हुन्छु, एकल यात्रा मेरो सोख र रोजाइ हो”, गुरुङ थप्नुहुन्छ, “म साथी लिएर घुम्न जाने होइन, घुमेर साथी बनाउनुपर्छ भन्ने मान्यता राख्छु ।” गुरुङले गत वर्ष दसैँताका एक्लै ‘कर्णाली यात्रा’ गरेका थिए ।

मुस्ताङबाट छिरेर मुगुको रारातालसम्म ५५ दिन उनले पदयात्रामा कटाएका थिए । मुस्ताङबाट डोल्पा छिर्ने पाँच हजार मिटर उचाइको भञ्ज्याङमा पाँच दिनसम्म अलपत्र पर्नुपरेको क्षण उनीको स्मृतिमा अहिले पनि ताजै छ । “हिमपातका कारण मुस्ताङ र डोल्पाको बीचमा पर्ने याकखर्कमा सम्पर्कविहीन भएर बस्नुपर्यो, पाँच दिनसम्म धर्मशालामा टेण्ट हालेर रात बिताएँ”, गुरुङले भनेे, “प्रतिकूल मौसम, त्यहीमाथि उच्च हिमाली भेग, पाँच दिनसम्म घरपरिवारसँग पनि सम्पर्क हुन नसक्दा मन केही आत्तिएजस्तो पनि भएको थियो, तर मैले आफूलाई सम्हाले र मौसम सुधारपछि यात्रामा अगाडि बढेँ ।”

आफूलाई चाहिने सबै बन्दोबस्तीसहित उनी पदयात्रामा निस्कन्छन्  । टेण्ट, लुगाफाटा, खानेकुरा, भाँडाकुँडा, पकाउने ग्यास, औषधिलगायत सामग्री साथमै बोक्छन्  । हिँड्दै जाँदा जहाँ रात पर्यो त्यही रात बिताउँछन्  । भरसक होटलमा नबसी गाउँलेकहाँ बस्छन् । बस्ती नै नभेटिए सुरक्षित ठाउँ खोजेर टेण्ट हालेर सुत्छन्  । गुरुङले गत वर्षकै साउन र भदौमा ‘गुरिल्ला ट्रेल’मा ३५ दिन हिँडेका थिए । घोषणा भएको वर्षौँ बितिसक्दा पनि ओझेलमा परेको उक्त पदमार्गको अनुभव बटुल्न एकल यात्रा गरेको उनले बताए ।

“मोओवादी जनुयुद्धकाताका छापामारले प्रयोग गर्ने मार्गलाई गुरिल्ला ट्रेलका रूपमा घोषणा गरिए पनि पूर्वाधार र प्रचारप्रसार अभावमा उक्त ट्रेल पछाडि परेको छ”, गुरुङले भने, “भौगोलिक विशिष्टता, प्राकृतिक सौन्दर्य, जनजातिको सघन बसोबास र तिनका संस्कृति, रहनसहन तथा स्थानीय उत्पादन गुरिल्ला ट्रेलका विशेषता हुन् ।” बागलुङको बुर्तिबाट सुरु भएको उनीको ‘गुरिल्ला ट्रेल’को पदयात्रा ढोरपाटन, रुकुमपूर्वको पेल्मा, मैकोट, लुकुम हुँदै रोल्पाको थवाङ, जेलवाङलगायत ठाउँमा पुगेर सकिएको थियो । सडकको अतिक्रमणका कारण सङ्कटमा परेका पदमार्गको अवस्था देख्दा भने उनीको मन पनि खिन्न हुन्छ । उनले वैकल्पिक पदमार्ग बनाउनुपर्ने धारणा राख्नुभयो ।

“नेपालमा आउनेमध्ये धेरै पर्यटक हिमाल आरोहण र पदयात्राका लागि आउँछन्”, गुरुङले भने, “पदमार्ग जोगाउन सकिएन भने पर्यटन पनि खस्कँदै जान्छ, विश्वमै चर्चित पदमार्ग पनि नामेट भएर जाने अवस्था आउँछ ।” उनले पदयात्रा गर्न चाहनेलाई सबैभन्दा पहिला इच्छाशक्ति बटुल्न सुझाउँछन् । “थोरै पैसाले पनि घुम्न सकिन्छ, फजुल खर्च नगरौँ, घुमफिरका लागि समय छुट्टाऔँ”, गुरुङले भने, “आफूले जान चाहेको गन्तव्यका बारेमा पर्याप्त जानकारी लिऔँ, पूर्वअध्ययन गरौँ ।” पदयात्रा गर्दा ट्रेकिङ झोला, न्यानो लुगा, आरामदायी जुत्ता, हलुका खानेकुरा, पानी, औषधिलगायत सामग्रीको जोहो गर्नुपर्ने उनले बताए । “पदयात्रामा जाँदा शारीरिक र मानसिक स्फूर्ति पनि चाहिन्छ, यात्रामा आइपर्ने सबै परिस्थिति सामना गर्न तयार भएर हिँड्नुपर्छ”, उनले भने, “आराम लिँदै हिँड्नुपर्छ, तलदेखि एकैपटकमा हिमाल र उच्च पहाडतिर जाँदा स्वास्थ्यमा जटिलता आउन सक्छ ।” 


प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
लिपुलेकको विषयमा कुरा उठाउने तयारी
लिपुलेकको विषयमा कुरा उठाउने तयारी बिहीबार, भदौ १२, २०८२
‘लोमान्थाङ सङ्ग्रहालय स्थापना’
‘लोमान्थाङ सङ्ग्रहालय स्थापना’ बुधबार, भदौ ४, २०८२
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश शनिबार, साउन ३१, २०८२
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा आइतबार, साउन १८, २०८२
जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, ७महिनामा ६ लाख ४७ हजार
जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, ७महिनामा ६ लाख ४७ हजार शनिबार, साउन १७, २०८२
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध बिहीबार, साउन १५, २०८२
राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने
राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP