Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • शिव शनि धामको धार्मिक महत्व
शिव शनि धामको धार्मिक महत्व
अजयकुमार झा
अजयकुमार झा मंगलबार, मंसिर २६, २०८०

Untitled-1 copy1702378481.jpgसनातन धर्मका मठ, मन्दिर, देवस्थल आदि हरेक गाउँ, टोल, समुदायमा भेटिन्छन्, तर सनातनी तीर्थहरु प्रायः दुर्गम पर्वतमालाहरुमा नै रहेको पाइन्छन् । तीर्थहरु दुर्गम स्थानमै स्थापित तथा विकसित हुनुको कारणहरु अनेक हुन सक्छन् तर प्रमुख कारणको रुपमा ती तीर्थस्थलहरु कुनै सन्त, सन्यासी, योगी, वैरागी, ऋषि, मुनि, महात्माहरुले निर्माण गरेको हुनुपर्छ, जो परिवार, समाज र मानिसहरुको भीडभाडबाट अलग्ग गएर विकट अन्कन्टार ठाउँमा बसेर साधना र तपस्यामा जीवन समर्पित गर्दथे भन्न सकिन्छ ।

कालान्तरमा धर्मानुरागीहरुमा तीर्थयात्राको रहर र लहर बढ्दै, तीर्थस्थल वरपर तीर्थालुको सेवा र सुविधाको उपलब्धताले बजार र बस्ती बन्दै बढ्दै तथा यातायातको विकास र विस्तार हुँदै गर्दा त्यस्ता दुर्गम स्थानहरु पनि सुगम बन्दै गएका हुन् । यस्तै तीर्थस्थलको रुपमा सप्तरीको चुरे वन फेंदीमा पनि एक दशकयता एउटा नयाँ ठाउँ विकसित हुँदै आएको छ, जसलाई शिव शनि धाम भनेर चिनिन्छ । चुरिया पर्वतमालाको यस भूभागमा रुपनीमाई, अग्निसाइर, कृष्णाराम मरौटीजस्ता देवस्थल र लोकदेवस्थलहरु धेरै पहिलेदेखि नै रहेका छन् ।

पछिल्लो समय शिव शनि धाममा भक्तजनको भीड दिन प्रतिदिन बढ्दो छ । सप्तरीको मध्य उत्तरी क्षेत्र साविकको तेरहौता गाविस–५ र हालको रुपनी गाउँपालिका–६ अन्तर्गत पर्ने चुरे फेदी दुधैला खोलासँगैको डाँडामा शिव शनि धाम रहेको छ । पूर्व–पश्चिम राजमार्गमा रुपनीदेखि पूर्वतर्फ पाँच किलोमिटर गएपछि वीरेन्द्रबजार आउँछ । वीरेन्द्रबजारको पश्चिमी भाग र मध्यभागबाट गरी दुईवटा बाटो शिव शनि धामतर्फ गएको छ, जुन दुधैला खोला किनार पुगेर आपसमा गासिन्छ । दुधैला खोलालाई पटकपटक पार गर्दै वा खोलैखोला भएर तीन चार किलोमिटर हिँडेपछि शिव शनि धाम पुग्ने गरिन्छ । दुधैला खोला कहिल्यै सुक्दैन; धेरथोर पानी जहिले पनि रहन्छ ।

वीरेन्द्रबजारबाट शिव शनि धामतर्फ जाने दुइटै बाटाको मुखमा ठूलो पक्की द्वार निर्माण गरिएको छ । पूर्वका आगन्तुक पूर्वीद्वार र पश्चिमका आगन्तुक पश्चिमीद्वारबाट प्रवेश गर्न सकिने भएपनि पश्चिमी द्वारबाट जाने बाटोलाई मूलबाटोको रुपमा विकास गर्न लागिएको छ । राजमार्गदेखि दुधैला खोलासम्म खण्डस्मित भइसकेको छ भने ठाउँठाउँमा कालोपत्रेसमेत भइरहेको छ । दुधैला खोलामा पुरानो डाइभर्सनसँगै पक्की पुल निर्माणाधीन छ । यो पुल बनेपछि शिव शनि धामको तीन चार किलोमिटर लामो बाटो एक किलोमिटरमा छोट्टिनेछ । शिव शनि धाममा बिजुली पु¥याउने काम पनि धमाधम भइरहेको छ । शिव शनि धामको पर्यटकीय पूर्वाधारको विकासमा नेपाली सेनाले पनि धेरै काम गरेको छ ।

यहाँ आसपासमा सेनाको चाँदमारी पोष्ट रहेको छ । शिव शनि धाम प्राकृतिक रुपमा नै धर्तीको अद्वितीय अंश हो । कैलाश सदृश्य चुरिया पर्वतको यो शृङ्खला वानस्पतिक दृष्टिले पनि महत्वपूर्ण छ । चुरियाको फेद र दुधैला खोला र धारा खोलाको सङ्गममा कैलाश पर्वत जस्तो गजबको डाँडो छ । यसै टाकुरामा तलदेखि माथि टुप्पोसम्म ठाउँठाउँमा देवीदेवताका आकृतिहरु स्थापना गरिएका छन् । सबैभन्दा माथि शिवको प्रतिमा र बृत्ताकारमा १०८ वटा शिवलिङ्ग स्थापना गरिएका छन् भने त्यसमुनिको स्थानमा शनिदेवको प्रतिमा स्थापित छ । त्यस्तै पार्वती, गणेशसहितको पूर्ण शिव परिवार, नन्दी, भैरव, आदि देवता छन् ।

Hardik health

यहाँ पञ्चमुखी हनुमान, गोरखनाथ, प्रेतराज, नागराज, नवग्रह, महाकालेश्वर, शिव परिवार देवताहरुका मूर्ति पनि राखिएका छन् । राजा शलहेश, दिनाभद्रीजस्ता लोकदेवलाई पनि समावेश गरिएको पाइन्छ । दुधैला खोलालाई नाघेर शिव शनि धामको द्वार र परिसरमा प्रवेश गर्न सकिन्छ । तीर्थस्थलमा नियमित पूजापाठका लागि पुजारीहरु पनि बस्दछन् । शिव शनि धाममा हरेक सोमबार र शनिबार भक्तजनको भीड हुन्छ । शनिदेवको दर्शन गर्नाले ग्रहशान्ति हुने विश्वास छ ।

देशकै ग्रहदशा शान्त गर्न र मानव जीवनको कल्याणका लागि समय समयमा यज्ञ, अष्टयामलगायतका अनुष्ठानसमेत आयोजना गरिन्छन् । करिब २५ वर्षअघि सत्यनारायण साह नामक एक धर्मभिरुले शनिदेवको उक्त शिला स्थापना गरेको बताइन्छ । उक्त शिलाको कारणले उक्त स्थानको नाम शिव शनि धाम भनी प्रचार हुन थाल्यो । नव ग्रहमध्येका एक देवता शनिदेव (शनिग्रह) को उपासनाको आधार र कारणबारे पनि परिचित हुन थालेका छन् । शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ ।

मानिसको जन्मकुण्डलीको दशम भावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ भने एकादश भावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्वपूर्ण मानिन्छ । शनिदेवलाई न्यायको देवता मानिन्छ । शनिदेवले राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिन्छन् । दोषपूर्ण कर्मका कारण मानिसको जीवनमा शनिदोष प्रत्यक्ष हुन्छ । शनिदोष भएका व्यक्तिले शनिदेवको उपासना गरी आफ्नो जीवनलाई दोषरहित बनाउन सक्छन् ।

शनिदेवको पूजा पश्चात भगवान हनुमानको पूजा गर्ने चलन छ । जुवा खेल्ने, सट्टेबाजी गर्ने, रक्सी पिउने, ब्याज दिने, व्यभिचार गर्ने, अप्राकृतिक यौन सम्बन्ध राख्ने, झुट्टा गवाही दिने, निर्दोष मानिसलाई यातना दिने, माता, पिता र गुरुको अपमान जस्ता कार्य गर्नाले शनिदोष उत्पन्न हुन्छ । शनिदोष भएका व्यक्तिले जीवनमा दुःख, कष्ट, क्षति, विफलता आदिको सामना गर्नुपर्छ । त्यसैले आम मानिस शनिदेवसँग भयभित रहन्छन् । तर जागरुक मानिस शनिदेव प्रति श्रद्धा र विश्वास राखेर उनको उपासना गरेर आफ्नो नराम्रा कर्मप्रति प्रायश्चित गरेर दोषमुक्त भएपछि शनिदेवको कृपा प्राप्त गर्छन् । जीवन दुःख, कष्ट, पीडा, विफलताबाट मुक्त हुन्छ ।

पुराणहरुमा शनि ग्रहप्रति अनेक आख्यान देखिन्छन् । शनि देवलाई सूर्यपुत्र एवं कर्मफल दाता मानिन्छ । शनिलाई पितृ शत्रु पनि भनिन्छ । शनि ग्रहको विषयमा अनेक भ्रम फैलिएको छ । शनिलाई मारक, अशुभ र दुःखकारक मान्नेहरु छन् । तर शनि मारक, अशुभ र दुःखकारक होइनन् । शनिदेव शत्रु होइनन्, मित्र हुन् । मोक्ष प्रदान गर्ने एक मात्र शनि ग्रह नै हो । शनिले प्रकृतिमा सन्तुलन उत्पन्न गर्दछ । प्रत्येक प्राणीका साथ उचित न्याय गर्दछ । जसले अनुचित, विषमता र अस्वभाविकतालाई आश्रय दिन्छ, शनि केवल उसैले दण्डित (प्रताडित) गर्दछ ।

जसले जीवनमा सद्कर्म गर्दछ, उसलाई शनिले शुभ योग प्रदान गर्दछ । वीरेन्द्रबजारदेखि करिब तीन चार किलोमिटर उत्तर दुधैला खोला र धारा खोलाको सङ्गममा अवस्थित प्रसिद्ध शिव शनि धाममा दर्शन गर्नका लागि सप्तरी, सुनसरी, सिरहा जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउँछन् । धाममा अहिले हुँदै गरेको पूर्वाधार विकासले धार्मिक पर्यटक बढ्दै जाने सम्भावना छ । यस क्षेत्रको पूर्वाधारको विकासमा पूर्व–पश्चिम राजमार्ग तथा रुपनी–राजविराज सहायक मार्गको त ठूलो योगदान रहने नै छ त्यसमा वीरेन्द्र बजार–तेरहौता–राजविराज–फकिरा हुँदै भारतीय सीमासम्म बन्ने सडकले समेत ठूलो सहयोग गर्ने देखिन्छ । उक्त सडक निर्माण भएपछि राजविराजबाट १० कि.मि. टाढा रहेको पूर्व–पश्चिम राजमार्गसँगको दूरी घटेर छ किमिमा पुग्ने बताइन्छ ।

नव ग्रहहरुको कक्ष क्रममा शनि सूर्यदेखि ८८ करोड ६१ लाख माइल दूरीमा पर्दछ । पृथ्वीदेखि शनिग्रहको दूरी ७१ करोड ३१ लाख ४३ हजार माइल छ । शनि ग्रहको व्यास ७५ हजार १०० माइल छ । शनिग्रह छ माइल प्रतिसेकेण्डको गतिबाट साढे २१ वर्षमा आफ्नो कक्षमा सूर्यको परिक्रमा पूरा गर्दछ । शनि ग्रहको सतहको तापमान २४० फÞोरनहाइट छ । शनिग्रहको चारैतिर सातवटा वलय (ग्यासका घेरा) छन् । शनिग्रहको १५ वटा चन्द्रमा छ, जसको प्रत्येकको व्यास पृथ्वीभन्दा निकै बढी छ । शनि मूल रुपमा ग्रह नै हो, जसलाई हामी भगवान मान्दछौं । ‘ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमिसुतो बुधश्च । गुरुश्च शुक्र शनि राहुकेतवः कुर्वन्तु सर्वे मम सुप्रभातम् ।’ भनेर नवग्रहकै पूजा गरिन्छ । नवग्रहमा सूर्य, बुध, शुक्र, पृथ्वी, चन्द्रमा, मंगल, गुरु, राहु, केतु पर्दछन् ।

चन्द्रमा, राहु र केतुलाई ग्रहको वैज्ञानिक परिभाषा अनुसार ग्रह मानिदैन । मानिसको जीवनमा चन्द्रमा, राहु र केतुको पनि विशेष प्रभाव पर्दछ । सनातन धर्मको यो विशेषता हो कि उसले सम्पूर्ण प्रकृतिलाई समग्रमा र प्रकृतिका हिस्साहरुलाई अंशको रुपमा पृथक पृथक अस्तित्व स्वीकार गर्दछ र उसको विशिष्ट स्वभावको आधारमा उसको उपासना गर्दछ । (लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा जानकार हुन्) 


प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP