Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • लोपोन्मुख पुत्का मौरी संरक्षणमा बाँकेका किसान
लोपोन्मुख पुत्का मौरी संरक्षणमा बाँकेका किसान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १९, २०८०

नेपालगञ्‍ज - लामोसमय मौरीपालन व्यवसायमा लाग्नुभएका बाँकेको कोहलपुर—११ का पुरमुल बस्नेत आजभोलि लोपोन्मुख पुत्का मौरीको संरक्षण तथा सम्वद्र्धनमा लागेका  छन्  । उनले पुत्का जातको रैथाने मौरी सङ्कटमा भएको उल्लेख गर्दै यसले वातावरणीय सन्तुलन कायम गर्न योगदान गर्ने धारणा व्यक्त गरे  । 

“मौरीपालक किसानले जति आम्दानीका लागि मेहनत गरेका हुन्छन्, जैविक विविधता संरक्षणमा पनि उसको दायित्व हुन्छ”, बस्नेतले भने । लोप हुने अवस्थामा रहेको पुत्का जातको सो मौरीलाई थारु भाषामा ‘मगरासा’र अङ्ग्रेजीमा ‘मेलिपोना’ भनिन्छ । 

विश्वभर चार सय प्रजाति रहेको उक्त मौरी नेपालमा कति छ भन्ने विषयमा अनुसन्धान नभएको बस्नेतको भनाइ छ । यसलाई खिलरहित मौरीको रुपमासमेत चिनिन्छ । रैथाने जातको सो मौरीबाट महको उत्पादन गरिएको छैन त्यसलाई बचाउनका लागि मात्रै काम भएको उनले बताए । 

काठका मुडा र आधुनिक ३० घारमा उनीहरुको बासस्थान बनाइएको छ । “यो अध्ययनको विषय भएको छ र गाभर भ्यालीमा रैथाने प्रकृतिका घर बनाउनुका साथै सामुदायिक जिन बैंक स्थापना गरेर एग्रो टुरिजमको काम भएको छ”, बस्नेतले भने । यसको संरक्षणसँगै उहाँले भमरा पनि लोप हुनलागेको भन्दै त्यसको संरक्षण गर्न सुरु गरेका छन्  ।

Hardik health

जैविक विविधताका लागि भमरा बिना परागशेचन नहुने तर्क गर्दै बस्नेतले अन्य धेरै रैथाने जातका कीट जोखिममा रहेको औँल्याए । उनले भने, “एउटा सेतो पाटे भमरा र अर्को कालो भमराको घार बनाएर संरक्षण गरेको छु ।”  बस्नेतले लोपोन्मुख मौरीको र भमराका लागि कीट पाठशाला बनाउन आवश्यक छ रहेको बताए । उनले खाग प्रजातिको मौरीको पनि संरक्षण आवश्यक भएकोमा जोड दिँदै रैथाने प्रजाति धेरै कीटको बासस्थान नासिएकोमा चिन्ता व्यक्त गरे  ।

“पहिले रैथाने हाम्रा घर थिए, धोद्रा रुख हुन्थे, परालका टौवा हुन्थे र भमराको त्यहाँ बासस्थान हुन्थ्यो तर अहिले सबै बासस्थान नासिए त्यही भएर पनि यसको संरक्षण जरुरी भयो”, उनले भने ।  जिल्लाको कोहलपुरका विभिन्न विद्यालयमा कीटको बासस्थान बनाउन काम गरेको जानकारी दिँदै विसं २०७८ मा पहिलो पटक नेपाल सरकारले ‘पुरमल घरायसी कीट जिंक बैंक’ नामकरण गरी घरमा नै स्थापना गरेर काम सुरु भएको उनको भनाइ छ ।

उनलाई नार्कको पनि साथ र सहयोग रहेको छ । नार्कले प्राविधिक रुपमा सहयोग गरिरहेको छ । यस बाहेक बर्दियामा रैथाने पशुको जीन संरक्षण गर्ने र त्सबाट मल कारखाना सुरु गर्ने तयारीसमेत भएको जानकारी दिँदै बस्नेतले नार्क र माटो विभागले त्यसमा सहयोग पु¥याइरहेको बताए ।

मानिसको क्रियाकलापले वातावरणीय सन्तुलन बिग्रदा त्यसको असर मौरीमा पनि परेकाले जैविक विविधताको संरक्षण सबैको साझा दायित्व भएको भएको उहाको भनाइ छ ।  विसं २०६७ देखि मौरीपालन व्यवसायमा लाग्नुभएका बस्नेतले मेलिफेरा नामक उन्नत जातको मौरीपालन गरेकाे छ । तत्कालीन समयमा दुई घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय ९० घारको हाराहारीमा पुगेको छ । उनले भने “एउटा घारबाट मात्रै करिब २० देखि २५ किलो महको उत्पादन हुन्छ ।” 

तराईमा चल्ने शीतलहर र तरकारी खेती र तोरीखेतीमा अत्यधिक विषादीको प्रयोगले मौरी प्रभावित भएको उल्लेख गर्दै बस्नेतले हाइब्रिड उत्पादनभन्दा रैथाने जातका बालीबाट महको उत्पादन अर्गानिक र गुणस्तरीय हुने बताए । व्यावसायिक रुपमा मौरीपालन गरेका उनले मौरीपालनमा प्रचुर सम्भावना भएको उल्लेख गर्दै आयआर्जनका लागि पनि सहज भएको बताए ।

मौरीपालक किसान समूह, बाँकेका अध्यक्षसमेत रहनुभएका बस्नेतले मौरी पालनबाट आयआर्जनको काम गरेको र करिब ९० घार मौरीपालनमा करिब रु १० लाख लगानी भएको र त्यसबाट वार्षिक रु पाँच लाख आयआर्जन हुने गरेको उल्लेख गरे । 

मौरी चराउन बाँके र बर्दियाका विभिन्न स्थानमा घार नै बोकेर जानुपर्ने बाध्यता भएको जानकारी दिँदै बस्नेतले पहिले मौरी चराउनयोग्य भएको वा नभएको भन्ने विषयमा अध्ययन हुने बताए । “अहिले मौरी चराउने भनेको तोरी बारीमा हो, यसको याम  पनि छ”, बस्नेतले भने ।

बाँकेमा केही किसान मात्रै मौरीपालन व्यवसायमा हुनुहुन्छ । जिल्लालाई मौरीको चरन क्षेत्रका हिसाबले उत्कृष्ट मानिए पनि बढी जाडो र बढी गर्मी हुने भएकाले मौरीपालनका हिसाबले राम्रो नभएको किसान बताउँछन । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सकिल अहमद यसवर्ष मौरीपालनको कार्यक्रम जिल्लामा नरहेको उल्लेख गर्दै किसानको माग नआएको बताए  । 


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP