Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कृषि
  • Home
  • कृषि
  • हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १७, २०८२

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन् ।

अठार महिने कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी  च्याउ उत्पादन गर्दै वार्षिक  १५ लाख भन्दा बढीको च्याउ बिक्री गर्छन् । खर्च कटाएर उहाँले वर्षमा झण्डै १० लाख रुपैयाँ नाफा कमाउने गरेका छन् ।

रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन् । मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उनको भनाइ छ । पिँकी च्याउको पनि उत्पादन गरे पनि बजार अभावका कारण हाल त्यो खेती स्थगित गरिएको रानाले बताए  । महेन्द्रनगर र झलारी बजारमा बेमौसमी कन्या च्याउको थोक मूल्य प्रतिकिलो  ३५० रुपैयाँ र मौसमी समयमा  १०० रुपैयाँमा बिक्री गरेको छभने मिल्की च्याउ प्रतिकिलो  ४रुपैयाँमा बिक्री हुने गरेको छ । माग बढेसँगै उनले बाह्य बजारमा पनि च्याउको आपूर्ति गर्दै आएका छन् ।

Hardik health

विवाह, भोजभतेर र चाडपर्वमा च्याउको माग बढी हुने गरेको छ । हाल उनले मोटरसाइकलमार्फत माग आएका ठाउँमा च्याउ ढुवानी गर्दै आएका छन् । विसं २०७७ मा जेटिए अध्ययनका क्रममा विद्यालयमा पढेको ज्ञानलाई व्यवहारमा उतार्दै उनले घरकै गोठको एक कुनामा पहिलोपटक च्याउखेती गर्न सुरु गरेका थिए  ।  घरमा उपलब्ध भाँडाकुँडामै पराल उमालेर, खटियामा सुकाएर २५ वटा परालका डल्ला बनाएर बीउ राख्दा राम्रो उत्पादन भएपछि उनले यसलाई व्यावसायिक रूपमा विस्तार गरेका हुन् । 

पहिलो सफलतापछि उनले बाँसको झुपडीमा ५०्र० परालका डल्ला राखेर मौसमी च्याउखेती सुरु गरेका हुन् । बजारमा सहज बिक्री भएपछि व्यवसाय विस्तारको हौसला मिलेको उनी सम्झन्छन् । हाल रानासँग च्याउखेतीका लागि फलामका छवटा हाइटेक टनेल रहेका छन् । छवटै टनेलमा निरन्तर बाह्रै महिना च्याउ उत्पादन भइरहेको छ । पराल काट्न, उमाल्न र सुकाउन आधुनिक मेसिनको प्रयोग हुने गरेको छ । केही उपकरण र टनेल अनुदानमा प्राप्त भए पनि धेरैजसो उपकरण उनले आफ्नै आम्दानीबाट खरिद गरेका हुन्  ।

आधुनिक प्रविधिको प्रयोगले समय, जनशक्ति र खर्च तीनैमा बचत हुने उनको भनाइ छ । च्याउ उत्पादनमा उनका श्रीमतीसहित घर परिवारका सदस्यले साथ दिने गरेका छन् । कामको चाप अधिक भएका बेला कामदारलाई ज्यालादारीमा राखेर काम लिने गरेका छन् । ‘बिक्री नभएको च्याउ सुकाएर दोब्बर मूल्यमा बेच्न सकिन्छ’, उनले भने,‘त्यसका लागि अहिले आधुनिक इलेक्ट्रोनिक ड्रायर खरिद गर्ने योजना बनाएको छु ।’ हाल उनको च्याउ उत्पादनमा झण्डै  २० लाख रुपैयाँ बराबरको लगानी रहेको छ । भविष्यमा लगानी बढाएर डल्ले च्याउको उत्पादन सुरु गर्ने तयारीमा उनी छन् ।

रानाले च्याउखेतीमा गुणस्तरीय बीउको प्रयोग अत्यावश्यक रहेको बताए । ‘बीउ राम्रो भए उत्पादन बढी हुन्छ, कमसल बीउ भए फसल पनि कमजोर हुन्छ’, उनले भने,‘त्यसैले बीउ उत्पादकहरूले गुणस्तरमा ध्यान दिनुपर्छ ।’
च्याउमा पनि अन्य बालीजस्तै रोगब्याधि लाग्ने भएकाले समयमै उपचार आवश्यक हुने रानाको भनाइ छ । उनले विद्यालयमा सिकेको कृषि ज्ञानले नै आजको सफलताको बाटो देखाएको बताए । ‘च्याउखेतीलाई अझै विस्तार गर्न आधुनिक तालिम र प्रविधिको आवश्यकता छ”, उहाँले भन्नुभयो, “कृषिसम्बन्धी निकायले त्यसमा चासो देखाउनुपर्छ ।’

हालसम्म आफ्नै प्रयासमा च्याउखेती विस्तार गर्दै आएका राना अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेका छन् । गाउँमा बस्दै आधुनिक प्रविधिबाट सफल हुन सकिन्छ भन्ने सन्देश उनको सफलताले दिएको छ । 
 


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट सोमबार, कात्तिक १७, २०८२
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट आइतबार, कात्तिक १६, २०८२
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री आइतबार, कात्तिक १६, २०८२
कञ्चनपुरमा आजदेखि धान खरिद
कञ्चनपुरमा आजदेखि धान खरिद आइतबार, कात्तिक १६, २०८२
 खेतमै सड्न थाल्यो धान
 खेतमै सड्न थाल्यो धान शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP