

दाङ– नेपाल उद्योग वाणिज्य महासघंको आगामी चैत २८ र २९ गते काठमाडौंमा हुन गईरहेको निर्वाचनमा खुल्ला तर्फको केन्द्रिय सदस्य पदका लागि तुलसीपुर उद्योग वाणिज्य सघंबाट बिमल रिजालको उम्मेदवारी घोषणा गरिएको छ ।
रिपोर्टस क्लव दाङले मगंलबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले खुल्ला तर्फको केन्द्रिय सदस्य पदका लागि सघंका पुर्व अध्यक्ष बिमल रिजालको उम्मेदवारी घोषणा गरेका छन् । उनले भने, ‘तुलसीपुर सहित सिंगो दाङका उद्योगी, व्यवसायीहरूको हकहित र विकासका लागि उहाँको उम्मेदवारी घोषणा गरिएको हो ।’ उनले सफल युवा व्यवसायी, सामाजिक अभियान्ता रिजाललाई आसन्न निर्वाचनमा अत्याधिक मत दिएर खुल्ला तर्फको केन्द्रिय सदस्य पदमा बिजयी बनाउन आग्रह समेत गरेका छन् ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका पुर्व अध्यक्ष एवं केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजालले सिंगो निजि क्षेत्र र दाङको आर्थिक विकासका लागि आफु सदैब कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘मेरो उम्मेदवारी रहर मात्र होइन, बाध्यता पनि हो, पछिल्लो समय व्यापार व्यवसायको स्तर खस्कदै गएको छ, आफ्नो हक अधिकारका लागि पछि हट्नुपरेको छ, यस क्षेत्रका व्यवसायीक हक हितका लागि मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका पुर्व अध्यक्ष हेमन्त कुमार रिजाल, त्रिशिद्धेश्वरी राप्ती यातयात प्रा.लिका अध्यक्ष सुरेस हमाल, ऐन प्याब्सन दाङका नवनिर्बाचित अध्यक्ष बिमल गौतम, तुलसीपुर नगर जेसिसका अध्यक्ष मोहन सुनारलगायतले बोलेका थिए ।