Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तत्काल स्वदेश फर्कन देखाएनन् चासो
इजरायलबाट नेपाली नागरिकको उद्धार तत्काल स्वदेश फर्कन देखाएनन् चासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २, २०८०

काठमाडौं– इजरायलको गाजा पट्टीमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणपछि असुरक्षित अवस्था सिर्जना भए पनि रोजगारीका लागि इजरायलमा रहेका थुप्रै नेपालीले स्वदेश फर्किने चासो देखाएका छैनन् । हमासको आक्रमणबाट १० जना नेपालीले ज्यान गुमाउँदा सुरुआती चरणमा असुरक्षित महसुस गर्दै स्वदेश फर्किन हतारिएकाहरु यतिखेर चासो देखाउन छाडेका हुन् ।

इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुआती समयमा असुरक्षाका कारण आत्तिएर स्वदेश फर्कन अनलाइनमार्फत नाम दर्ता गराएका नेपालीहरू विस्तारै सम्पर्कमा आउन छाडेका छन् । रोजगारीको क्रममा इजरायलमा रहेका नेपालीहरुलाई असुरक्षित महसुस भए स्वदेश फिर्ताको लागि दूतावासले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराउन सूचना जारी गरेको थियो । 

नेपाल फर्कन अनलाइनमा नाम दर्ता गराएका नेपालीहरुको उद्धारका लागि पहल गरे पनि उनीहरु पुनः सम्पर्कमा नआएको दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए । जसका कारण मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जनामात्रै फर्किएका उनले बताए ।

Hardik health

‘यत्रो विपत्को समयमा निरन्तर दिइएको सूचनाका बाबजुद पनि जम्मा १८ जना नेपालीमात्रै फर्किएका छन्,’ घिमिरेले भने, ‘हामीलाई छिमेकी मुलुक भारतको उद्धार विमानमा दिइएको २० सिट पनि भर्न सकेनौं ।’ यसबाट स्वदेश फर्किन चाहेका नेपालीहरुमा मनस्थिति परिवर्तन हुँदै गएको देखिएको उनको भनाइ छ ।

दूतावासले आक्रमण सुरु भएको तेस्रो दिनदेखि नेपाल फर्किन चाहनेको विवरण माग गर्दै अनलाइनमार्फत आफ्नो नाम दर्ता गर्न आग्रह गरेको थियो । यसरी नाम दर्ता गराएकामध्ये पहिलो चरणमा २५४ जना नेपाली स्वदेश फर्किसकेका छन् । मंगलबार थप १८ जनालाई भारतीय विमानको सहयोगमा दिल्ली हुँदै नेपाल ल्याइएको छ ।

रोजगारीको शिलशिलामा इजरायलका विभिन्न स्थानमा रहेका अधिकांश नेपालीहरुले अनलाइनमा नाम दर्ता गराएको दूतावासले जनाएको छ । नाम लेखाएका अधिकांश नेपालीहरु तत्काल स्वदेश नफर्किने मनस्थितिमा पुगिसकेको बताइएको छ । यद्यपि, स्वदेश फर्कन चाहनेहरुलाई राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिस्ट्रेसन फाराम अनिवार्यरुपमा भर्न आग्रह गरिएको छ ।

इजरायलमा विषम् परिस्थिति सिर्जना भएपछि आफ्नो नागरिकको खोजी गर्ने क्रममा चार हजार ५०० नेपाली केयर गिभरको रुपमा कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पछिल्लो समय झण्डै एक हजार २०० नेपाली जिटुजी सम्झौता गरेयता सरकारी तवरबाट रोजगारीका लागि इजरायल पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । 


प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP